काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाइडबडीमा भएको भ्रष्टाचारलाई त्यतिकै नछोड्ने चेतावनी दिएका छन्।
पूर्व प्रधानमन्त्री उनले शनिबार कंचनपुरको पुनर्वासमा माओवादी केन्द्रले आयोजना गरेको खबरदारी तथा पार्टी एकता समायोजन सभा सम्बोधन गर्दै यस्तो चेतावनी दिएका हुन् । सभालाई सम्बोधन गर्दै उनले भने, ‘भ्रष्टाचारको पक्षको यो सरकारले यति धेरै भ्रष्टाचारको पक्षमा काम गरको छ, तर म तपाईंहरुलाई भन्न चाहान्छु(गिरीबन्धुको फाइल खुल्नेछ। त्यसलाई लुकाउने दिइने छैन। ओम्नीमा भएको भ्रष्टाचार छोडिने छैन। वाइडवडीको भ्रष्टाचार छोडिने छैन।’
प्रतिक्रिया लेख्नुहोस्:-