Tuesday, June 16, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

अपराध नियन्त्रणमा उल्लेख्य काम गरेकाे महानिरीक्षक खनालकाे दावी 

पुस ९, २०७५ २:०१ मा प्रकाशित
अपराध नियन्त्रणमा उल्लेख्य काम गरेकाे महानिरीक्षक खनालकाे दावी 
Share on FacebookShare on Twitter

काठमाडौँ, ९ पुस  । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले मुलुकको शान्ति सुरक्षा र अपराध नियन्त्रणमा उल्लेख्य काम गरेको बताउनुभएको छ ।

महानिरीक्षक खनालले आज प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गरी शान्ति सुरक्षा, अपराध अनुसन्धान, प्रशासनिक गतिविधि, तालीम, आर्थिक नियमितता, भौतिक पूर्वाधार, अन्तर्राष्ट्रिय सम्बन्ध र समुदाय–प्रहरी साझेदारीको क्षेत्रमा महत्वपूर्ण काम गरेको बताउनुभएको हो ।

उहाँले प्रहरीले भर्खरै ल्याएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममा ७४५ स्थानीय तहसँग समझदारी गर्नुका साथै छ हजार २१ वटा विभिन्न किमिसका समिति गठन गरेको जानकारी दिनुभयो । “प्रहरीले समुदायसँग मिलेर काम गर्ने उद्देश्यले अगाडि ल्याइएको कार्यक्रमबाट विभिन्न फरार अपराधीसमेत कारवाहीमा परेका छन्”, उहाँले भन्नुभयो ।

प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम लागू गरेपछि २० नाल अवैध हातहतियार, १५ राउण्ड गोली, ७३२ फरार अपराधी पक्राउ, २२५ किलोग्राम गाँजा बरामद, ठूलो मात्रामा घरेलु मदिरासमेत बरामद गरेको छ ।

उहाँले बिमस्टेक सम्मेलन, एशिया प्यासिफिक सम्मेलन लगायतका ठूला सम्मेलनमा शान्ति सुरक्षाको राम्रो व्यवस्था मिलाइएको बताउनुभयो । आठ महीनामा ४३ किलोग्राम सुन बरामद, विभिन्न घटनामा एक हजार ८२६ जनालाई मुद्दा दर्ता, १५२ नाल हतियार, २८३ राउण्ड गोली बरामदसमेत गरेको बताउनुभयो ।

प्रहरीले अपराध गरेर विदेशमा फरार रहेकालाई १४ वटा रेड नोटिस र १६ वटा डिफ्युजन नोटिस जारी गरी पाँच जनालाई पक्राउ गरेको छ । महानिरीक्षक खनालले मुलुकी अपराध र फौजदारी कार्यविधि संहिता ऐनलाई कार्यान्वयनमा नेपाल प्रहरी लागिरहेको स्पष्ट पार्नुभयो । सङ्घीय प्रहरी ऐन मस्यौदाको लागि प्रहरीको तर्फबाट राय समेत पेश गरिएको महानिरीक्षक खनालले जानकारी दिनुभयो ।

प्रहरीले पुराना सवारी साधन लिलाम तथा नयाँ खरीद प्रक्रियालाई अगाडि बढाएको छ । प्रहरी कारवाहीलाई प्रभावकारी तथा मानव अधिकारमैत्री बनाउन सातवटा ‘वाटर क्यानन’ खरीद कार्यलाई अगाडि बढाउनुका साथै मोटरसाइकल तथा सवारी साधन खरीद गरेको छ ।

सातै प्रदेशमा प्रदेश कार्यालय तथा तालीम केन्द्र स्थापनाका लागि सबै प्रदेशमा जग्गासमेत प्राप्त भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सरकारको बजेटबाट १७, डिएफआइडी परियोजनाबाट २० र एडीवीको सहयोगमा ८ जिल्लामा नयाँ भवन निर्माण भएको प्रहरीले जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घ शान्ति स्थापना मिसन कार्यालयमा महिला कर्मचारी सहभागी सङ्ख्या २० प्रतिशत पु¥याउने प्रतिबद्धतासमेत भएको महानिरीक्षक खनालले बताउनुभयो । केही महिना पहिला बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको हत्यारालाई खोज्न प्रहरी इमान्दार प्रयासका साथ लागिरहेको उहाँले बताउनुभयो । “हामीले घटनालाई विभिन्न पाटोबाट अध्ययन गरिरहेका छौँ, कानूनले कसैलाई ठूलो र सानो भन्दैन, एकदिन अपराधी पत्ता लागेरै छाड्छ”,महानिरीक्षक खनालले भन्नुभयो ।

रासस
–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result