काठमाडौँ : राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा साेमवार अंक तालिकाकाे पुछारमा रहेका दुइ क्बल न्यूराेड टिम एनआरटी र मच्छिन्द्र क्बलका लागि घम्साघम्सी नै रह्याे ।
लिग सकिनै लाग्दा दाेस्राे जीतकाे खाेजीमा रहेका एनआरटी र मच्छिन्द्रले ५-५ गाेलकाे बराबरी खेले । ललितपुरकाे सातदाेवाटाे स्थित एन्फा कम्प्लेक्स मैदानमा चाैथाे मिनेटमा भासडिया डाइमण्डे मार्फत गाेलकाे खाता खाेलेकाे मच्छिन्द्रले पहिलाे हाफमा लिएकाे ४-१ काे अग्रता जाेगाउन सकेन । मछिन्द्रका लागि विशाल राईले दुई तथा खमिर गिल्सन कन्दङ्वा र अनिल गुरुङ एक-एक गोल गरे।
एनआरटीका अशोक थापाले दुई तथा सुनील लामा र डिडियर स्माइलले एक-एक गोल गरे। मछिन्द्रका साइद गेङ्गाले एक आत्मघाती गोल गरे।
एन्फा कम्प्लेक्स मैदानमा भएकाे दिनकाे अर्काे खेलमा ब्रिगेड ब्वाइजले फ्रेण्ड्स क्लबलाई ३-० ले हरायाे । ब्रिगेडका लागि कजिम एडेगोके बोसरीले दुई तथा अब्दु करिम एनसिहले एक गोल गरे।
यस्तै लिगकाे अर्काे खेलमा त्रिभुवन आर्मी जाउलाखेल युथ क्बल सँग गाेल रहित बराबरीमा राेकियाे । हलचोकस्थित सशस्त्रकाे मैदानमा बेहाेरेकाे याे बराबरीले आर्मीलाइ अब तेस्राे स्थान पनि मुस्किल बनेकाे छ । १२ खेलमा आर्मी काे २२ अंक भएकाे छ । दाेस्राे स्थानमा रहेकाे संकटा २५ र थ्रीस्टर २३ अंकमा छन । थ्रीस्टार र संकटाले आर्मी भन्दा एक खेल कम खेलेका छन् । अन्तिम दुइ खेल अगाडि नै मनाङ मर्याङ्दीले उपाधि जिति सकेकाे छ ।







प्रतिक्रिया लेख्नुहोस्:-