Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘क्यानोनिङ’को सफल परीक्षण

भदौ २१, २०७५ १२:२६ मा प्रकाशित
‘क्यानोनिङ’को सफल परीक्षण
Share on FacebookShare on Twitter

बागलुङ, २१ भदौ / गलकोट नगरपालिका–३ हटियास्थित सहस्रधारा झरनामा साहसिक खेल ‘क्यानोनिङ’ (छाँगावरोहण) व्यावसायिक रुपमा शुरु गरिने भएको छ ।

गत फागनुमा गरिएको परीक्षण सफल भएपछि खेल नियमित सञ्चालन गर्न पूर्वाधार निर्माणको काम अघि बढाइएको हो । यही वर्षभित्रमा ‘क्यानोनिङ’ व्यावसायिक रुपमा शुरु हुने वडा नं ३ का अध्यक्ष वीरजञ्ग भण्डारीले बताउनुभयो । “विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनिसकेको छ” उहाँले भन्नुभयो, “पूर्वाधार निर्माण र प्राविधिक तयारीमा लागेका छौँ ।”

पूर्वाधारतर्फ झरनासम्म पुग्ने पदमार्ग, पोखरी, विश्राम कक्ष, रेष्टुराँलगायतका संरचना निर्माण हुनेछ । त्यस्तै ‘क्यानोनिङ’मा चाहिने हेल्मेट, ज्याकेट, डोरी (रोप) जस्ता सामग्री तथा उपकरण जुटाइनेछ । पूर्वाधार निर्माणका लागि वडाले चालू आवमा रु पाँच लाख छुट्टाएको छ । यतिमात्र बजेट अपुग हुने भएपछि अन्य क्षेत्रबाट पनि स्रोत जुटाइने भएको छ । जिल्लामै पहिलोपटक ‘क्यानोनिङ’ खेलको गन्तव्य पहिचान भएको हो । वडाले खेल पर्यटन प्रवद्र्धनका लागि ‘क्यानोनिङ’ शुरुवात गर्न लागेको हो ।

सम्भाव्यता अध्ययनका लागि पोखरादेखि आएका ‘क्यानोनिङ’ का विज्ञ रामबहादुर गुरुङसहितको टोलीले शुरुमा ‘क्यानोनिङ’को परीक्षण अभ्यास गरेका थियो । विज्ञ टोलीले सह्रसधारा झरनालाई ‘क्यानोनिङ’को लागि प्राविधिक र सबै हिसाबले उचित ठहर गरेको थियो । झण्डै ७५ मिटर उचाइको सहस्रधारामा ‘क्यानोनिङ’ शुरु गर्न वडाध्यक्ष भण्डारीले पहल गर्नुभएको हो । साहसिक खेलमा रमाउन चाहने आन्तरिक तथा बाह्य पर्यटकलाई ‘क्यानोनिङ’ले आकर्षित गर्ने ठानिएको छ । पूर्वाधार विकास गरेर सहस्रधारा झरनालाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना नगरपालिकाको छ । ‘क्यानोनिङ’ खेललाई दिगो बनाउन पूर्वाधार तयारीदेखि प्रचारप्रसारलाई तीव्र पारिने भएको छ । स्थानीय युवालाई तालीमको लागि पोखरा पठाउने तयारी छ ।

‘क्यानोनिङ’मा दक्ष युवा तयार गरेर विस्तारै सबैका लागि खुला गर्ने योजना छ । यसै वर्षमा ‘क्यानोनिङ’ प्रतियोगिता सञ्चालन गर्ने योजना छ । नगरपालिकाका प्रमुख भरत शर्मा गेरैले गलकोट क्षेत्रको पर्यटन विकासमा ‘क्यानोनिङ’ले टेवा पु¥याउने बताउनुभयो । “पर्यटकीय सम्भावना भएर पनि गलकोट ओझेलमा छ” उहाँले भन्नुभयो, “यसले पर्यटक भित्र्याउन सघाउ पु¥याउने छ ।”

सदरमुकामदेखि ४५ किमीको दूरीमा अवस्थित सहस्रधारा झरनामा हटियादेखि ३० मिनेटको पैदलयात्रा गरी पुग्न सकिन्छ । सडकको सुविधासमेत पुगेको सहस्रधारा हुँदै कोत मैदान र त्यहाँबाट पूर्णकोटसम्म पदमार्ग बनाउने योजना छ । पूर्णकोटमा यसै वर्ष ‘पाराग्लाडिङ’को पनि सम्भाव्यता अध्ययन हुने भएको छ । ‘क्यानोनिङ’ कास्की, पर्वत, मनाङ, लमजुङ, काभ्रे, सिन्धुपाल्चोक, सुनसरी, नुवाकोटलगायतका जिल्लामा सञ्चालित छ । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result