Friday, February 3, 2023
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

तमु ल्होसार मनाइयो

पुस १५, २०७९ १२:२३ मा प्रकाशित
तमु ल्होसार मनाइयो
Share on FacebookShare on Twitter
न्यूयोर्क ।
द गुरुङ (तमु) सोसाइटी अमेरिकाले गुरुङ तमु जातिको महान् पर्व ल्होछार २०७९ विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाएको छ । द गुरुङ (तमु) सोसाइटीको आयोजनामा यो वर्ष तो ल्हो अर्थात बाघ वर्गको बिदाइ र हि ल्हो अर्थात बिरालो वर्गको स्वागत गर्दै डिसेम्बर २३ तारिखका दिन विभिन्न साँस्कृतिक कार्यक्रमसाथ ल्होछार मनाएको हो ।
जेष्ठ नागरिक तथा प्रमूख अतिथि प्रोफेसर चित्र बहादुर गुरुङ तथा अध्यक्ष तोरण गुरुङले संयुक्त रुपमा द्धिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रोफेसर गुरुङले गुरुङहरु वीर गोरखाहरुको सन्तान, वीर गोरखालीको रुपमा परिचित हँुदै आएको सन्दर्भलाई जोड्दै अब तलवार वीर मात्र नभएर कलमवीर हुनु पर्नेमा जोड दिए । ४० बर्ष त्रिभुवन विश्वविद्यालयमा प्रोफेसरको रुपमा जीवन बिताएका गुरुङले नयाँ पुस्तालाई शिक्षामा लगानी गर्न अनुरोध गरे । प्रो. गुरुङले विदेशी भूमीमा यसरी ल्होछार कार्यक्रम गरेर गुरुङहरुक संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्दै आएकोमा सोसाइटीको प्रशंसा गरे । गुरुङ जातिको भाषा, लिपी, धर्म, संस्कार, संस्कृति, भेषभुषा, परम्पराको संरक्षण गर्न र पहिचान जोगाउनको लागि गुरुङ सोसाइटीले ल्होछार वार्षिक रुपमा मनाउँदै आएको द गुरुङ (तमु) सोसाइटीका अध्यक्ष तोरण गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङले पुष १५ सबै भन्दा लामो रात र छोटो दिन हुने साथै हेमन्त ऋतु अन्त्य भइ शिशिर ऋतु शुरु हुने भएकोले पनि यो दिनको विशेष महत्व रहेको बताए ।
यो विदेशी भूमीमा ल्होछार मनाउँदा, नयाँ पुस्तालाई हाम्रो संस्कार, संस्कृति, अस्तित्व र पहिचानका बारेमा जानकारी दिने महत्वपूर्ण पर्वसँगै सम्पूर्ण गुरुङ जातिलाई एक आपसमा आपसी सद्भाव कायम गर्न र सबै गुरुङहरुलाई एकताको सुत्रमा बाँध्ने महत्वपूर्ण अवसर अध्यक्ष गुरुङको भनाइ छ । अध्यक्ष गुरुङले ल्होछार मनाउने सबै समुदायले एउटै दिन ल्होछार मनाउन पहल गरिनु पर्ने तर्क गरे । अध्यक्ष गुरुङले तमु सोसाइटी न्यूयोर्क विशिष्ट बौद्धिक तथा विभिन्न पेशा व्यवसायमा आवद्ध पेशाकर्मीहरु, युवा पुस्ता तथा पाको अभिभावक तथा बालबालिकाहरुको साझा थलोको रुपमा उभ्याउँदै गरिमामय संस्थाको रुपमा अगाडि बढाउनु संस्थाको मूल उद्धेश्य रहेको बताए ।
सोसाइटीका उपाध्यक्ष शान्ति गुरुङले कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै रीस राग नराखी सबै गुरुङहरु एक भएर अघि बढनु सबै गुरुङहरुलाई अनुरोध गर्दै ल्होछारको शुभकामना व्यक्त गरे । मानव धर्मलाई कायम राखी सबैलाई फूलको आँखाले हेर्न उपाध्यक्ष गुरुङले आग्रह गरिन् । ल्होछार कार्यक्रम २०२२ का संयोजक तथा सोसाइटीका कोषाध्यक्ष इन्जिनियर ओम गुरुङले कार्यक्रमबारे जानकारी दिंदै कार्यक्रम सफल बनाउनको लागि सहयोग गर्ने सम्पूर्ण सल्लाहकारहरु, बुबा आमा, दाजुभाइ तथा दिदी बहिनीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधीहरु, सहयोगी प्रायोजकहरु, कार्यसिमिति सदस्यहरु, कलाकारहरु, तमु आमा समूह तथा स्वयंसेवकहरुलाई धन्यवाद व्यक्त गरे । त्यस्तै डेमोक्रेटिक पार्टीको तर्फबाट डिष्ट्रिक ३० का निर्वाचित न्यूयोर्क स्टेट एसेम्ब्ली मेम्बर स्टेभेन राँगाले ल्होछारको शुभकामना व्यक्त गर्दै आउने दिनमा नेपाली समुदायसँग समन्वय र सहकार्य गरेर काम गर्न तयार रहेको बताए ।
कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना) का अध्यक्ष राज कुमार विष्टले ल्होछारको शुभकामना व्यक्त गर्दै हाम्रो चाड पर्व, रितिरिवाज नै हाम्रो संस्कार र संस्कृति नै सम्पत्तिको रुपमा रहेको बताए । फिप्ना अध्यक्ष विष्टले हाम्रो संस्कार र संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण गर्नु ठुलो चुनौती रहेको बताए । कार्यक्रममा विभिन्न संघसंस्थामा प्रतिनिधीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको आजीवन सदस्यता लिएका ९ जनालाई प्रमूख अतिथि प्रोफेसर चित्र गुरुङ तथा अध्यक्ष तोरण गुरुङले प्रमाणपत्र तथा खादा ओढाएर सम्मान गरिएको थियो । यस बर्ष प्रोफेसर चित्र गुरुङ तथा अञ्जना गुरुङ, डा. रस गुरुङ तथा मनोज गुरुङ, खड्कजंग गुरुङ तथा कृष्ण गुरुङ, कमला गुरुङ, सुरज गुरुङ तथा कल्पना गुरुङ, प्रकाश गुरुङ तथा निशा गुरुङ, चित्र बहादुर गुरुङ, राधा गुरुङ, भिम ठाकु गुरुङले आजीवन सदस्यता लिएका थिए । कार्यक्रममा समाजलाई अतुलनिय योगदान दिएको भन्दै यम गुरुङलाई रिकग्निशन अवार्ड र खादाले सम्मान गरिएको थियो । त्यस्तै, कार्यक्रममा आफ्नो कार्यकालभरी राम्रो कामगरेमो भन्दै अध्यक्ष तोरण गुरुङले पूर्व अध्यक्ष विजय गुरुङलाई गुरुङलाई पे्रजिेडेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।
यस्तै गुरुङ भेषभुषालाई प्रवद्र्धन गर्दै युवा पुस्तालाई हस्तान्तण गर्ने उद्देश्यले बेस्ट ड्रेस लगाउने फिमेल तथा मेल र बेष्ट ड्रेस लगाउने नानी बाबुहरुलाई बेष्ट ड्रेसको पुरस्कार पनि वितरण गरिएको थियो । जसमा पुरुषमा यम गुरुङ तथा महिलातर्फ माया गुरुङ र बाबु सिद्धार्थ गुरुङ तथा नानी एन्जेलिना गुरुङले बेस्ट किड्स ड्रेसको पुुरस्कार प्रास्त गरेका थिए । यो पुरस्कार सल्लाहकार सिद्धार्थ गुरुङ,  कार्यसमिति सदस्यहरु बबी गुरुङ तथा लिलजंग गुरुङले प्रायोजन गरेका थिए । त्यस्तै कार्यक्रममा राफल टिकट अन्तर्गत पहिलो, दोश्रो तथा तेश्रो विजेताले नगद पुरुस्कार प्राप्त गरेका थिए । राफल टिकटको पुरस्कार टेक गुरुङ, खड्कजंग गुरुङ, एलिशा गुरुङले पुरस्कारको प्रायोजन गरेका थिए । कार्यक्रमको दोश्रो चरणको साँस्कृतिक कार्यक्रममा गुरुङहरुको मौलिक नाच सोरठी नृत्य मार्फत उपस्थित सबैलाई स्वागत तथा शुभकामना व्यक्त गरिएको थियो । कलाकारहरु लिलजंग गुरुङ, सचिव एलिशा गुरुङ, बबी गुरुङ, अशोक गुरुङ, सागर गुरुङले नृत्य प्रस्तुत गरेमा थिए । त्यस्तै विभिन्न नेपाली तथा गुरुङ भाषाको चलचित्रमा अभिनय गरेमा नायिका रञ्जिता गुरुङ र सहसचिव तथा युवा भर्सटाइल कलाकार बिक्की गुरुङले चर्चित गीत गोरखा पल्टन प्रस्तुत गरेमा थिए, जसमा कलाकारहरु, फिनिक्स राणा मगर तथा निमिका थापामगरले साथ दिएका थिए । कलाकारहरु कलाकारहरु, फिनिक्स राणा मगर तथा निमिका थापामगर नेपाली आधुनिक गीतमा बेजोडको प्रस्तुति गरेमा थिए ।
