Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘बारपाक’, विनाशकारी भूकम्पमाथि रिमालको ‘दृष्टि साहित्य’

बैशाख ११, २०७५ १०:४७ मा प्रकाशित
‘बारपाक’, विनाशकारी भूकम्पमाथि रिमालको ‘दृष्टि साहित्य’

e"sDksf] l/dfnsf] …b[li6 ;flxToÚ …af/kfsÚ xfn} ahf/df cfPsf] tLg jif{cl3sf] e"sDksf] kL8fbfoL 36gf / To;sf c;/nfO{ lrq0f u/L ;flxTosf/ Pj+ kqsf/ Zofd l/dfnåf/f lnlvt sljtf ;+u|x …af/kfsÚ . t:jL/ M k|sfz l;njfn, /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ११ वैशाख /
“भैँचालो रात
घर समाइरहेँ
मन कामेन
म भूकम्पले चर्काएको र भत्काएको घरको कुरा गर्दैछु…” (घर, पृष्ठ ४७)

जमिन हल्लाउँदै आउने भूकम्पले मान्छेको मन र मस्तिष्कलाई हल्लाएको हुन्छ । मन र मस्तिष्क मात्र होइन यस प्राकृतिक विपत्तिले मानिस, घर, वस्तुभाउ र महत्वपूर्ण सम्पदाको अस्तित्वलाई नै सोत्तर बनाइदिन सक्छ । कोलाहलपूर्ण स्थिति र वातावरणबाट मानिसमा पर्ने त्यो पीडा र छटपटीपूर्ण समयका कथाव्यथा अनगिन्ती हुन्छन् ।

विसं २०७२ वैशाख १२ गते मध्याह्नमा गोरखा जिल्लाको बारपाक केन्द्रबिन्दु भई गएको ७ दशमलव ८ रेक्टरस्केलको विनाशकारी भूकम्प र त्यसपछिका लगातारका परकम्प र त्यसका त्रासदी हाम्रो मानसपटलमा ताजै छ । पुनःनिर्माणमा भइरहेको ढिलाइले पनि भूकम्पलाई सम्झिन विवश छन् पीडित ।

तीन वर्षअघिको भूकम्पको त्यही पीडादायी घटना र त्यसका असरलाई चित्रण गरी साहित्यकार एवं पत्रकार श्याम रिमालले लेखेको कविता संग्रह ‘बारपाक’ बजारमा आएको छ । ‘कम्प काव्य’ को नवीन संज्ञा र प्रयोगसहित प्रकाशित सो कविताकृति भूकम्पसम्बन्धी लेखिएका थोरै कृतिमा पर्छ । विनाशकारी भूकम्पपछि विभिन्न साहित्यिक पत्र पत्रिकाले त्यससम्बन्धी विशेषाङ्क प्रकाशित गरे पनि अलग्गै कृतिका रुपमा कमै पुस्तक प्रकाशनमा आएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) का वरिष्ठ कार्यकारी सम्पादक रिमालले करीब तीन दशकअघिदेखि साहित्यिक यात्रा आरम्भ गर्नुभएको हो । नुवाकोटको विदुर नगरपालिका–८ मा २०२३ साल वैशाख १८ गते जन्मनुभएका उहाँको पहिलो कृति ‘एउटा काँडा बिझ्दा’ (गीति संग्रह) २०४८ सालमा प्रकाशित भएको थियो भने पहिलो कविताकृति ‘त्रिशूलीको किनाराबाट’ २०६६ सालमा बजारमा आएको थियो ।

विभिन्न साहित्यिक पत्रिका र स्मारिकाको सम्पादनमा समेत सक्रिय प्रगतिशील स्रष्टा रिमालको ‘बारपाक’ लाई समालोचक रामकुमार पाँडेले ‘साहित्यमा नवकम्पन र दृष्टि साहित्यको प्रादूर्भाव’ का रुपमा यस कृतिलाई विश्लेषण गर्नुभएको छ । ‘बारपाक’को भूमिकामा उहाँ भन्नुहुन्छ, “कविहृदय विह्वल छ । नवरसको झल्याक्झुलुक भए पनि वीभत्स बचाएर करुण भाव जगाउनु कविको विशेषता हो ।… यसलाई मैले दृष्टि साहित्यको नाम दिएको छु । यो गहिरो छ, सघन छ र बीज जस्तै छ ।”

