ह्युस्टन, टेक्सस, नोभेम्वर १४/ नेपालीहरुको चाड तिहारको उपलक्ष्यमा नेपाली गीत-संगीतका चर्चित जोडी उदय-मनिला सोतानको सांगितिक प्रस्तुतिले ह्युस्टनको नेपाली समुदायलाई आकर्षित गर्ने भएको छ। आगामी आइतवार, नोभेम्वर १८ को साँझ ७ बजेबाट हिलक्रफ्टस्थित सहनाई रेष्टुरेण्टमा हुने लाइभ म्यूजिक सहितको सांगितिक कार्यक्रम कोरोनेशन कन्सेप्ट तथा चहलपहल ह्युस्टन (काशिराज)को संयुक्त आयोजनामा हुन लागेको हो।
नेप्लिज एशोसियसन अफ ह्युस्टन, नेप्लिज हेरिटेज यूनियन, गुल्मी समाज ह्युस्टन, कान्छा प्रोडक्शन लगाएतका स्थानीय संघ-संस्थाहरु समेतको सहकार्यमा तिहार लगत्तै आयोजित सांगितिक कार्यक्रमको स्थानीय आयोजक एवं ईभेन्ट मेनेजर रणदिप विक्रम शाहका अनुसार उदय-मनिला सोतानलाई डिजे अनुप, स्वामि डि, पिएसपिएन लगाएतका स्थानीय कलाकारहरुले समेत साथ दिनेछन्। सोतान दम्पतिको सदाबहार नेपाली गीतको सांगितिक मज्जा लिन ह्युस्टनका नेपालीहरुलाई अवसर मिलाएका शाहले गत सप्ताहन्तमा निकै लोकप्रिय नेपाली सिनेमा छक्का-पन्जा ३ को प्रदर्शनको संयोजन समेत गरेका थिए।







प्रतिक्रिया लेख्नुहोस्:-