Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

‘होमस्टे’ को राजधानी बन्दै स्याङ्जा

पुस १, २०७५ २:५६ मा प्रकाशित
Share on FacebookShare on Twitter

 

– तोलाकान्त बगाले

वालिङ, १ पुस : स्याङ्जा जिल्लालाई घरबास (होमस्टे) को राजधानीको रुपमा विकास गर्ने अभियानले गति लिएको छ ।  स्याङ्जाका ११ स्थानीय तहमध्ये २० वटामा घरबास कार्यक्रम सञ्चालित छ । स्याङ्जामा दक्षिण एशियाकै पहिलो सामुदायिक घरबासदेखि लिएर नयाँ नयाँ घरबास कार्यक्रम सञ्चालन भैरहेका छन् ।

सिरुबारीबाट शुरु भएको घरबास कार्यक्रमबाट प्रभावित भएरै जिल्लाका अन्य स्थानहरुमा पनि घरबास कार्यक्रमलाई अभियानकै रुपमा विकास गर्दै लगिएको जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो ।

देशभर १०० गन्तव्यको सूचीमा पर्न सफल मध्येको एक गन्तब्य हो सिरुबारी । दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास सिरुबारी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो । स्याङ्जाको आँधीखोला गाउँपालिकाको १ नं वडामा रहेको सिरुबारी गाउँ देशमा मात्रै नभएर विदेशमा समेत प्रख्यात छ ।

सिद्धार्थ राजमार्गको नाउँडाँडा, सेतीखोला, बाडखोला र हेलु गरी चार ठाउँको बाटो हुँदै सिरुबारी पुग्न सकिन्छ । यस ठाउँमा आउने पर्यटकलाई गरिने स्वागत तथा अन्य व्यवस्थापन अरु होमस्टेको तुलनामा राम्रो रहेको सिरुबारी पर्यटन तथा व्यवस्थापन विकास समितिका संयोजक जुमबहादुर गुरुङले बताउनुभयो ।

गत आर्थिक वर्षमा मात्रै सिरुबारीमा दुई हजार ३०० भन्दा बढी नेपाली र ५०० भन्दा बढी विदेशी पर्यटक आएको अभिलेख छ ।

“सिरुबारी दक्षिण एशियाकै पहिलो सामुदायिक होमस्टे भएकै कारण पनि कतिपय पाहुनाहरु यहाँको ब्यवस्थापन पक्ष बुझ्न आउनुहुन्छ,” संयोजक गुरुङले भन्नुभयो – “कतिपय पर्यटकहरु यहाँको स्वागत तथा स्थानीय खानाका परिकारहरुमा रमाउन आउने गर्नुहुन्छ ।” उनानचालीस घरबाट शुरु भएको घरबास हाल २२ घरमा सञ्चालित छ र त्यहाँ १०० को हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत गर्ने गरिन्छ ।

स्याङ्जा जिल्लामा तुलनात्मक रुपमा गुरुङ समुदायमा आधारित घरबास धेरै छन् । त्यस्तै, गुरुङ समुदायमै आधारित सुन्तलाबारी सामुदायिक घरबास वालिङ नगरपालिका ४ नं वडामा पर्छ । बत्तीस घरधुरी रहेको सुन्तलाबारीमा ३० घर गुरुङ समुदायका र दुई घर ब्राह्मण समुदायका छन् । सुन्तलाबारी सामुदायिक घरबासका अध्यक्ष क्याप्टेन डिलबिक्रम गुरुङका अनुसार यहाँ १२ घरमा घरबास सञ्चालित छ र कुल शय्या क्षमता ४० छ ।

सिद्धार्थ राजमार्गअन्तर्गत वालिङ नगरपालिका–१ को त्रियाशीबाट करीब सात किलोमिटरको दूरी पार गरेपछि यस स्थानमा पुग्न सकिन्छ ।

सुन्तलाबारी सामुदायिक घरबास विशेष गरी सुन्तलाको हाइटेक नर्सरीका लागि प्रख्यात छ । यस ठाउँमा कात्तिकदेखि माघसम्म निक्कै आनन्ददायी वातावरण हुन्छ । बारीभरि ढकमक्क सुन्तला पहेँलै देखिँदा पाहुनाको मन आल्हादित हन्छ भने यहाँका स्थानीय बासिन्दाले गर्ने स्वागतले झनै सुनमाथि सुगन्ध थपिदिन्छ ।

