Thursday, April 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

मंसिर १८, २०८१ ८:४३ मा प्रकाशित
यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
Share on FacebookShare on Twitter

नेपाल १८ मंसिर। यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान गरिने भएको छ। सन १९८० सालमा वेसीशहर लम्जुङ्गमा जन्मेका परियारले सुनपानीले छर्क मायालु, रुमाल धोको छु, लम्जुङ्ग जाने दाई, मिरमिरेको घाम लगायत हजारौँ लोकगीतहरूमा आफ्नो स्वर दिइसकेका छन् । लोकदोहोरी क्षेत्रमा सालिन व्यक्तिको छवि बनाएका र जनमानसबाट लोक स्वर सम्राटका रुपमा विभूषित परियार उत्कृष्ट शब्द चयनको लागी परिचित छन् । यस वर्षको सम्मान कार्यक्रम पर्यटन मन्त्री बद्री पाण्डेको प्रमुख आतिथ्यमा गर्न लागेको तुलसीमान श्रेष्ठ स्मृति समाजका डा. निरजमान श्रेष्ठले बताए ।

विक्रम सम्बत २००९ सालमा गोरखाको च्याङ्ली गा. बि. स. (हाल पालुङ्टार नगरपालिका) मा जन्मनु भएका स्व.तुलसीमान श्रेष्ठले आफ्नो जीवनकालमा शैक्षिक, सामाजिक तथा नेपाली लोक साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याउनु भएको थियो । गाउँघरमा शिक्षाको ज्योति फैलाउन प्राथमिक विद्यालय, निम्न माध्यमिक विद्यालय र माध्यमिक विद्यालयहरू आफ्नै पहलमा स्थापना गर्नु भएका शिक्षाविद् स्व. श्रेष्ठले जीवन ज्योति मा. बि., च्याङ्ली, प्रधानाध्यापक, बन्दिपुर क्याम्पस , तनहुँ, उप प्राध्यापक, महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्ज, उप प्राध्यापक, आदिकवि भानुभक्त बहुमुखी क्याम्पस, दमौली, तनहुँ, उप प्राध्यापक, गोरखा क्याम्पस, गोरखा, क्याम्पस प्रमुख, र रत्नराज्य लक्ष्मी क्याम्पस, काठमाडौँमा सह प्राध्यापक को रुपमा योगदान पुर्‍याउनु भएको थियो । उहाँका गोरखाली लोक साहित्य, हिन्दु धर्ममा नारी, पुस्तान्तर कथा सङ्ग्रह, नेपाली लोक गीत: परिचय र विश्लेषण, झ्याउरे गीतको अध्ययन, र अधकल्चो जीवन लगायतका पुस्तकहरू प्रकाशित छन भने विजय मल्ल स्मृति ग्रन्थ, र विजय मल्ल स्मारिका लगायतका कृति सम्पादन पनि गर्नु भएको छ । २०७३ सालमा क्यान्सरको कारण देहावसान भएपछि उहाँले गर्नु भएको योगदानलाई मुलुकभर फैलाउने उद्देश्यले तुलसीमान श्रेष्ठ स्मृति समाज र तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानको स्थापना गरेर नेपाली भाषा तथा लोक साहित्यका साधकहरूको सम्मान गर्दै आएको छ । यसै सिलसिलामा तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मानले वि. सं. २०७५ मा भाषा वैज्ञानिक तथा लोक साहित्यविद् प्राध्यापक डा.चूडामणि बन्धु, २०७६ मा इतिहासविद् सत्यमोहन जोशी, २०७७ मा लोक तथा देउडा गायक नन्दकृष्ण जोशी, २०७८ मा लोक गायिका ज्ञानु राणा, २०७९ मा लोक संस्कृतिविद् प्राध्यापक तुलसी दिवस, २०८० मा प्रा.डा.कुसुमाकर न्यौपानेलाई विभूषित गरिएको थियो।

सम्मान कार्यक्रम
मिति: मङ्सिर २२ गते शनिवार विहाने ९.३० बजे (नेपाली समय)
स्थान: रानीवन पार्टी प्यालेस,नागार्जुन १, काठमाडौँ मा पर्यटन मन्त्री मा बद्री पाण्डे ज्यू को प्रमुख आतिथ्यमा हुनेछ ।

सम्बन्धित समाचार

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
Breaking News

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result