त्यस्तै न्यूयोर्कमा २४ बर्षदेखि निरन्तर रुपमा नृत्य प्रस्तुत गर्दै आएकी चर्चित नृत्यागंना वसन्ती राई बेबी वसन्तीको प्रस्तुतिले हलमा उपस्थित दर्शक तथा माहोललाई तताएको थियो । गुरुङ कलाकारहरु यन्सर्ज गुरुङ र रुथमान गुरुङले मातृ भाषा गुरुङ गीतमा नृत्य प्रस्तुत गरेका थिए भने कलाकारहरु रोशनी गुरुङ, त्रिरत्न गुरुङ, सागर गुरुङ र अशोक गुरुङले गुरुङ भाषाको गीतमा नृत्य प्रस्तुत गरेका थिए ।, त्यस्तै संस्थाका उपाध्यक्ष शान्ति गुरुङले पनि नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै बाल कलाकारहरु शेइला गुरुङ, इभा श्रेष्ठ, आर्य डोल्मा गुरुङले मेो माया नौ डाँडा पारी बोलको गीतमा नृत्य प्रस्तुत गरेमा थिए । सम्झना गुरुङ, यमुना गुरुङ, लिलजंग गुरुङ, विक्की गुरुङ र सागर गुरुङले बन्दिपुरैमा बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए । त्यस्तै, डा. रस कुमारी गुरुङ, डा. सुलोचना गुरुङ, अमृता गुरुङ, शारदा गुरुङ, बेबी वसन्ती राई, श्रीया सिंङ्ग लगायतले गुरुङ मौलिक साँस्कृतिक नाच कौडामा नृत्य प्रस्तुत गरेका थिए, त्यस्तै कल्पना गुरुङ, सीता गुरुङ र सुजिता बुढाथोकीले नेपाली रिमिक्स गीतमा नृत्य प्रस्तुत गरेमा थिए भने तारा तथा ओम गुरुङले गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा वसन्त डान्स सेन्टरका नृत्य निर्देशक विजय नकर्मी र नृत्य निर्देशक गोविन्द राइलाई कार्यक्रममा प्रस्तुत गरिएका नृत्य प्रस्तुतिको कोरियोग्राफ गरिएको भन्दै प्रशंसा पत्र प्रदान गरिएको थियो । यसै बीच चर्चित हाँस्य कलाकार बुद्धि तामाङले कार्यक्रममा छोटो प्रस्तुति गरेका थिए ।
गुरुङहरुले हरेक बर्ष पुष १५ लाई नयाँ बर्षको रुपमा मनाउने गर्छन् । ल्हो को अर्थ वर्ग (बर्ष) र छारको अर्थ नयाँ हुने भएकोले ल्होछारलाई गुरुङहरूले नयाँ वर्षको रूपमा मनाउने चलन छ । तमु जातिले वर्गको आधारमा उमेर गणना गर्छन् ।
न्यूयोर्कम र न्यूजर्सीमा बसोबास गर्ने गुरुङ जातिले हरेक बर्ष ल्होछार मनाउँदै आए पनि कोभिडका कारण २०२० मा भने भच्र्युअल रुपमा ल्होछार आयोजना गरिएको थियो । गुरुङ जातिले विभिन्न १२ ओटा जीव जन्तुहरूको चक्रलाई आधार मानेर प्रत्येक वर्ष नयाँ वर्षको रूपमा ल्होछार मनाउँदै आएको छ । आजका युवा भोलीका कर्णधार भन्ने मूल नाराका साथ युवाहरुको क्षमता अभिवृद्धि गराउने उद्देश्यले
युवाहरुलाई ल्होछारमा स्वयंसेवकको रुपमा सहभागी गराउँदै आएको सोसाइटीले जनाएको छ ।
गुरुङ सोसाइटीले सम्पूर्ण गुरुङहरू एकजुट हौँ, संस्कार र संस्कृतिको जगेर्ना गरौँ भन्ने मूल नाराका साथ न्यूयोर्कमा ल्होछार पर्व मनाउँदै आएको छ । सोसाइटीले आफ्नो रीतिरिवाज, धर्म, संस्कारलाई जीवित राख्न र पुस्तान्तरणको लागि सन् २००१ मा न्यु योर्क सिटीमा विधिवत् रूपमा संस्था दर्ता गरी हरेक वर्ष पौष १५ मा ल्होछारलाई विशेष पर्वको रूपमा मनाउँदै आइरहेको छ । न्यूयोर्कमा ल्होछारको यो २३ औं संस्करण हो । ल्होछार पर्वले, गुरुङहरूको संस्कृतिलाई जगेर्ना गर्न, प्रवर्धन गर्न तथा गुरुङ संस्कृतिलाई अन्तराष्ट्र्रिय स्तरमा चिनाउन पनि बर्सेनि तमु ल्होछार मनाउँदै आएको सोसाइटीले जनाएको छ । कार्यक्रममा विभिन्न गुरुङ जातिको मौलिक संस्कृति झल्कने नृत्य सोरठी, कौडा, लगायत विभिन्न सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो । विगतमा सामुहिक रुपमा भेला भएर स्यो कै वनभोज खाएर ल्होछार पर्व मनाउँदै गरिन्थ्यो । ल्होछार पर्वलाई राष्ट्रिय पर्वको रुपमा नेपाल सरकारले दिदैं आएको सार्वजनिक विदा कटौती गरेको प्रति विश्वका सम्पूण गुरुङहरुले विरोध गर्दै सार्वजनिक विदा कायम गर्न माग गर्दै आएको छ । पुष १५ मा विश्वभरीका गुरुङहरुले विभिन्न कार्यक्रम गरी ल्होछार मनाउँदै आएको छ । कार्यक्रमको पहिलो चरणको औपचारिक कार्यकम सचिव एलिशा गुरुङ र मच्छेदेवी गुरुङ दोश्रो चरणकमो साँस्कृतिक कार्यक्रम मच्छेदेवी गुरुङ र श्रुति गुरुङले सञ्चालन गरेमा थिए ।