यस ठाउँमा दुई वटा झरनाहरु छन् जहाँ आन्तरिक र बाह्य पाहुनाहरु छाँगावरोहण (क्यानोनिङ) का लागि आउने गरेका छन् । स्थानीय सुन्तलाबारी क्यानोनिङ सञ्चालन समितिमार्फत यहाँका खाल्टेखोला झरना र वसन्ती रह झरनालाई छाँगावरोहण पाठशालाका रुपमा सञ्चालन गर्न लागिएको सो समितिका अध्यक्ष मोहन खनालले बताउनुभयो ।

खाल्टेखोला झरना तीन तहमा करीब ६० मिटर र वसन्ती रह झरनाको उचाइ २८ मिटर रहेको छ । बच्चाका लागि पनि लक्ष्य गरी सोही ठाउँमा छाँगावरोहण गर्ने व्यवस्था समितिले मिलाउँदै छ ।

वालिङ नगरपालिका ५ नं वडामा रहेको पित्लेक देउराली घरबास विशेष गरी स्थानीय जातका कुखुराका परिकारहरुका साथै स्थानीय जातका कुखुराहरुको संरक्षणका लागि प्रख्यात छ । यहाँ आउने पाहुनालाई ७ घरमा ३० जनासम्म राख्न सकिने पित्लेक देउराली घरबासका अध्यक्ष महेश गुरुङले बताउनुभयो ।

पित्लेकमा सामूहिक कफी खेती, सामूहिक रुपमा अर्गानिक तरकारी उत्पादन, स्थानीय ठाउँमा उत्पादित परिकारद्वारा पर्यटकहरुलाई स्वागत गर्ने गरिन्छ । यहाँ प्रत्येक घरमा आधुनिक तरीकाले मौरीपालन गरिएको छ भने पाहुनाले मह शिकार गर्न चाहेको खण्डमा त्यो ब्यवस्था पनि मिलाइदिने गरिएको छ ।

पित्लेक अग्लो स्थानमा रहेकाले पनि यहाँबाट हिमशंङ्खलासहित अन्य भागहरु राम्रोसँग अवलोकन गर्न सकिन्छ । वालिङ बजारदेखि झण्डै आधा घण्टाको समयमा गाडीबाट पित्लेक पुग्न सकिन्छ ।

त्यस्तै, वालिङ नगरपालिका–१२ मा सिर्सेकोट मैदान घुरुङ्खा घरबास सञ्चालनमा छ । सिर्सेकोट पर्यटन तथा ब्यवस्थापन मैदान घुरुङ्खा समितिमार्फत यहाँ सञ्चालित घरबास १० घरबाट शुरु भएको हो । हाल यहाँ २५ घरमा घरबासको ब्यवस्था गरिएको छ भने ५० जनाभन्दा बढी पाहुनाहरु राख्न सकिन्छ ।

“यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकको स्वागतका लागि हामीले गाउँ प्रवेश हुने ठाउँमा प्रवेशद्वार निर्माण गरेका छौं,” समितिका सदस्य सीता गुरुङले भन्नुभयो – “गुरुङ समुदायको वेशभूषा झल्किने गरी हामीले पर्यटकलाई फूलमालाले स्वागत गर्छौं र सबैलाई सामुदायिक भवनमा ल्याएर चियापानी र स्थानीय गुन्द्रुक रोटी नास्ताका रुपमा खान दिन्छौं ।”

पाहुनाको मागअनुसार यहाँ स्थानीय खानाका परिकारहरु पाक्ने गर्दछ । यहाँको विशेषतामा सख्खरको खिर, ढिंडो, सिस्नोको अचार, स्थानीय कुखुराको मासु, अण्डा लगायतका परिकारद्वारा पाहुनालाई स्थानीय स्वाद पस्किन्छ । गुरुङ समुदायमा आधारित घरबास भएकाले पनि यहाँ बाबा समूहले रामायणमा आधारित पुराना नाच, आमा समूहले पुरानो सालैजो गीत र भाउजू समूहले ढिलो र छड्के भाकाहरुमार्फत पाहुनाहरुलाई छमछमी नचाउने गर्छन् ।

त्यस्तै, स्याङ्जाको भीरकोट नगरपालिका–७ खिलुङमा खिलुङ कालिका पर्यटन तथा व्यवस्थापन समितिमार्फत सञ्चालित खिलुङ हनिबल घरबास १२ घरमा सञ्चालित छ । सबैमा गरी २६ जना राख्न सकिने खिलुङ हनिबल घरबासका उपाध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो ।

