अमेरिका २९ डिसेम्बर/
नेतृत्वका आकांक्षिहरु चुनावी तयारीमा लागिसकेका कारण पनि अर्थपूर्ण रूपमा हेरिएको एनआरएनए अमेरिकाको अन्तिम फिजिकल मिटिङको आवश्यक तयारीमा न्यु योर्क च्याप्टर लागि परेको छ । एनआरएन आइसीसीका बोर्ड मेम्वर, एनआरएनए अमेरिकाका कार्यसमिति सदस्यहरू समेतको उपस्थितिमा न्यु योर्क च्याप्टरको बिहीबार साँझ बसेको बैठकले पाँचवटा तयारी समिति गठन गरेको छ ।
एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीका अनुसार होटेल र यातायात व्यवस्थापन, रजिष्टेशन, फुडवेभरेज, इभेन्ट म्यानेजमेन्ट र आर्थिक सहयोग सङ्कलन समिति बनाइएको छ । कार्यसमिति र २१ वटा च्याप्टरका पदाधिकारीहरू, पूर्व अध्यक्ष, कार्यसमितिका सदस्य र सल्लाहाकारहरुको उपस्थितिमा हुने कार्यक्रममा करिब २ सय जना सहभागी हुने अनुमान गरिएको छ ।
एनआरएन अमेरिकाका महासचिव बी आर लामाले दूरबिन नेपालसँग कुरा गर्दै भने “पहिलो चरणमा च्याप्टरहरूको प्रगति विवरण पेस गर्नु हुने छ । दोस्रो चरणमा एनआरएनए अमेरिका कार्यसमितिको फिजिकल मिटिङ हुन्छ । तेस्रो चरणमा गाला डिनरसँगै मेम्वरसिप ड्राइभ गर्छौ ।” न्यु योर्क ज्याक्सन हाइटमा रहेको पार्टी हल वेलाजिनोमा जनवरी १२ तारिख एनआरएनए अमेरिका कार्यसमितिको फिजिकल मिटिङ तय भएको छ ।
आगामी चुनावमा नेतृत्वको इच्छा गरिरहेका र कार्यसमितिमा आउन तयारीमा रहेकाहरूले साइड लाइन बैठक, भावी रणनीति, समूह निर्माण र शक्ति सन्तुलनका लागि समेत फिजिकल मिटिङ अगाडि पछाडिको समयलाई उपयोग गर्नेछन् ।
फिजिकल मिटिङको तयारीका लागि भएको बैठकमा डिआरसी नवीन शेरचन, आइसीसी मेम्वर विष्णुमान प्रधान, वन्दना कोइराला, आङनिमा शेर्पा, एनआरएनए अमेरिकाका महासचिव बी आर लामा, सह कोषाध्यक्ष पवन योञ्जन सहभागी भएका थिए । न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीको अध्यक्षतामा भएको बैठकमा , उपाध्यक्ष विष्णु रानामगर, सचिव महेश खड्का, कोषाध्यक्ष इन्दिरा घर्ती, महिला संयोजक कञ्चन केसी लगायत कार्यसमितिका अधिकांशको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया लेख्नुहोस्:-