Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पत्रकार लम्सालको ‘नि हाउ ! नमस्ते !’ सार्वजनिक

जेष्ठ १६, २०७५ ३:०६ मा प्रकाशित
पत्रकार लम्सालको ‘नि हाउ ! नमस्ते !’ सार्वजनिक
Share on FacebookShare on Twitter

काठमाडौँ, १६ जेठ / लामो समयदेखि रेडियो पत्रकारितामा संलग्न पत्रकार लक्ष्मी लम्सालको ‘नि हाउ ! नमस्ते !’ नामक पुस्तक सार्वजनिक भएको छ ।

बुलबुल पब्लिकेशनद्वारा प्रकाशित पुस्तक आज एक कार्यक्रमबीच विभिन्न क्षेत्रका सञ्चारकर्मीले सामूहिकरूपमा सार्वजनिक गर्नुभयो । पुस्तकमाथि वरिष्ठ पत्रकार तीर्थ कोइराला, अमृता लम्साल र युवा पत्रकार पवन आचार्यले समीक्षा गर्नुहुँदै चीनका विषयमा जानकारी लिन पुस्तकको अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो ।

पुस्तकमा लेखकले चीन बसाइँका क्रममा अनुभव गरेको चिनियाँ जीवन शैली, बद्लिँदो चीनको विकासक्रम, नेपाल–चीन सम्बन्धको इतिहास र भविष्यमा सम्बन्ध विस्तारका आयामबारे चर्चा गर्नुभएको छ ।

चीनले अघि सारेको ‘वन बेल्ट वन रोड’ अभियानबाट नेपाललगायत विश्वलाई हुनसक्ने फाइदा, चिनियाँ रेलका विवेचना, नेपालप्रतिको चिनियाँ जनताको अवधारणा, चीनको गरिबी निवारणका सूत्र, शक्तिशाली बन्दै गइरहेका चीनका राष्ट्राध्यक्ष सी चिन फिङको पारिवारिक जीवनकाबारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ ।

नेपाल–चीन सम्बन्ध युगौँ पुरानो हुनाका साथै अन्तर्देशीय सम्बन्ध जोड्नमा योगदान गरेका ऐतिहासिक पात्र मञ्जुश्री, सोङ्गचान गम्पो, भृकुटी, अरनिको, चिनियाँ तथा नेपाली यात्री, नेपालका तत्कालीन राजाको चिनियाँ नेता माओत्सेतुङ, चाउएन लाइ, च्याङ च मिन लगायतसँगको साक्षात्कारबाट ऐतिहासिक सम्बन्धलाई वर्तमान युगसम्म जोड्न खोजिएको छ ।

परम्परागत सम्बन्धलाई इतिहासका पात्रमाथि उभिएर अन्तर्देशीय सम्बन्धमा नयाँ आयाम थप्न सकिने पनि पुस्तकमा उल्लेख छ । छ वर्षदेखि चीनको राजधानी बेइजिङमा रहेर रेडियो पत्रकारिता गर्दै आउनुभएका लेखकले आफ्नो त्यहाँ बस्दाको अनुभव पुस्तकमा उतार्नुभएको छ ।

कतिपय लेखले चीनप्रति अपरिचित नेपालीका लागि प्रत्यक्ष अनुभवको आभाष दिलाउनेछ । विश्वविख्यात ग्रेट वाल, चिनियाँ जीवनमा अंकहरूको भूमिका, परम्परागत चिकित्सा, युद्धकला (कलाबाजी), चिनियाँ खानपान र संस्कृति, नेपाल र चीनबीचका केही मिल्दाजुल्दा चाडपर्व, चिनियाँ पे्रम जीवनलगायतका विषयले पाठकलाई चीनकाबारेमा धेरै जानकारी गराउनेछ ।

पुस्तकको आवरणले पनि एउटा चिनियाँ हात र अर्को नेपाली हात जोडेर बौद्धमार्गको प्रतीकलाई पृष्ठभूमिमा पारी नमस्कार गरेको देखाइएको छ । तीमध्ये एउटा हातमा चिनियाँ र अर्को हातमा नेपाली झण्डाको संकेत चिह्न राखिएको छ । रासस

सम्बन्धित समाचार

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान
अमेरिका समाचार

यस वर्षको तुलसीमान श्रेष्ठ लोकसाहित्य सम्मान लोकगायक राजु परियारलाई प्रदान

Breaking News

स्टानफोर्ड विश्वविद्यालयले विश्व साइकल यात्री पुष्कर शाहको ‘घुँडाको अनुसन्धान गर्दै’

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै
Slider

शनिवार स्यानफ्रान्सिस्कोमा ‘अव नाच्छ बे एरिया’ कार्यक्रम हुदै

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !
Breaking News

‘नेपथ्य लाइभ’ -स्यानफ्रान्सिस्कोमा नेपालीको हालसम्मकै ठूलो कन्सर्ट !

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को  ठूलो कन्सर्ट हुँदै
Breaking News

स्यानफ्रान्सिस्कोमा ‘नेपथ्य’को ठूलो कन्सर्ट हुँदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result