Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

सिरियाबाट अमेरिकी सैनिक फिर्ती आदेशमा हस्ताक्षर

पुस ९, २०७५ १:०२ मा प्रकाशित
Share on FacebookShare on Twitter

वासिङटन, ९ पुस । – सिरियाबाट अमेरिकी फौज फिर्ता गर्ने आदेशमा हस्ताक्षर भइसकेको अमेरिकी सैनिक अधिकारीहरुले बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र टर्कीका राष्ट्रपति रिसेप तयिप एर्डोगानबीच सैनिक रिक्तता हुन नदिने सहमति भएसँगै उक्त आदेशमा हस्ताक्षर भएको हो ।

गृहयुद्धबाट तहसनहस भएको सिरियाबाट एकाएक अमेरिकी फौज फिर्ता लैजाने अमेरिकी राष्ट्रपतिको घोषणाले विश्वभर अमेरिकी साझेदार मुलुकहरु र अमेरिकी राजनीतिक नेताहरुलाई नै अचम्भित बनाएको थियो । सिरियामा सङ्घर्षरत इस्लामिक स्टेट (आइएस) का लडाकू विरुद्धको कारबाहीमा बहुराष्ट्रिय सेनासँगै करिब २ हजार अमेरिकी सेना सिरियामा तैनाथ छ ।

अमेरिकी सैनिक फिर्तीको आदेशको विस्तृत विवरण भने दिइएको छैन ।

टर्कीले सिरियाबाट अमेरिकी फौज फिर्ता हुने विषयलाई स्वागत गरेको छ । यहाँ विचारणीय पक्ष के छ भने आइएस विरुद्ध अमेरिकी सेनालाई सघाएका कुर्दिस लडाकूमाथि कारबाही गर्न टर्कीलाई छुट प्राप्त हुनेछ । कुर्दिस लडाकूलाई अमेरिकीले मित्रशक्ति माने पनि टर्कीले आतङ्ककारीको रुपमा लिने गर्दछ ।

टर्कीको राष्ट्रपतिको कार्यालयले सार्वजनिक गरेको वक्तव्यमा दुबै राष्ट्रपतिबीच भएको टेलिफोन वार्तामा पनि दुबै मुलुकले सैनिक, कुटनीतिक तथा शक्तिको रिक्ततालाई हटाउन समन्वयात्यक रुपमा कार्य गर्न सहमति भएको उल्लेख छ । उक्त वक्तव्य आउनुअघि अमेरिकी राष्ट्रपति ट्रम्पले समेत ट्वीट गरी दुबै देशले आगामी दिनमा गर्नुपर्ने सहकार्यका बारेमा रचनात्मक छलफल भएको बताउनुभएको थियो ।

कुर्दिस मामिला सम्बन्धी विश्लेषक मुट्लु सिभिरोग्लुले यो सम्झौतापछि कुर्दिसमाथि हमला गर्न टर्कीलाई बाटो खुलेको बताउँदै फेरि रक्तपातपूर्ण युद्ध शुरु हुनसक्ने औंल्याउनुभयो ।

फ्रान्सेली राष्ट्रपति इमानुएल माँक्रोले ट्रम्पको निर्णयबाट आफू दुःखी भएको बताउनुभयो ।

(रासस/एएफपी)

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result