काठमाडौँ, ७ पुस : राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिवारका नतिजाले मनाङ मर्याङ्दी क्लबकाे उपाधि यात्रालाई झनै सजिलाे भएकाे छ । मनाङलाई पछ्याउदै चुनाैती दिदै अाएका थ्रीस्टार र संकटा क्बल शनिवार अंक बाड्न पुगे पछि मनाङलाई लिग ट्रफी उचाल्न अन्तिम खेल सम्म पनि फर्खन नपर्ने अवस्था अाएकाे हाे ।
मनाङले आइतवार दशौँ चरणमा नेपाल पुलिससँग खेल्नेछ। यस्तै ११औँ चरणमा मनाङले संकटासँग नै खेल्नेछ। यो दुई खेल जिते मनाङले बाँकी दुई खेल अघि नै लिगको उपाधि जित्नेछ।
हल्चाेक स्थित सशस्त्र प्रहरी बलकाे मुख्यालय मैदानमा थ्रीस्टारले च्यासल सँग गाेल रहित बराबरीमा अंक बाड्न पुग्याे । याे बराबरीले थ्रीस्टार १० खेलमा जम्मा २३ अंकमा राेकिन पुग्याे । थ्रीस्टार भन्दा एक खेल कम खेलेकाे मनाङकाे २७ अंक छ । त्यसाे त मनाङ सँग अंक दुरी घटाउने अवसरकाे संकटा क्लबले पनि सदुपयाेग गर्न सकेन ।
संकटा ब्रिगेड ब्वाइज क्लब सँग एक एक गाेलकाे बराबरीमा अंक बाड्न पुग्याे । संकटाकाे दश खेलबाट २५ अंक मात्र भएकाे छ ।
त्यसाे त संकटाले खेलमा एक शुन्यले पछाडी परेकाे अवस्थामा गाेल फर्काउदै लिगमा दाेस्राे हार टारेकाे थियाे । १३ औं मिनेटमा अमित तामाङको पेनाल्टी गोलबाट ब्रिगेड ब्वाइज अग्रता लिएकाे थियाे । २८ औं मिनेटमा संकटाका जय गुरुङले गाेल फर्काए ।








प्रतिक्रिया लेख्नुहोस्:-