धनगढी पुस ९ । फारवेष्ट पशुपति कप फुटबल अन्तर्गत साेमवारकाे खेलमा नवदुर्गा युवा क्लब, मनकामना युवा क्लब र गौरीगंगा–११ स्पोर्टस क्लब विजयी भएका छन् ।
धनगढी रंगशालामा भएकाे दिनकाे पहिलाे खेलमा नवदुर्गाले घोडाघोडी युवा क्लब सुख्खड १–० ले हरायो । नवदुर्गाका लागि दिपक नेपालीले २३ औं मिनेटमा गरेकाे गाेल नै खेलमा जितका लागि निर्णायक बन्याे ।
अर्काे खेलमा मनकामना युवा क्लब जुगेडाले वनदेशी युवा क्लव तेघरीलाइ ३–१ हरायो । मनकामनाका लागि तिर्थ भण्डारी , विष्णु चौधरीले मनिष बाेहाेराले एक एक गाेल गरे । वनदेवीका लागि एक मात्र गाेल धर्म भट्टकाे नाममा रह्लयाे ।
दिनकाे अन्तिम खेलमा गौरीगंगाले सुदुरपश्चिमाञ्चल फुटबल एकेडेमीलाई १–० गाेल अन्तरले हरायाे । गौरीगंगलाई जिताउन कार्लोस बखरियाले ८ औं मिनेटमा गरेकाे गाेल निर्णायक बन्याे ।








प्रतिक्रिया लेख्नुहोस्:-