Monday, May 4, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

दृश्यावलोकनको अर्को गन्तव्य काँहु

मंसिर २१, २०७५ ६:२५ मा प्रकाशित
दृश्यावलोकनको अर्को गन्तव्य काँहु
Share on FacebookShare on Twitter

चिप्लेढुङ्गा, २१ मङ्सिर / प्रकृतिको अनुपम बरदानको रूपमा रहको पर्यटकीय नगरी पोखराको उत्तरपूर्व स्थित काहुँ धरहरा अहिले आन्तरिक र बाह्य रोजाइको गन्तव्यको रूपमा विकास हुँदैछ । प्रचारप्रसारको अभावले गुमनाम जस्तै बनेकामा पछिल्लो समय आयोजना हुने मेला महोत्सव र सडकको विस्तारले यो डाँडामा पर्यटकको आकर्षण बढ्न थालेको हो ।

पोखरा महानगरपालिका–११ स्थित यो डाँडाबाट पोखरा महानगरपालिका भित्रका ३३ वटै वडासहित माछापुच्छ«्रे र अन्नपूर्ण हिमशृङ्खंला अवलोकन गर्न सकिन्छ । समुन्द्री सतहदेखि एक हजार४४४ मिटरमा उचाइमा रहेको काँहुडाँडामा तत्कालीन अञ्चलाधिश नन्दबहादुर मल्ल र स्थानीय सामाजिक अभियन्ताका स्व. मेजर वीरसिंह गुरुङको सक्रियतामा निर्माण गरिएको काहुँ धरहराले पछिल्लो समय पर्यटकलाई आकर्षित गरेको हो । बाइसे चौबिसे राज्यका बेला यसस्थललाई एक कोटका रुपमा लिइएको थियो ।

पोखरा शहरबाट नजिकै रहेको लालिगुराँस फुल्ने काहुँडाँडामा प्राचीन समय काउना खेती गरिने हुँदा काउनोबाट काहुँ हुँदै अपभ्रंश भएर काँहुडाँडा रहन गएको स्थानीयवासीको भनाइ छ ।

शहरदेखि नजिक र सुगम बस्ती भए पनि प्रचारप्रसारका अभावले ओझेलमा परेको यस क्षेत्रको विकास र प्रवद्र्धनमा पछिल्लो समय यस क्षेत्रका राजनीतिक दल, सङ्घ संस्था स्थानीय युवा क्लब र आमा समूहको सक्रियतामा गरिएको कार्यर्ले अहिले एउटा पर्यटकीय गन्तब्यको रुपमा विकसित हुँदै गएको छ ।

करीब दुईहजार २०० घरधुरी र १५ हजार जनसङ्ख्या रहेको यस क्षेत्रमा सांस्कृतिक विविधताको समिश्रण अर्थात ब्राम्हण, क्षेत्री, गुरुङ, मगर र दलितहरुको बसोबास यहाँ रहेको छ । यस वडाका वडाध्यक्ष मोहनप्रसाद बाँस्तोला भन्नुहुन्छ, “काँहुडाँडाको विशेषता शहरको नजिकबाट सुन्दर पोखराको पुरै दृश्यवलोकन गर्न सकिनुका साथै होइन, लालिगुराँसको बोटमा चढेर पनि माछापुच्छ्र«े र अन्नपूर्ण हिमशृङ्खलाका सुन्दर दृश्य कैद गर्न सकिन्छ ।” प्राकृतिक सुन्दरतामा रमाउन चाहने जो कोहीका लागि एउटा उत्कृष्ट र आकर्षक गन्तव्य हो काँहुडाँडा ।

यो क्षेत्रको विकासले पर्यटन प्रवद्र्धन हुनाका साथै समृद्ध देश निर्माणको भूमिका निर्वाह गर्न सक्ने भएकाले प्रदेशकै एक उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न पूर्वाधार विकाससँगै प्रचारप्रसार खाँचो रहेको उहाँको भनाइ छ ।

ग्रामीण पर्यटनको विकास गर्दै पोखराकै एक दृश्यावलोकनको गन्तव्य निर्माण गरेर यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ब्यापक प्रचारप्रसार गर्न विभिन्न प्रचारात्मक गतिविधिमा जोड दिनुपर्ने वडाध्यक्ष बाँस्तोला बताउनुहुन्छ । शनिबार र अन्य बिदाका दिनमा चार÷पाँच सय आन्तरिक पर्यटक काँहुडाँडा पुगी काहु धरहराबाट पोखरा महानगरको सुन्दर दृश्यावलोकन गर्न गरेको उहाँ बताउनुहुन्छ ।

यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि विसं २०६२ र २०६५ मा काहँु धरहरा महोत्सवसमेत गरिनाका साथै यही २०७५ मङ्सिर २८ देखि पुस ८ सम्म तेस्रो काँहु धरहरा महोत्सव आयोजना गरिने भएको छ । यो महोत्सवलाई व्यावसायिक नभई पर्यटकीय महोत्सवका रूपमा लिन लागिएको महोत्सवका प्रचारप्रसार संयोजक एवं स्थानीय दामोदर आचार्य जोड दिनुहुन्छ । उहाँ भन्नुहुन्छ “महोत्सवलाई नाफाघाटासँग तुलना नगरी सबैको साथ र सहयोगमा काँहु दृश्यावलोकन एक गन्तव्यको रुपमा स्थापित गर्ने हाम्रो उद्देश्य हो ।”

महोत्सव मूल आयोजक समितिका अध्यक्ष देवबहादुर गुरुङ काँहु धरहरा महोत्सवले यस क्षेत्रको विकाससँगै लोक संस्कृतिको जगेर्ना, स्थानीय उत्पादनको बजारीकरण, स्थानीय सामुदायिक वनमा रहेको जैविक विविधताको संरक्षणमा सहयोगी हुने बताउनुहुन्छ । महोत्सवका कारण हुने अर्थोपार्जनले जनस्तरको आम्दानीसमेत बढाउने उहाँको भनाइ छ ।रासस

सम्बन्धित समाचार

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित
Breaking News

अनमोल केसी र आँचल शर्मा ‘उत्कृष्ट अभिनेता अभिनेत्री’ घोषित

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन
Slider

नेपाली कलाकारहरुद्वारा मुक्तिनाथमा भजनकीर्तन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result