कूल २१ वटा गद्य कविताको संकलन रहेको ६४ पृष्ठे ‘बारपाक’ मा भूकम्पले विपन्न नागरिकलाई झन विपन्न बनाएको चित्रण गरिएको छ ः

“महलमा बस्नेहरु
बङ्गला–अट्टालिकामा सरे
टहराबासी टहरामै
यो कस्तो न्याय हो पृथ्वीमाता !
तिमी काँप्दा सबै एकनासले कामेका थिए त
किन तिनलाई फेरि तलमाथि बनाइदियौ ?”
(वैशाख १२, पृष्ठ ६३)

भूकम्पले घरैघर र मन्दिरैमन्दिर भएको देशको राजधानी काठमाडौँलाई अझ बढी प्रभावित पारेको कविले दृश्यांकन गर्नुभएको छ । ‘काठमाडौँलाई भूकम्प सुहाउँदैन’ शीर्षकको कविताले काठमाडौँको त्यो संवेदनालाई अभिव्यक्त गरेको छ भने काठमाडौँलाई आफैँमा सभ्य हुन पनि प्रेरित गरेको भान हुन्छ ः

“साँच्चै काठमाडौँलाई भूकम्प सुहाउँदैन
कस्तो नसुहाएको भूकम्पपछि
कति कुरुप, कति भद्दा
नाम सम्झ्यो कि वीरक्त लागेर आउँछ…” “(काठमाडौँलाई भूकम्प सुहाउँदैन”, पृष्ठ ६०)

त्रिशूली प्रवाह साप्ताहिक, नुवाकोटले प्रकाशन गरेको ‘बारपाक’ मा कविले विभिन्न क्षतिग्रस्त सम्पदा र स्थलमा पुग्दा र देख्दा भोगेका अनुभूतिलाई यथार्थ र संवेदनशीलरुपमा कवितामा उतार्नुभएको छ । कवि स्वयंले यसलाई ‘एउटा मानक समयलाई छेउछेउ समात्ने जमर्काे’ भनी उल्लेख गरे तापनि यो कृति आउने समयका लागि अवश्य दस्तावेज बन्ने छ ।

कृतिमा काष्ठमण्डप, रानीपोखरी, सुन्धाराका साथै काठमाडौँ तथा पाटनका सम्पदा, लाङटाङ, नुवाकोट आदि ठाउँमा पुगेको क्षतिको काव्यिक दृश्य समावेश छ । कविले राहत वितरणमा भएको अनियमितताका सवाल पनि उठाउनुभएको छ । उहाँले भूकम्पलाई एक चुनौती र अवसर पनि भन्नुभएको छ । यसले नयाँ युग ल्याउने उहाँको विचार छ । कविले वारपाकमा भूकम्पका पीडालाई पनि उजागर गर्नु भएको छ । उहाँले केही कवितामा हाइकूको पनि प्रयोग गर्नु भएको छ ।

पुस्तकमा वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी, वरिष्ठ इन्जिनियर (आर्किटेक्ट) तथा कलाकार शंकरनाथ रिमालको मन्तव्य रहेको छ । उहाँहरुका शुभकामनाले कवि रिमालको नवीन प्रयोगलाई प्रोत्साहन मिलेको छ । पुस्तकको आवरण डिजाइन जीवन राजोपाध्यायले गर्नु भएको छ ।

कविले यी कविताहरु केही पत्रिकामा प्रकाशित र केही अप्रकाशित पनि समावेश भएको र यसको अंग्रेजी अनुवाद पनि चाँडै आउने बताउनुभयो । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result