यहाँ विषादीरहित अर्गानिक उत्पादनहरुबाट बनाइएका परिकारद्वारा पाहुनालाई स्वागत गरिन्छ । यहाँका ७५ प्रतिशत घरमा आधुनिक तरीकाबाट मौरीपालन गर्ने गरिएको छ । यहाँ आउने पाहुनालाई प्रत्येक दिन बिहानको नास्तामा अनिवार्य मह सेवन गराउने परम्परा रहेको छ । हरेक घरमा २ देखि २२ वटासम्म मौरीका आधुनिक घारहरु छन् । पाहुनाले इच्छा देखाएमा मह काढ्ने तरीकाका बारेमा पनि जानकारी गराउने गरिन्छ । हेलुबाट गाडीमा आधा घण्टा र पैदल डेढ घण्टामा यस ठाउँमा पुग्न सकिन्छ ।

स्याङ्जाको फेदिखोला–५ मा रहेको छ बौद्ध तमु सामुदायिक घरबास । सिद्धार्थ राजमार्गको खड्केटारीबाट ७ किलोमिटर कच्ची बाटो पार गरेपछि यहाँ पुग्न सकिन्छ । पन्ध्र घरमा ९० जना राख्न सकिने यो घरबास आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको स्थल हो ।

हुनिकोट घरबास पुतलीबजार नगरपालिका–२ मा पर्दछ । स्याङ्जा सदरमुकामबाट ३ किलोमिटर दूरी पार गरेपछि यहाँ पुगिन्छ । दृश्यावलोकन तथा स्थानीय खानाका लागि हुनिकोट राम्रो छ । विशेष गरी हुनिकोट साप्ताहिक विदा मनाउन आउने पर्यटकको रोजाइको स्थल बन्दै गएको छ भने यहाँ साहसिक खेल प्याराग्लाइडिङमा पनि रमाउन सकिन्छ । यसलाई पछिल्लो समय पदमार्गको रुपमा पनि विकास गर्दै लगिएको छ । गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा ५० जना पाहुना राख्न सकिन्छ ।

स्याङ्जाको पुतलीबजार–१४ मा पर्ने खर्सुको लेक घरबास सदरमुकामदेखि १० किलोमिटरको दूरीमा पर्छ । लेक घरबास एक हजार ८५० मिटरको उचाइमा रहेको गुरुङ समुदायको बस्ती हो । यो ठाउँ सूर्योदय अवलोकनका लागि उपयुक्त स्थान हो । आदिकालमा ऋषिहरुले तपस्या गरेको स्थल मानिने यो ठाउँमा अझै भग्नावशेषहरु देख्न सकिन्छ । यहाँ २५ जनासम्म पाहुनालाई राख्न सकिन्छ ।

अहिले स्थानीय तहहरुले यसको दर्ता प्रक्रिया थालेसँगै घरबासहरु थपिंने क्रम जारी छ । स्याङ्जामा हालसम्म पञ्चासे देउराली घरबास, बौद्ध तमु सामुदायिक घरबास, बझाकोट घरबास, खैरीकोट अर्गानिक घरबास, रामकोट घरबास, खोरियाघाट कालीगण्डकी घरबास, माझी गाउँ घरबास, आलमदेवी घरबास, करेण्डाँडा घरबास, टोड्के घरबास, साँदीखोला घरबास, कालखु घरबास र पोखरीछाप घरबास सक्रिय छन् ।

“आन्तरिक तथा बाह्य गरेर जिल्लामा ५० हजार भन्दा बढी पर्यटकहरु वर्षेनी आउँछन्,” जिल्ला पर्यटन विकास समितिका उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले भन्नुभयो – “यहाँ आउने पर्यटकलाई अझै धेरै दिन जिल्लाभित्र रहने वातावरण मिलाउन आवश्यक छ ।”
घरबास सञ्चालन भएका स्थानहरुका सञ्चालकहरुलाई प्रोत्साहन हुने कार्यक्रमहरु सञ्चालन गनुपर्ने खाँचो एकातिर छ भने घरबास प्रारम्भ भएको जिल्लाका रुपमा परिचित स्याङ्जालाई होमस्टेको राजधानीका रुपमा विकास गर्न थप पूर्वाधार निर्माण गर्न जरुरी छ ।
रासस

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result