काठमाडौँ पुस १३ : राष्ट्रिय टिमका गाेररक्षक किरण चेम्जोङले माल्दिभ्स फुटबलमा उत्कृष्ट गाेलरक्षककाे अवार्ड जितेका छन् । हाल माल्दिभ्सकाे लिग खेल्दै आएका किरणले माल्दिभ्स फुटबल संघ र माल्दिभ्स फुटबल डट कमले प्रदान गरेको अवार्डमा जित्ने क्रममा न्यू रेडियन्टका मोहमेद फैजल र क्लब इगल्सका सुजन परेराकाे चुनाैति पन्छाएका थिए ।
टीसी स्पोर्ट्स क्लबलाई यस सिजन धिवेही प्रिमियर लिगको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका किरणले यसअघि लिगको उत्कृष्ट गोलकिपरको अवार्ड जितेका थिए।
शुक्रवार माल्दिभ्समा भएको माल्दिभ्स फुटबल अवार्डमा उत्कृष्ट चुनिएका किरण भने समारोहमा उपस्थित हुन सकेनन्। उनी हाल नेपालमै छन्। किरणको अनुपस्थितीमा उनको अवार्ड टीसी स्पोर्ट्सका प्रशिक्षक मोहमेद निजामले ग्रहण गरेका थिए। म्यानचेष्टर युनाइटेड तथा डेनमार्कका लिजेण्ड गोलकिपर पिटर सेमिकलले अवार्ड प्रदान गरेका थिए।
उत्कृष्ट गोलकिपर हुँदै दोस्रो पटक अवार्ड जितेपछि किरणले खुशी व्यक्त गर्दै यसमा आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन्।
तस्वीर गाेल नेपाल डटकम








प्रतिक्रिया लेख्नुहोस्:-