Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मस्कोलाई पछि पार्न रूसविरूद्धको जासुसी आरोप लगाइयाे 

पुस ६, २०७५ १२:१२ मा प्रकाशित
Share on FacebookShare on Twitter

मस्को, रूस, ५ पुस । पश्चिमा मुलुकहरूले मस्कोमाथि जासुसी प्रकरणको मुद्दा उठाएर रूसको अन्तर्राष्ट्रिय सम्बन्धमा फाटो पार्न खोजिएको रूसले दावी गरेको छ ।

“रूसको विकासमा समस्या ल्याउने विचारबाट उद्दत भएको जासुसी प्रकरण रूसमाथिको आक्रमणको अर्को नमूना हो,” राष्ट्रपति भ्लादिमिर पुटिनले बार्षिक कार्यक्रम अनुसार बिहीबार पत्रकार सम्मेलनमा बताउनुभयो ।

पुटिनले गुप्तचरको ‘दोहोरो भूमिका खेलेका’ पूर्व गुप्तचर अधिकारी सेर्गेइ स्क्रिपाल र उहाँकी छोरीलाई सालिसबरीमा बिष दिएको घटनामा बेलायतले रूसलाई दोषी देखाउन खोज्नु सरासर रूसमाथिको रणनीतिक आक्रमण भएको बताएका छन् ।

बेलायतले स्क्रिपाल द्वयलाई बिष दिने दुई शङ्कास्पद व्यक्ति रूसी सैनिक गुप्तचरका एजेन्ट भएको भन्दै रूससँगको कूटनीतिक सम्बन्धमा समस्या भएको जनाएको थियो । बदलामा कतिपय यूरोपेली मुलुकहरू, बेलायत र अमेरिकाले रूसी कूटनीतिज्ञहरूलाई देश निकाला गरेको थियो ।

उहाँले भन्नुभयो, “यदि स्क्रिपालहरू हुदैनथे भने अन्य केही सोचिने थियो होला । यहाँ एउटै लक्ष्य रूसको विकासलाई पछि पार्ने र सम्भावित प्रतिस्पर्धीका रूपमा उठ्न नदिने खेल खेल्नुमात्रै रहेको छ ।”

पुटिनले पत्रकार सम्मेलनमा रूसी मारिया बुटिनालाई अमेरिकामा गत हप्ता गैरकानूनी विदेशी एजेन्टको आरोपमा दोषी ठहर गरेको भनी अमेरिकाको आलोचना गर्नुभयो । बुटिनालाई सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको हस्तक्षेपमा सम्लग्नता रहेको बताइँदै आएको थियो ।

बन्दूक अधिकारका समर्थक बुटिनाले आफूमाथि लागेको आरोप गलत भएको भन्दै उक्त प्रकरणमा आफू दोषी नरहेको बताउनु भएको छ । उहाँमाथि अमेरिकी विदेशी नीतिलाई प्रभावित तुल्याउन खोजेको आरोपमा कम्तिमा छ महिना जेल र देश निकालाको सजाय भएको छ ।

पुटिनले भन्नुभयो, “मैले बुझेको छैन, सरकारको कुनै जिम्मेवारी नलिएकी उनले के गल्ती स्वीकार गर्नेछन् । उनले जे स्वीकार गरेपनि १०–१५ बर्षको जेल सजायको धम्कीका कारण आएको अभिव्यक्ति हो । ”

“मैले बुझ्न सकेको छैन किन उनीहरू (अमेरिकी) उनलाई जेल सजाय दिन चाहेका छन् । त्यहाँ कुनै आधार छँदैछैनन् ।”

पश्चिमा मुलुकले रूसमाथि लगाएको प्रतिबन्ध रूसको अन्तराष्ट्रियस्तरमा बढेको प्रभावका कारण आवेगमा आएका निर्णय भएको पुटिनको दावी थियो । “यो रूसको शक्ति विकाससँग जोडिएको छ,”उहाँले थप्नुभयो, “एउटा शक्तिशाली खेलाडीलाई सबैले विश्वास गर्नैपर्छ । अहिलेसम्म रूस जति कमजोर सोचिन्छ त्यो भन्दा कैयौँ गुणा शक्तिशाली छ ।”

उहाँले रूसको अर्थतन्त्रमा ‘अनुकुलित’ छ त्यसैले कतिपय दृष्टिकोणबाट हेर्दा प्रतिबन्ध सकारात्मक छ । उहाँले भन्नुभयो, प्रतिबन्ध लगाएर रूसलाई सङ्कटमा पार्न गरेको पश्चिमा मुलुकको कुदिृष्टिका कारण रूसले आफ्नो कृषिलाई सुधार गर्न बाध्य भयो । यसले रूसको कृषिमा व्यापक विस्तार ल्याइदिएकोे छ । यो हाम्रो लागि सकारात्मक कुरा हो ।
(रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो
ट्रेन्डिंग न्यूज्

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result