सम्बन्धित समाचार

सांसद चौधरी पक्राउ
समाचार

सांसद चौधरी पक्राउ

भन्सार कर्मचारीलाई सदाचार बन्न अर्थमन्त्री पौडेलको आग्रह
ट्रेन्डिंग न्यूज्

आगामी तीन महिनाभित्र लेखापरीक्षण सक्न अर्थमन्त्रीको निर्देशन

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित
समाचार

सरकारी समितिले गरेको सूचना वर्गीकरण तत्काललाई स्थगित

जनतामा राजनीतिप्रति नै नकारात्मक र वितृष्णा पैदा भइरहेको छ : माधव नेपाल
समाचार

समानुपातिकमा कमजोरी हुँदा राम्रो परिणाम नआएको अध्यक्ष नेपालको स्वीकारोक्ति

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन
समाचार

आगामी माघ २३ गते राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्वाचित
अमेरिका समाचार

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्वाचित

प्रतिक्रिया लेख्नुहोस्:-

  • चर्चित
  • भर्खरै
जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल  बने …

जब मनसुनको अन्तिम बिदाइमा सयौं नेपाली भावविह्लल बने …

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

कुमार पन्तले नेपाली काँग्रेसलाई चुनौती दिनु दुखद:  डा पण्डित

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

सांसदहरुको प्रश्न ‘ब्रामणवाद कहिले सम्म हावी हुने यो देशमा’

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

जनसंपर्क समितिका ७० प्रतिशत नेताहरु बुद्धि सुबेदीको पक्षमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

डा भट्टराईको भ्रमणले एनआरएनए अमेरिका बिवादको भुमरीमा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

राप्रपाले प्रमलाई विश्वासको मत दिने, फोरमले आइतबार निर्णय लिने

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

गुरुङ राष्ट्रिय परिषदको पदयात्रा

सांसद चौधरी पक्राउ

सांसद चौधरी पक्राउ

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

व्यवसायीलाई स्वस्थ ढंगले व्यापार गर्न ओलीको आग्रह

पत्रकारलाई संसद भवनमा सहज बनाउँछु : सभामुख घिमिरे

संसदमा उल्लेखनीय भूमिका निर्वाह गर्न सभामुख घिमिरेको आग्रह

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

बसुन्धरामा राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक जारी

Facebook

  • Blog
  • Durbin Nepal
  • Privacy Policy
  • स्थानीय तहको निर्वाचन वैशाखमा भए पनि हामीलाई केही फरक पर्दैन : अध्यक्ष नेपाल

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result

© 2018-2023 Durbin Nepal LLC- Alrights Reserved - Designed by MPG Solution.