काठमाडौं पुस ११ : नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्। झाले बुधबार सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाएका हुन्।
२०६९ मा प्राधिकरण अध्यक्ष नियुक्त भएका झाको कार्यकाल शेरबहादुर देउवा नेतृत्वको सरकारले थपेको थियो । वर्तमान सरकारले शुरूमा झालाइ पदमुक्त गरेकाे थियाे । सरकारकाे निर्णयलाइ चुनाैती दिदै अदालत गएका झाले पछि मुद्दा फिर्ला लिएका थिए । शुरूमा काम गर्न नसकेकाे भनेर हटाइएका झालाइ केपी ओली सरकारले पुन नियुक्ति दिएकाे थियाे ।
राजधानीमा जारी नेकपाको स्थायी कमिटीको बैठकमा पनि उनको नियुक्तिलाई लिएर व्यापक आलोचना भएपछि झाले बुधवार बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो चरित्रहत्या भएको दाबी गरेका थिए ।
पार्टी भित्रै चर्काे अालाेचना बढे पछि प्रधानमन्री स्वयम नै दवावमा पर्न थालेका थिए ।






प्रतिक्रिया लेख्नुहोस्:-