Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

खाडी मुलुकमा कार्यरत घरेलु कामदारको पुनः स्वीकृति प्रदान गर्ने सम्बन्धमा अवधारणा पेश गर्न सरकारलाई समितिकाे निर्देशन 

पुस ९, २०७५ १:२२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ पुस  : सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज सिहंदरबारमा बसेको बैठकले खाडी मुलुकमा कार्यरत घरेलु कामदारको पुनः स्वीकृति प्रदान गर्ने सम्बन्धमा सरकारलाई अवधारणसहित पेश हुन निर्देशन दिएको छ ।

यसअघिको समितिले २०७३ साल चैत २० गते घरेलु कामदारका रुपमा वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारलाई रोक लगाउन सरकारलाई निर्देशन दिएको थियो । समितिको आजको बैठकमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले खाडी मुलुकमा कार्यरत घरेलु कामदारको अवस्थाको अवधारणासहित पेश भएपछि समितिले विभिन्न निकायसँग छलफल गरी आगामी बाटो तय गर्ने जानकारी दिनुभयो ।

सरकारका तर्फबाट मन्त्री गोकर्ण विष्टले विगतका सरकारको बेथितिको विरासत वर्तमान सरकाले लिन नसक्ने बताउँदै हाल देखिएको समस्या निराकरणको बाटो खोलिदिन समितिलाई आग्रह गर्नुभएको थियो । उहाँले सरकारको अतिरिक्त भनाइ नरहेको र घरेलु कामदारको समस्यालाई समाधान गर्न समितिले तत्काल गाँठो फुकाउनुपर्ने जानकारी दिनुभयो ।

यसअघि मन्त्रालयले समितिलाई घरेलु कामदारको समस्याको गाँठो वैधानिक रुपमा फुकाइदिन आग्रह गरेअनुसार समितिले आज सो बैठक डाकेको हो । घरेलु कामदारलाई खाडी मुलुक जान रोक लागेपछि कतिपय कामदार रोजगारदाताले बिदा दिए पनि स्वदेश फर्कन नपनाउने र स्वदेश फर्केका अवस्थामा आफ्नो काममा फर्कन नपाउने अवस्थाको सिर्जना भएको छ ।

हाल विश्वका १७२ देशमा झण्डै एक लाखभन्दा बढी मानिस घरेलु कामदारका रुपमा छन् । सबैभन्दा धेरै मलेसियामा छ हजारको सङ्ख्यामा छन् । सरकारले समितिको निर्देशनलाई दुई वर्षदेखि पालना गर्दै आएको छ । नेपाल सरकारले वैधानिक बाटोबाट घरेलु कामदारलाई वैदेशिक रोजगारमा नपठाए पनि अवैधानिक बाटोबाट घरेलु कामदारका रुपमा जाने नेपालीको सङ्ख्या भने घटेको छैन ।

वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विदेशमा मृत्यु तथा अङ्गभङ्ग हुने तथा अन्य असुविधा भोगेका विभिन्न प्रकृतिका कामदारलाई नगद सुविधा उपलब्ध गराउँदै आएको छ । हालसम्म मृत्यु भएका ६३०, अङ्गभङ्ग भएका २६० र क्यान्सर पीडित ३३ व्यक्तिलाई सो प्रकृतिको सुविधा उपलब्ध गराइएको मन्त्रालयका सचिव महेशप्रसाद दाहालले जानकारी दिनुभयो ।

बैठकमा भाग लिँदै समितिका सदस्य एलपी सावालिम्बू, गोपालबहादुर बम, प्रकाश रसाइली, प्रमोदकुमारी यादव, सरिता न्यौपानेलगायतले स्वदेशमा रोजगारीको अवस्था दयनीय भएका कारण प्रक्रिया पु¥याएर घरेलु कामदारलाई वैदेशिक रोजगारमा पठाउनु उपयुक्त हुने धारण राख्नुभएको थियो ।
(रासस)

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result