Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीबारेमा “कप्तान १९९८”  पुस तेस्रो साता  

पुस ६, २०७५ १२:४० मा प्रकाशित
राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीबारेमा “कप्तान १९९८”  पुस तेस्रो साता  
Share on FacebookShare on Twitter

नेपालगञ्ज पुस ५ ।  क्रियटिभ बुक्सले खेलकुद् विधाको अर्को पुस्तक ‘एलबी क्षेत्री : कप्तान १९९८’ पुस तेस्रो साता बजारमा ल्याउँदै छ ।  पुस ४ गते पुस्तकको कभर सार्वजनिक गरिएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीको संस्मरणात्मक यो पुस्तक क्रियटिभ बुक्सको पाँचौं प्रकाशन हो ।

नेपालले सन् १९९६ देखि औपचारिक रुपमा आधिकारिक अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न थालेको हो ।  राष्ट्रिय टिमका पहिलो उपकप्तान क्षेत्रीले सन् १९९८ मा नेपालमा भएको दोस्रो एसीसी कप क्रिकेट प्रतियोगितामा कप्तानी सम्हालेका थिए । क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले ‘एलबी क्षेत्री : कप्तान १९९८’ मा नेपाली क्रिकेटको इतिहास, समकालीन क्रिकेटरको संघर्षको कथा समेटिएको बताएका छन् । पत्रकार कुमार श्रेष्ठसँगको सहलेखनमा क्षेत्रीले आफ्नो आत्मसंस्मरण लेखेका हुन् ।

क्षेत्रीले नेपालमा महिला क्रिकेटको अवधारणासहित सुरुवात, विकास र बिस्तारको नेतृत्व गरेका थिए । उनकै नेतृत्वमा कोहलपुरमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान निर्माणको पहल भएको थियो । एकातर्फ नेपाली क्रिकेट प्रगतिपथमा अघि बढ्दै पुरुष क्रिकेट टिमले एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ । अर्कोतर्फ नेपाल क्रिकेट संघ (क्यान) निलम्बनमा छ । यस्तोबेला नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एवं क्यानका पुर्व सदस्य एलबी क्षेत्रीको आत्मसंस्मरण आउँदैछ ।

‘यसले नेपाली क्रिकेट बुझ्न चाहने आम क्रिकेटप्रेमी, खेलाडी र दर्शकलाई नजिकबाट सिक्न जान्न र बुझ्न सघाउने अपेक्षा लिएका छौं’ अध्यक्ष ठकुरीले भने–‘यस पुस्तकमा एलबी क्षेत्रीले क्रिकेट करिअर सुरुवाती गर्दादेखि राष्ट्रिय टिमको कप्तान हुँदासम्मको संघर्ष र सफलताको कथा छ ।’

कप्तान क्षेत्रीले भारतको कोलकातामा क्रिकेट सिकेका हुन् । कोलकातामा ए डिभिजन क्रिकेट खेलेर नेपाल फर्किएका क्षेत्रीले यहाँ जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगिता खेले । अर्कोतर्फ सक्रिय खेलाडी जीवनपश्चात क्यानको केन्द्रिय सदस्य तथा क्षेत्रीय अध्यक्षको जिम्मेवारीमा आएपछि उनको अगुवाइमा सुरु भएको महिला क्रिकेटको कथा पनि समावेश गरिएको छ ।

नेपाली क्रिकेटभित्र देखिएको चरम विवाद, राजनैतिक हस्तक्षेप, आइसीसीको निलम्बन र अब समाधानको उपायका सम्बन्धमा पनि उनको पुस्तकमा पढ्न पाइन्छ । उनी लामो समयदेखि क्रिकेटको आधिकारिक जिम्मेवारीबाट बाहिर छन् । यद्यपी, उनी यतिबेला अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आइसीसी)ले नेपाली क्रिकेटको विवाद समाधानका लागि बनाएको स्वतन्त्र समुहमा नेपाल सरकारको तर्फदेखि सदस्यका हैसियतमा क्रियाशील छन् ।

कोहलपुर नगरपालिका १० शान्तिटोलका स्थायी निवासी क्षेत्री श्रीमति, एक छोरा र छोरीका साथ बिभिन्न सामाजिक कार्यमा पनि संलग्न छन् । प्राध्यापन पेशामा रहेका क्षेत्रीको यो पुस्तक नेपाली खेलकुदका लागि कोसेढुङ्गा सावित हुने अपेक्षा गर्न सकिन्छ ।

क्रियटिभ बुक्सले यसअघि कीर्तिमानी भारोत्तोनल खेलाडी सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ बाट प्रकाशन यात्रा थालेको हो । पछिलले समय खेलकुद सम्बन्धि पुस्तकमा बढ्ता जोड दिइएको क्रियटिभ बुक्सका अध्यक्ष ठकुरीले जानकारी दिए । ‘नेपाली खेलकुद अभिलेखीकरणमा निकै कमजोर छ, यसलाई पुर्ति गर्ने अभियानमा लागेका छौं ।’ अध्यक्ष ठकुरीले भने –‘खेल सम्बन्धि दर्जन पुस्तकको तयारी अघि बढिरहेको छ, यद्यपी नेपाली साहित्यका पुस्तकको पनि काम गरिरहेका छौं ।’

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result