Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मौलिकता झल्किने गौरा पर्व

भदौ १८, २०७५ ३:१६ मा प्रकाशित
मौलिकता झल्किने गौरा पर्व
Share on FacebookShare on Twitter

भीमदत्तनगर, १८ भदौ / हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिनदेखि शुभारम्भ हुने गौरा पर्वले यतिबेला प्रदेश नं ७ सुदूरपश्चिमलाई छपक्कै ढाकेको छ ।

सुदूरपश्चिमकै प्रमुख पर्वमा देश–विदेशमा छरिएर रहेका सुदूरपश्चिमेली यतिबेला गौरामा रमाउँदै देउडामा पाइला मिलाउन व्यस्त छन् । गौराको धार्मिकसँगै अर्को महत्वपूर्ण पक्ष हो ‘देउडा’ । डोटेली भाकामा प्रस्तुत हुने देउडाले यतिबेला सुदूरका हरेक उमेर समूहलाई छोएको छ । गौरा पर्व मनाउन रोजगारीका सिलसिलामा भारतलगायत अन्य मुलुक गएका स्थानीयवासी घर फर्किएका छन् ।

गौरा पर्वको पहिलो दिन घर÷घरमा महिलाले तामाका भाँडामा बिरुडा अर्थात पाँच प्रकारको अन्न भिजाउने गर्छन । महिलाले व्रत बसेर गहुँ, केराउ, गहत, मास र गुरौस मिसाएर तामाका भाँडामा भिजाउँछन् । यिनै पाँच अन्नको मिश्रणलाई ‘बिरुडा’ भन्ने गरिन्छ । महिलाले दोस्रो दिन पानीका मुहान र पँधेरामा शुभ मुर्हतमा सामूहिक रुपमा बिरुडा धोएर गौरादेवीको प्रतिस्थापन गर्ने चलन छ । सप्तमीका दिन गौरादेवीलाई नजिकको मठ–मन्दिरमा भित्र्याएर पूजाअर्चना गरी विवाहित महिलाले दुबधागो चढाउने गर्छन् ।

गौराष्टमीका दिन व्रत बसेर महिला बिहानैदेखि गौरा मनाउनेस्थल गौरा खलोमा पूजाआजा गर्छन् । दुबधागो घाँटीमा लगाएर देवीको पूजा गर्ने परम्परा छ । सोही दिन महिलाले प्रसादका रुपमा बिरुडा ग्रहण गरी आफ्ना घरपरिवारका सदस्यको टाउकोमा पुज्ने र निधारमा बिरुडा थापिदिने चलन छ । सुदूरपश्चिमका अधिकांश जिल्लका बासिन्दाले दसैँ भन्दा पनि बढी महत्वका साथ मनाउने गौरापर्वको आगमनले यतिबेला सुदूरपश्चिममा चहलपहल बढाएको छ । भीमदत्तनगरमा गौरा महोत्सवको आयोजना गरिएको छ । यहाँ हरेक दिन साँझ देउडा खेल्न मदनचोकमा भेला हुने गरेका छन् । गौरा पर्वको प्रमुख आकर्षणका रुपमा रहेको डेउडामा पौराणिक कथा, देवीदेवताका गाथा र धार्मिक ग्रन्थलाई गाउने गरिन्छ । त्यति मात्रै नभएर सामाजिक विकृति विरुद्ध पनि डेउडाका माध्यमले तिखो व्यङ्ग गर्ने गरिन्छ । महिलाले यस अवसरमा आफ्ना सुखदुःख डेउडाका माध्यमबाट व्यक्त गर्छन् ।

गौरा विसर्जन नगरिएसम्म गौराघरमा पुरुष तथा महिला छुट्टाछुट्टै रुपमा गोलबद्ध भई स्थानीय लोकभाषामा देउडा, चैतलो, धमारी आदि खेल खेलेर आनन्द लिने चलन छ । देउडा र धमारी, ढुस्को खेल्ने गरिन्छ । गौरा पर्वमा देउडा गीतका माध्यमबाट एक अर्काका दुःखसुख बाँड्नुका साथै माया प्रेम बाँडिन्छ । गौरालाई एकताको पर्वका रुपमा पनि लिइन्छ । गौराका लागि काम विशेषले बाहिर गएका व्यक्ति घर फर्किने गर्दछन् ।

अनुकूल तिथि हेरी विसर्जन गरिने गौरापर्वले मानिसमा धार्मिक, आस्था, आपसी सद्भाव बढाउन मद्दत पु¥याउने मात्र नभइ यस पर्वमा व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ती प्राप्त हुने, इष्ट र कूलदेवता प्रसन्न हुने जनविश्वास छ । केही वर्षयता काठमार्डौँमा समेत देउडाको लोकप्रियता बढ्दै गएको छ । बसाइँसराइसँगै तराईका कञ्चनपुर र कैलालीमा पनि गौरा पर्वलाई दशकौंदेखि निरन्तरता दिइएको छ । मानशखण्ड फाउण्डेशनका अध्यक्ष रमेश पन्त (मितबन्दु) गौराको मौलिकतामा ह्रास आउँदै गरेको बताउनुहुन्छ । “गौरामा खेलिने देउडाको चलन घट्दै गएको छ,” उहाँले भन्नुभयो, “गौरा मनाउने विधिप्रक्रिया पनि घट्दै गएको देखिन्छ ।” पन्त पहाडी जिल्लामा सामूहिक रुपमा मनाइने गौरा र तराईवासीले मनाउने गौरामा फरक पाउनुहुन्छ । युवापुस्तालाई गौराप्रति आकर्षित गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result