डालस, (अमेरिका), डिसेम्वर ३१/ टेक्ससको दोश्रो ठूलो शहर डालस क्षेत्रमा रहेका नेपाली व्यवसायीहरूद्वारा स्थापित नेप्लिज-अमेरिकन च्याम्बर अफ कमर्स (एनएसीसी)को चौथो साधारण सभा हिजो सम्पन्न भएको छ। साधारण सभाबाट बर्ष २०१९ का लागि लागि बिभिन्न योजनाहरू समेत पारित भएका भएका छन्।
साधारण सभाले पारित गरेका २०१९ मा गरिने योजनाहरुमा आगामी मार्च महिनामा गर्ने प्रस्ताव गरिएको र संभवत अमेरिकामा नै पहिलो पटक हुन लागेको ‘महिला उद्यमी तथा नेतृत्व सम्मेलन’, सेप्टेम्बरका लागि प्रस्तावित ‘नेपाली प्रविधि सम्मेलन’ मूख्य रहेको एनएसीसीका महासचिव बाल जोशीले दूरबिन नेपाललाई जानकारी गराएका छन्। यसैगरी नेपाली व्यवसायीहरुको बाहुल्यता रहेको विषयगत क्षेत्रसँग सम्बन्धित पाँचवटा सेमिनार गर्ने, नेपालीहरूले सुरुवात गरेका नयाँ व्यवसायलाई प्रोत्साहन गर्न ‘ बिजनेश सावोर’ गर्ने र आफ्ना सदस्यहरूलाई बिभिन्न क्षेत्रमा सहुलियत प्रदान गर्न ‘च्याम्बर डिस्काउन्ट कार्ड’ सुरुवात गर्ने निर्णय साधारण सभाले गरेको जोशीले बताएकाछन्।
साधारण सभामा संस्थापक सभापति वासुदेव भण्डारी र वर्तमान सभापति मनोज सिग्देलले स्थापनाको चारबर्ष मै च्याम्वरले उल्लेख्य काम गरेको र यसको सफलताको लागि डालस क्षेत्रका हरेक नेपाली व्यवसायीहरूको सहयोग र साथको आवश्यकता रहेको बिचार ब्यक्त गरेका थिए।
प्रतिक्रिया लेख्नुहोस्:-