टेक्सस (अमेरिका)
नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयकमा गैरआवासीय नेपालीहरुका मागहरु बारे स्पष्ट नभएको निश्कर्ष सहित गैरआवासीय नेपालीहरुका माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउन एनआरएनए अमेरिकाको टोली काठमाडौं जाने भएको छ ।
हाल राज्य व्यवस्था तथा शुसासन समितिमा बिचाराधिन रहेको नागरिकता सम्वन्धी ऐन संशोधन गर्न बनेको बिधेयकमा गैरआवासीय नेपालीहरुका पक्षमा सच्याउनुपर्ने धेरै विषयहरु देखिएपछि नेपाल सरकारलाई यसबारे ध्यानाकर्षण गराउन एनआरएनए अमेरिकाले उपाध्यक्ष जेदु पोखरेल र बोर्ड अफ डाइरेक्टर संजय थापालाई काठमाडौं पठाउन लागेको छ।
एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशव पौडेलद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिका अनुसार गैरआवासीय नेपालीहरुका मागहरु सम्बोधन गर्न सम्बन्धीत निकायसमक्ष आवश्यक लबिंग गर्न उपाध्यक्ष पोखरेल र बोर्ड अफ डाइरेक्टर थापालाई खटाएको जनाएको छ । यस अघि एनआरएनए अमेरिकाका अध्यक्ष डा. केशब पौडेलले नेपाल भ्रमणका बेला पूर्व सभामुख सुवास नेम्वाङ लगाएतका व्यक्तिहरुसंग नागरिकता ऐनको संशोधन विधेयकमा गैरआवासीय नेपाली नागरिकता सम्वन्धी प्रस्तावित प्रावधानका विषयमा छलफल र सुझाव प्रस्तुत गरेका थिए। यसै सन्दर्भमा एनआरएनए अमेरिकाले न्यूयोर्कस्थित नेपाली महावाणिज्यदुतावास मार्फत समेत सरकारलाई एक ज्ञापनपत्र बुझाएको थियो ।








प्रतिक्रिया लेख्नुहोस्:-