Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेलायतमा हाइक फर नेपाल

साउन २२, २०७५ १:३८ मा प्रकाशित
बेलायतमा हाइक फर नेपाल
Share on FacebookShare on Twitter

काठमाडौँ, २२ साउन / ‘नेपाल भ्रमण वर्ष २०२०’ प्रवद्र्धनका लागि बेलायतको वेल्सस्थित ब्ल्याक माउण्टेनमा हाइकिङ (लामो दूरीको पैदलयात्रा) आयोजना गरिएको छ ।

‘हाइक फर नेपाल’ ले संयुक्त अधिराज्यको उक्त शहरलाई करीब चार घण्टा नेपालमय बनाएको थियो । करीब १२ किलोमिटरको पैदलयात्रालाई ‘नेपालका लागि सँगसँगै पाइला चालौँ’ नारा दिइएको थियो । वी विल राइज फाउण्डेसनले यस्तै पैदलयात्रा हङकङमा पनि आयोजना गर्दै आएको छ ।
।

बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदीले माउण्ट एभरेष्ट नामकरण गर्ने सर जर्ज एभरेष्ट बेलायतकै भएको स्मरण गराउँदै यसै कारणले पनि दुई देशको सम्बन्ध थप गहिरो बनेको बताउनुभयो । पोइज काउण्टीका अध्यक्ष मेराडिथले नेपाललाई आफ्नो दोस्रो घर बताउँदै सुन्दर गाउँ धम्पुस र ब्रेकनबीच विशेष साइनो गाँस्न लागिएको जानकारी दिनुभयो । “यसैलाई आधिकारिकता दिन आगामी फेबु्रअरीमा १५ जनाको टोली लिएर हामी नेपाल जानेछौँ”, उहाँले थप्नुभयो । ब्रेकन नेपलिज सोसाइटीका प्रमुख सल्लाहकार खुशीमान गुरुङले साइनो गाँस्ने कामले मुलुकले फाइदा लिन सक्ने बताउँदै नेपाल प्रवद्र्धनात्मक कार्यक्रममा बेलायतवासीका तर्फबाट सम्पूर्ण सहयोग रहने आश्वासन दिनुभयो ।

पोखरेली मञ्च बेलायतको आयोजनात्मक र ब्रेकन नेपाली समाजको सक्रियतामा शनिबार भएको उक्त पैदलयात्रामा सहभागी हुन नेपालबाट १३ पटक सगरमाथा आरोहण गरिसक्नुभएका कीर्तिमानी आरोही फुर्वातेञ्जिङ शेर्पा, १६ विधामा गिनिज बुक अफ रेकर्डसमा नाम लेखाउनुभएका थानेश्वर गुरागार्इँ, वि विल राइज फाउण्डेशनका संस्थापक तुलसी गुरुङ र निर्देशक निर्मल श्रेष्ठ तथा सुरज गुरुङसमेत वेल्स पुग्नुभएको थियो ।

बेलायतमा आयोजित सो कार्यक्रमले ‘भिजिट नेपाल २०२०’ अभियानमा टेवा पुग्ने आशा रहेको फाउण्डेशनका संस्थापक तुलसीले बताउनुभयो । करीब १५० नेपाली एवं विदेशी सहभागी पैदलयात्रामा स्थानीय बेलायतीले नेपालबारे जिज्ञासा राखेका थिए ।
नेपाल सरकारले घोषणा गरेको पर्यटन प्रवद्र्धनात्मक अभियानलाई सक्दो सहयोग गर्ने दायित्व संसारभर रहेका प्रवासी नेपालीको पनि रहेको उल्लेख गर्दै पोखरेली मञ्चका अध्यक्ष मन गुरुङले यसका लागि निरन्तर पहल गरिरहने बताउनुभयो । अघिल्लो वर्ष ५१ हजार बेलायती पर्यटक नेपाल पुगेको जनाउँदै दूतावासले २०२० मा सो संख्या एक लाख पु-याउने लक्ष्य राखिएको जनाएको छ ।रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result