Wednesday, August 19, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एनआरएनए अमेरिकाको फिजिकल मिटिङ तयारीमा पाँचवटा समिति

पुस १४, २०७५ ७:४८ मा प्रकाशित
एनआरएनए अमेरिकाको फिजिकल मिटिङ तयारीमा पाँचवटा समिति
Share on FacebookShare on Twitter

अमेरिका २९ डिसेम्बर/
नेतृत्वका आकांक्षिहरु चुनावी तयारीमा लागिसकेका कारण पनि अर्थपूर्ण रूपमा हेरिएको एनआरएनए अमेरिकाको अन्तिम फिजिकल मिटिङको आवश्यक तयारीमा न्यु योर्क च्याप्टर लागि परेको छ । एनआरएन आइसीसीका बोर्ड मेम्वर, एनआरएनए अमेरिकाका कार्यसमिति सदस्यहरू समेतको उपस्थितिमा न्यु योर्क च्याप्टरको बिहीबार साँझ बसेको बैठकले पाँचवटा तयारी समिति गठन गरेको छ ।
एनआरएनए अमेरिका न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीका अनुसार होटेल र यातायात व्यवस्थापन, रजिष्टेशन, फुडवेभरेज, इभेन्ट म्यानेजमेन्ट र आर्थिक सहयोग सङ्कलन समिति बनाइएको छ । कार्यसमिति र २१ वटा च्याप्टरका पदाधिकारीहरू, पूर्व अध्यक्ष, कार्यसमितिका सदस्य र सल्लाहाकारहरुको उपस्थितिमा हुने कार्यक्रममा करिब २ सय जना सहभागी हुने अनुमान गरिएको छ ।
एनआरएन अमेरिकाका महासचिव बी आर लामाले दूरबिन नेपालसँग कुरा गर्दै भने  “पहिलो चरणमा च्याप्टरहरूको प्रगति विवरण पेस गर्नु हुने छ । दोस्रो चरणमा एनआरएनए अमेरिका कार्यसमितिको फिजिकल मिटिङ हुन्छ । तेस्रो चरणमा गाला डिनरसँगै मेम्वरसिप ड्राइभ गर्छौ ।”  न्यु योर्क ज्याक्सन हाइटमा रहेको पार्टी हल वेलाजिनोमा जनवरी १२ तारिख एनआरएनए अमेरिका कार्यसमितिको फिजिकल मिटिङ तय भएको छ ।
आगामी चुनावमा नेतृत्वको इच्छा गरिरहेका र कार्यसमितिमा आउन तयारीमा रहेकाहरूले साइड लाइन बैठक, भावी रणनीति, समूह निर्माण र शक्ति सन्तुलनका लागि समेत फिजिकल मिटिङ अगाडि पछाडिको समयलाई उपयोग गर्नेछन् ।
फिजिकल मिटिङको तयारीका लागि भएको बैठकमा डिआरसी नवीन शेरचन, आइसीसी मेम्वर विष्णुमान प्रधान, वन्दना कोइराला, आङनिमा शेर्पा, एनआरएनए अमेरिकाका महासचिव बी आर लामा, सह कोषाध्यक्ष पवन योञ्जन सहभागी भएका थिए । न्यु योर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारीको अध्यक्षतामा भएको बैठकमा , उपाध्यक्ष विष्णु रानामगर, सचिव महेश खड्का, कोषाध्यक्ष इन्दिरा घर्ती, महिला संयोजक कञ्चन केसी लगायत कार्यसमितिका अधिकांशको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

महासचिवमा नारायण  खनालको उम्मेदवारी
Breaking News

महासचिवमा नारायण खनालको उम्मेदवारी

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !
Breaking News

जनसम्पर्क समितिको अधिवेशनमा उम्मेदवारको लर्को !

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न
Breaking News

अमेरिकामा बीपी स्मृति दिवस तथा वृक्षारोपण सम्पन्न

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील
Breaking News

स्यानफ्रान्सिस्कोमा आइतबार नेपाल डे परेड हुँदै, सबैलाई सहभागी हुन अपील

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने
Breaking News

क्यालिफोर्नियामा न्यान्सद्वारा नेपाली क्रिकेट प्रतियोगिता आयोजना हुने

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण
Breaking News

डायस्पोरा नेपालको ‘एसेट’ : कार्यवाहक राजदूत आरण

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result