Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

क्यानडाका करी च्याम्पियन

कार्तिक २७, २०७५ ३:११ मा प्रकाशित
क्यानडाका करी च्याम्पियन
Share on FacebookShare on Twitter

लमजुङ, २७ कात्तिक / अन्नपूर्ण पदमार्गमा आयोजना गरिएको ‘याक अट्याक २०१८’ माउण्टेन बाइक साइकल रेस प्रतियोगितामा क्यानडाका करी वालेस च्याम्पियन बन्नुभएको छ ।

उच्च हिमाली भेगमा गरिने अन्तर्राष्ट्रियस्तरको साइकल दौड प्रतियोगितामा १४ देशका ३२ प्रतियोगीलाई पछाडि पार्दै ३४ वर्षीय करीले पहिलो स्थान हासिल गर्नुभएको हो । लगातार तीन वर्षसम्म ‘याक अट्याक’ मा सहभागीलाई पछि पार्दै करी च्याम्पियन बन्नुभएको छ ।

लमजुङ सदरमुकाम बेंसीशहरबाट शुरु भएको प्रतियोगिता चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने (संसारकै अग्लो मानिने) पाँच हजार ४१६ मिटर उचाइको हिमाली भञ्ज्याङ (थोराङ्ला पास) गरेर प्रतियोगी मुस्ताङको कागबेनी हुँदै कालोपानी पुगेका थिए । करीले पाँच दिन लगाएर एक हजार ८५ किलोमिटरको दूरीलाई १२ घण्टा ३० मिनेट ५० सेकेण्डमा पूरा गर्नुभयो ।

प्रतियोगिताका व्यवस्थापक माउण्टेन बाइक (एमटिबी) नेपालका निर्देशक अजय पण्डित क्षेत्रीका अनुसार लमजुङको बेंसीशहरबाट शुरु भएको उक्त प्रतियोगिता मनाङको ताल, मनाङ गाउँ, थोराङफेदी, मुस्ताङको कागबेनी हुँदै कालोपानीमा पुगेर टुङ्गिएको थियो । प्रतियोगितामा नौ नेपालीसहित २४ विदेशी गरी ३३ जनाले उक्त सहभागिता जनाएका थिए ।

प्रतियोगितामा नेपाली २४ वर्षीय रोअन तामाङ (बुद्धिबहादुर तामाङ) दोस्रो हुनुभएको छ । उहाँले १३ घण्टा ३१ मिनेट ४६ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । नेपालकै ओकेस बज्राचार्यले १३ घण्टा ३५ मिनेट एक सेकेण्डमा लक्ष्य पूरा गरी तेस्रो हुनुभएको छ ।

प्रतियोगितामा महिलातर्फ अस्ट्रेलियाकी ३१ वर्षीया करेन हिल पहिलो हुनुभएको छ । आठ प्रतियोगीलाई उछिन्दै १७ घण्टा ५९ मिनेट २१ सेकेण्डमा निर्धारित दूरी पार गरेर उहाँ महिलातर्फ पहिलो हुनुभएको हो । प्रतियोगितामा नेपाली ३० वर्षीया लक्ष्मी मगर दोस्रो हुनुभएको छ । उहाँले १९ घण्टा १८ मिनेट २५ सेकेण्डमा निर्धारित दूरी पार गर्नुभएको थियो । उहाँ गत वर्ष महिलातर्फ च्याम्पियन बन्नुभएको थियो । नेदरल्याण्डकी निन्के उस्ट्रा तेस्रो हुनुभएको छ । उहाँले निर्धारित दूरीलाई २६ घण्टा, ३६ मिनेट ५८ सेकेण्डमा पार गर्नुभएको छ ।

बेलायतस्थित माउण्टेन बाइकिङ वल्र्ड वाइडको आयोजनामा याक अट्याक साइकल दौड प्रतियोगिता हरेक वर्ष चक्रीय अन्नपूर्ण पदमार्गमा हुँदै आएको छ । संस्थाका निर्देशक फिल इभान्सका अनुसार प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने पुरुष र महिला विजयीलाई क्रमशः एक हजार अमेरिकी डलर, पाँच सय डलर र २५० डलर प्रदान गरिएको छ ।

प्रतियोगितामा नेपालका साथै अस्ट्रिया, इटाली, क्यानडा, बेल्जियम, कोस्टारिका, अस्ट्रेलिया, स्विट्जरल्याण्ड, बेलायत, अमेरिका, इक्वेडर, फ्रान्स, स्पेन र पोर्चुगलका प्रतियोगी सहभागी भएको आयोजकले जनाएको छ । रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result