विराटनगर, २८ मङ्सिर / प्रदेश नम्वर १ र अखिल नेपाल फुटबल संघ एन्फा बीच शुक्रवार मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता सञ्चालन सम्वन्धी सम्झाैता भएकाे छ । सम्झाैता अनुसार मुख्यमन्त्री कप प्रदेशस्तरीय लिग फुटबल प्रतियोगिता एवं अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगिता सञ्चालनका लागि प्रदेश सरकारले पाँच बर्षका लागि प्रति बर्ष एक कराेड रूपैया उपलब्ध गराउने छ ।
यसैगरी, प्रदेश सरकारको सहकार्यमा अन्तर्राष्ट्रिय आमन्त्रण मुख्यमन्त्री कप फुटबल प्रतियोगितसमेत सञ्चालन हुनेछ । प्रतियोगितामा सात प्रदेशका उत्कृष्ट समूह, ए डिभिजनका क्लबमध्येबाट उत्कृष्ट ६ र विदेशी आमन्त्रित फुटबल समूहबाट तीन गरी बढीमा १६ समूहको सहभागिता रहनेछ ।
शुक्रवार एक कार्यक्रममा मुख्यमन्त्री शेरधन राई र एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्षाले सम्झाैता पत्रमा हस्ताक्षर गरे । साे अवरमा मुख्यमन्री राईले प्रदेश सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भने “खेलकूदले नागरिकलाई स्वस्थ र बलियो बनाउन सकिन्छ ।”
मुख्यमन्त्री राईले राष्ट्र र प्रदेशको पहिचान एवं प्रतिष्ठा खेलकूदबाट बढ्ने हुँदा खेल र खेलाडीको मनोबल बढाउन प्रदेश सरकार लागिपर्ने बताए । सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस प्रदेशस्थित केही खेलकूद मैदानलाई छनौट गरी अन्तर्राष्ट्रियस्तरको बनाउने योजनामा सरकार रहेको बताए ।
एन्फा अध्यक्ष शेर्पाले खेलकूद क्षेत्रको विकास तथा विस्तारका लागि प्रदेश सरकारले ठोस योजना तथा कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।






प्रतिक्रिया लेख्नुहोस्:-