काठमाडौँ, ८ पुस । मनाङ मर्याङ्दी क्लब राजधानीमा जारी शहीद स्मारक ए डीभिजन लिगकाे उपाधि नजिक पुगेकाे छ । अाईतवार ललितपुरकाे सातदाेवाटाे स्थित एन्फा मैदानमा नेपाल पुलिस क्बललाई एक शुन्यले हराए पछि मनाङ अब लगभग लिग च्याम्पियन भएकाे हाे ।
दश खेलमा मनाङकाे ३० अंक पुगेकाे छ । समान खेलमा २५ अंक सहित संकटा दाेस्राे स्थानमा छ । मनाङ र संकटाकाे खेल हुन बाँकी छ । यी दुइ टिमले पुस १२ गते विहिवार खेल्ने छन्र । मनाङले लिगमा अाफ्नाे अन्तिम खेल पुस १७ गते हिमालयन शेर्पा क्लब सँग खेल्ने छ ।
पुलिसलाई हराउने क्रममा आडेलाजा सोमिडेकाे गाेल निर्णायक बन्याे । उनले ५३औँ मिनेटमा हेमन गुरुङको पासलाई सदुपयोग गरेका थिए ।
दिनकाे दाेस्राे खेलमा सशस्र प्रहरी बलले त्रीभुवन अार्मी क्लबलाई एकका बिरूद्द दुई गाेलले हरायाे । सशस्रका लागि दुबै गाेल अाशिस लामाले गरे । अार्मीकाे गाेल नवयुग श्रेष्ठकाे नाममा रह्याे । जित सँगै सशस्त्रले अंक तालिकामा पुलिसलाइ पछि पार्दै १६ अंक सहित पाँचाै स्थानमा उक्लिएकाे छ । अार्मी १८ अंक सहित चाैथाे स्थानमा यथावत छ । पुलिस १५ अंक सहित छैटाै स्थानमा छ ।








प्रतिक्रिया लेख्नुहोस्:-