Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सरकारलाई अलोकप्रिय बनाउने कोसिस भयाे, धरहरा दुई वर्षभित्र बन्छ : प्रधानमन्त्री ओली

पुस ७, २०७५ ४:२२ मा प्रकाशित
सरकारलाई अलोकप्रिय बनाउने कोसिस भयाे, धरहरा दुई वर्षभित्र बन्छ : प्रधानमन्त्री ओली

k|d cf]nL–;Daf]wg zlgaf/ sf7df8f}Fsf] a;Gtk'/df k|wfgdGqL s]kL zdf{ cf]nL !%cf}F /fli6«o Hofk' lbj;sf cj;/df cfof]lht ;df/f]xnfO{ ;Daf]wg ub}{ . t:jL/M gf/fo0f Gof}kfg], /f;;

Share on FacebookShare on Twitter

काठमाडौँ, ७ पुस :  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सांस्कृतिक सम्पदाको वैभवको मुख्य चूरो नेवारी कला र संस्कृति नै भएको बताउनुभएको छ ।

पन्ध्रौ ज्यापु दिवसका अवसरमा ज्यापु संस्कृति विकास कोषद्वारा आज बसन्तपुरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कला र संस्कृति भनेको नेपाल भाषा र संस्कृति नै हो भन्नुभयो ।

हाम्रा कला, संस्कृति, गौरवलाई खेर जान नदिने प्रण गर्दै प्रधामन्त्री ओलीले सबै भाषाभाषी मिलेर नेपाल बनेकाले विविधताको संरक्षण गर्नेमा सबै पक्ष सजग र सचेत हुनुपर्छ भन्नुभयो ।

उहाँले सम्पूर्ण नेपालाई गौरव, सामनजस्य, पारस्परिक सहयोग, सम्मानका साथ एकता र एकरुपता कायम गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “इतिहासको संरक्षण गर्दै विकासको बाटोमा अघि बढनुपर्छ, हामीलाई आधुनिक नेपाल चाहिएको छ, गौरवपूर्ण इतिहास झल्कने नेपालको विकास गर्नुपर्छ ।”

पुरातत्वलाई ध्यानमा राखेर नयाँ निर्माण गर्नुपर्ने बताउँदै उहाँले काठमाडौँमा जताबाट हेरेपनि देखिने धरहरा दुइ वर्षभित्र बन्ने विश्वास दिलाउनुभयो । सरकार सुशासन र विकासको नयाँ यात्रामा अघि बढिरहेको बताउँदै प्रधामन्त्री ओलीले भन्नुभयो, “विकासलाई अघि बढाउने संकल्प गरेका छौँ, सरकारलाई अलोकप्रिय बनाउने कोसिस भइरहेको छ, तर देशको हित र स्वाभिमानको पक्षमा उभिने अठोटका साथ अघि बढेकाले कसैले केही विगार्न सक्दैन ।”

काठमाडाै विमानस्थललाई विश्वकै बुटीक विमानस्थलका रुपमा विकास गर्न आफूले चाहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “बुटीक एयरपोर्ट भनेको आफ्नो परम्परा, कला, संस्कृति र भेषभूषा जस्तै हो, विमानस्थमा ओर्लनास नेपाली धुन सुन्न, नेपालमा उत्पादन भएको अर्गानीक चिया पिउन पाएमा यहाँको सभ्यता, संस्कृति, भेषभूषा र कला देखेर विदेशी खुशी हुन्छन् ।”

काठमाडाै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्रका भेषभूषा, कला र संस्कृतिको जर्गेना गर्न आफूहरु प्रतिबद्ध रहेको जानकारी दिनुभयो । ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मगलकृष्ण सिंहले काठमाडौँ उपत्यकामा रहेको मौलिक परम्परा, चार्ड पर्व, भेषभूषा, कला र संस्कृतिको संरक्षणमा कोषले महत्वपूर्ण विभिन्न कार्य गर्दै आएको जानकारी दिनुभयो ।

समारोहमा प्रधानमन्त्री ओलीले ज्यापु दिवसका अवसरमा प्रकाशित स्मारिका विमोचन गर्नुका साथै ज्यापु कला र संस्कृति प्रवद्र्धनमा योगदान पुर्याउने विभिन्न क्षेत्रमा महानुभावलाई सम्मान गर्नुभयो ।

यसअघि पन्ध्रौ राष्ट्रिय ज्यापु दिसवका अवसरमा ज्यापु समाजसँग सम्बन्धीत विभिन्न सङ्घ संस्थाको अगुवाइमा काठमाडौँ गणेशस्थानबाट शुरु भएको र्याली नरदेवी, असन, भोटाहिटी, नयाँ सडक, पाको हँुदै बसन्तपुरमा पुगेर आमसभामा परिणत भएको थियो ।

र्यालीमा काठमाडौँ उपत्यकामा रहेका ज्यापु समुदायको भेषभूषा, रहन सहन झल्कने विविध संस्कृति प्रस्तुत गरिएको थियो ।

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result