Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

जनकपुरमा नक्कली नागरिकता बनाएकाे अभियोगमा चार पक्राउ 

मंसिर २८, २०७५ २:०९ मा प्रकाशित
Share on FacebookShare on Twitter

जनकपुरधाम, २८ मङ्सिर /  नक्कली नागरिकतालगायतका कीर्ते कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरिएको छ ।  जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयद्वारा आज यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका–२० देउरा रुपैठाका ३१ वर्षीय रोशनकुमार चौधरी, औरही गाउँपालिका–५ का वडासदस्य ४९ वर्षीया गङ्गा साह, रौतहट दुर्गा भगवती गाउँपालिका–४ घर भई हाल जनकपुर उपमहानगरपालिका–४ बस्ने हेमन्त पाण्डे र धनुषा जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डल छन् ।

प्राप्त सूचनाका आधारमा देवपुरा रुपैठा बस्ने विद्यानन्द चौधरीका छोरा रोशनकुमार चौधरीको डेरा गरी बस्ने कोठामा खानतलासी गर्दा नक्कली नागरिकतालगायतका कीर्ते कागजात फेला परेको प्रहरीले जनाएको छ । चौधरीका कोठाबाट प्रहरीले विभिन्न व्यक्तिको नामको नागरिकता प्रमाणपत्र, सादा नाम नभरेको नेपाली नागरिकताको प्रमाणपत्र, जिल्ला प्रशासन कार्यालय धनुषाको छाप, प्रशासकीय अधिकृतको छाप, स्थानीय पञ्जीकाधिकारी छाप, टोली प्रमुख नगरपालिकाको छाप, वडाध्यक्षको छाप, विवाह दर्ता, जन्म दर्ता, मृत्यु दर्ता, बसाइँसराइको प्रमाणपत्रको ठेली, नागरिकता विवरणको ठेली र मोबाइल थान एकसमेत बरामद गरेको छ ।

पक्राउ परेकाबाट नागरिकता अनुसूची फारमको ठेली, नेपाली नागरिकता प्रमाणपत्रमा टाँस हुने होलोग्राम र नगद रु एक लाख ५३ हजार पनि बरामद भएको जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बरामद भएको कीर्ते नागरिकताका प्रमाणपत्र २०७० सालको रहेको बताउनुभयो । उहाँले जिल्ला प्रशासन कार्यालयको स्रेस्तासमेत बरामद भएकाले यसबारेमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

पक्राउ परेकालाई सरकारी दस्तखत छाप कीर्ते र नागरिकता मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

(रासस)

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result