Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विधेयक छिटो पारित गराउन डा गोविन्द केसी माग

पुस ११, २०७५ ३:०७ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ, ११ पुस  : त्रिभुवन विश्वविद्यालय चिकित्सा अध्ययन संस्थानमा कार्यरत प्राडा गोविन्द केसीले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ सदनबाट शीघ्र पारित गराउन पुनः माग गर्नुभएको छ ।

बुधवार एक विज्ञप्ति प्रकाशित गरी उहाँले सरकारले आफूसित गरेका सम्झौताअनुसार नै विधेयक ल्याउन र पारितसमेत गर्न सबै राजनीतिक दल तथा सरकारसित आग्रह गर्नुभएको छ । प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा सो विधेयक सहमतिको अन्तिम प्रयासमा रहेको छ । सरकार र प्राडा केसीका बीच पछिल्लो पटक भएका सहमतिअनुसार विधेयकमाथि २३ बुँदामा संशोधन परेको छ ।

समितिमा विशेषगरी त्रिविवि र काठमाडौँ विश्वविद्यालयले चिकित्सा अध्ययनका लागि सम्बन्धन दिएका पाँच वटाभन्दा वढी मेडिकल कलेजका सम्बन्धमा के गर्ने र सिटिइभिटीले सञ्चालन गरेका स्वास्थ्यसित सम्बन्धित प्रमाणपत्र तहका पठनपाठनलाई कसरी व्यवस्थित गर्ने विषयमा सहमति हुन बाँकी रहेको बताइएको छ ।

सरकारले आजदेखि शुरु सदनको हिँउदे अधिवेशनबाट सो विधेयक पारित गराउने तयारीलाई तीव्र गति दिएको छ । यसैबीच स्वास्थ्य क्षेत्रका विभिन्न नौवटा सङ्घ÷सङ्गठनले कर्मचारी समायोजन अध्यादेश २०७५ मा विभिन्न संशोधनको माग राखेको छ । ती सङ्घ÷सङ्गठनद्वारा जारी विज्ञप्तिका अनुसार प्रदेश÷स्थानीय तहमा समावेश हुने चिकित्सकको सेवासुविधा, सुरक्षा, सरुवा, बढुवा तथा अन्य वृत्तिविकासको स्पष्ट खाकासहितको प्रादेशिक र स्थानीय निजामती सेवा ऐन ल्याएर मात्र समायोजन प्रक्रिया अगाडि बढाउन माग गरिएको छ ।

समायोजन गर्दा चिकित्सकलाई स्वतः कम्तीमा एक तह स्तरवृद्धि गर्न, समायोजनलाई बाध्यकारीभन्दा स्वेच्छिक बनाउन प्रदेश÷स्थानीय निकायमा समायोजन भए पनि निश्चित तह र अवधि पूरा भएपछि सङ्घमा आउनसक्ने प्रावधान बनाउन माग गरिएको छ ।

यसरी माग गर्नेमा राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ, नेपाल स्वास्थ्यकर्मी सङ्घ, मधेशी स्वास्थ्यकर्मी फोरम, अखिल नेपाल प्रगतिशील स्वास्थ्यकर्मी सङ्गठन, नेपाल स्वास्थ्यकर्मी युनियन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी सङ्गठन, स्वास्थ्यकर्मी युनियन र नेपाल स्वास्थ्य प्राविधिक सङ्घ रहेका छन् ।

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result