Sunday, June 28, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डडेल्धुराका जंगलमा आगलागी

बैशाख १३, २०७५ १:३१ मा प्रकाशित
डडेल्धुराका जंगलमा आगलागी
Share on FacebookShare on Twitter

डडेल्धुरा, १३ वैशाख / बढ्दै गएको गर्मीसँगै डडेल्धुराका जंगलमा आगलागी हुन थालेको छ । सुख्खायामको शुरुवात भएसँगै डडेल्धुरामा रहेका सामुदायिक तथा राष्ट्रिय वनमा केही दिन यतादेखि आगलागी हुन थालेको छ ।

जिल्लाको भित्री मधेश र पहाडी क्षेत्रका वनमा आगलागी हुन थालेसँगै आकाश तुवाँलोले ढाक्न थालेको छ । जिल्ला वन कार्यालय डडेल्धुराले आगलागी नियन्त्रणका लागि विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रम गरेको भए पनि सामुदायिक वनका उपभोक्ताले सहयोग नगर्दा वनमा हुने आगलागी नियन्त्रण हुन नसकेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ ।

विगतका वर्षभन्दा आगलागीमा केही कमी आएको भए पनि नियन्त्रण भने हुन सकेको छैन । सल्लाको पिरोलका कारण वनमा घाँस नपलाउने र गाई गोरु चिप्लिएर लड्छन् भन्ने सोचका कारण स्थानीय उपभोक्ताले नै वनमा आगो लगाउने गरेका छन् ।

आगलागीका कारण वर्षेनी हजारौँ क्यूफिट काठ जलेर नष्ट हुने गरेको जिल्ला वन कार्यालय डडेल्धुराले जनाएको छ । खोटो संकलन गर्ने कम्पनीहरुले पनि आगलागीलाई नियन्त्रण नगर्ने गरेको जनगुनासो आउने गरेको छ । जिल्लाका कालापथ्थर सामुदायिक वन, त्रिशूल सामुदायिक वनका साथै रुवाखोला र अन्य क्षेत्रमा समेत आगोका कारण वन सखाप भएको उपभोक्ताले जनाएका छन् ।

जिल्ला वन कार्यालय डडेल्धुराले जनचेतना जगाउने काम गरिरहेको भए पनि सामुदायिक वन र खोटो संकलन गर्ने कम्पनीले भने वन विकासका लागि कुनै रकम खर्च नगर्ने गरेको पाइएको छ । रासस

सम्बन्धित समाचार

महावाणिज्यदूत  खनालद्वारा  विभिन्न भेटघाट तथा छलफल सम्पन्न
बिबिध

महावाणिज्यदूत खनालद्वारा विभिन्न भेटघाट तथा छलफल सम्पन्न

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न
बिबिध

स्यानफ्रान्सिस्कोमा अन्तर्राष्ट्रिय आरोग्य दिवस -२०२६ कार्यक्रम सम्पन्न

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना
बिबिध

नेजाद्वारा पाण्डेमाथि गरिएको धम्कीको भर्त्सना

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न
बिबिध

मुक्तिनाथ धाममा तीनदिने सत्संग भव्य रूपमा सम्पन्न

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो  !
बिबिध

अमेरिकामा राधिका दासीको प्रवचन सुन्नेको घुईचो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result