Friday, June 26, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

पाँच अर्बको हस्तकला सामग्री निर्यात

भदौ १, २०७५ २:२२ मा प्रकाशित
पाँच अर्बको हस्तकला सामग्री निर्यात
Share on FacebookShare on Twitter

काठमाडौँ, १ भदौ / आर्थिक वर्ष २०७४÷७५ मा नेपालमा उत्पादित रु पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ ।

सबैभन्दा बढी हस्तकलाका सामग्री संयुक्त राज्य अमेरिकामा निर्यात भएको छ । तीस प्रतिशतभन्दा बढी नेपाली हस्तकलाका सामग्री अमेरिका निर्यात गरिएको छ । नेपाल हस्तकला महासङ्घका महानिर्देशक डा गोविन्दप्रसाद रेग्मी अमेरिकाबाट नेपाली हस्तकला सामग्रीको अत्यधिक माग आएको बताउनुहुन्छ । “रेशाजन्य र धातुजन्य हस्तकला सामग्री बढी मात्रामा अमेरिका निर्यात हुने गरेको छ,” उहाँले भन्नुभयो ।

नेपालले हाल अमेरिका, युरोप, बेलायत, जर्मनी, फ्रान्स, फिलिपिन्स, क्यानडा, कुवेत, जापान, चीन, भारतलगायत ६० भन्दाबढी मुलुकमा हस्तकलाका सामान निर्यात हुँदै आएको छ । सबैभन्दा बढी हस्तकलाका सामग्री ललितपुरमा उत्पादन हुन्छ । नेपालबाट हाल अल्लो, बाँसजन्य वस्तु, हाडका सामान, सेरामिक सामान, सुर्तीजन्य सामान, ढाका, सीसा, धुप, छाला, धातुजन्य, कपडाजन्य, चित्रकला, कागजजन्य, रेसाजन्य, चाँदी, काष्ठकला र उलनजन्य सामान विदेश निर्यात हुँदै आएको छ ।

गत आवमा पश्मिना रु १८ करोड ५१ लाख सात हजार, उलन रु ४५ करोड ३९ लाख ३५ हजार, ऊनी फेल्ट रु एक अर्ब ५४ करोड ७८ हजार २२ हजार, सिल्क रु तीन करोड चार लाख ३९ हजार र कटन रु २१ करोड ६३ लाख १७ हजार, धातुका मूर्ती रु एक अर्ब ४६ करोड ५९ लाख २० हजार, हातेकागज रु ३९ करोड ३९ लाख नौ हजार, सिल्भर रु १७ करोड २२ लाख ७५ हजार, सिसा रु १६ करोड ७४ लाख ३९ हजार तथा अन्य धातुजन्य सामग्री रु १५ करोड ३४ लाख ९८ हजार बराबरको निर्यात भएको छ । धातूजन्य मूर्ती भारत र चीनमा बढी निर्यात हुन्छ ।

नेपालमा हस्तकलाका जिल्लागत १४ र वस्तुगत १० सङ्घ छन् । जिल्लागत सङ्घ बागलुङ, भक्तपुर, दाङ, धनुषा, झापा, पाल्पा, कास्की, ललितपुर, लमजुङ, मकवानपुर, म्याग्दी, रामेछाप, सङ्खुवासभा र भक्तपुरमा रहेका छन् । वस्तुगत सङ्घमा धातू, जुत्ता, सेरामिक्स, पश्मिना, कागजलगायत उद्योगहरु आवद्ध छन् । नेपाल हस्तकला महासङ्घका अध्यक्ष धर्मराज शाक्यले फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका माला, रुद्राक्षलगायत हस्तकलाका सामग्रीको विदेशमा अत्यधिक माग रहेको बताउनुभयो । परम्परागत हस्तकलाका सामग्रीभन्दा नवोदित हस्तकलाका सामानको विदेशमा बढी माग छ ।

परम्परागत हस्तकलाका सामग्रीमा काष्ठकला, प्रस्तरकला, धातुकलालगायत रहेका छन् भने नवोदित (नयाँ)मा फेल्ट, प्राकृतिक रेशा, सिसाका सामान, बोधिचित्तका मालालगायत रहेका छन् । आव २०७३÷७४ मा रु चार अर्ब ८० करोड बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको थियो । हाल महासङ्घमा एक हजार ५०० व्यवसायी आबद्ध भएपनि २०० देखि ४०० व्यापारीले मात्र हस्तकलाका सामग्री नियमितरुपमा विदेश निर्यात गर्दै आएको बताइएको छ । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

रोकिएन सेयर बजारमा गिरावट
Breaking News

आइतबार नेप्सेमा उच्च गिरावट, साढे ५ अर्ब कारोबार

बुधबार पनि बढ्यो नेप्से, साढे दुई अर्बमाथि कारोबार
Breaking News

नेप्सेमा हरियाली, कारोबार रकम ५ अर्बमाथि

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result