धनगढी । तेस्रो नेपाल आईस अन्तराष्ट्रिय आमन्त्रण सुदुरपश्चिम खप्तड गोल्डकप पुस २४ गते देखि हुने भएकाे छ । धनगढीमा विहिवार पत्रकार भेटघाटमा जनाइए अनुसार उद्घाटन खेल धनगढी रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सुप–११ स्पोर्टस क्लब र झापाकाे मेची नेत्रालय काकरभित्ता बीच हुने छ ।
आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमालका अनुसार प्रतियोगितामा १२ टिमले भाग लिने छन् । आयोजक सहित राजधानीका ६ वटा ए डिभिजन क्बल, दुइ विदेशका क्बलले खेल्ने छन् । ए डिभिजन क्लबमा मनाङ मस्याङ्दी, थ्री स्टार, संकटा, च्यासल युथ, नेपाल पुलिस र सशस्त्र प्रहरी बलले भाग लिने छन् । त्यसैगरी गोर्खा ब्वाईज स्पोर्टस रुपन्देही, काकरभित्ता टेनिङ सेन्टर झापा, मोरङ ११ स्पोर्टस क्लबले पनि भाग लिने छन् । विदेश क्लबमा भारतको दिल्ली एफसी र क्यामरुनको धाउफिन्स टीम फ्यामिली क्लब रहेका छन ।
पत्रकार सम्मेलनमा आयोजक सुदुरपश्चिम–११ स्पोर्टस क्लबकाे जर्सी सार्वजनिक गरिएको छ । सुन्तला र निलो रंङगा दुई वटा जर्सी सार्वजनिक गरिएको हो । क्लबको नाम नै नेपाल आईस सुदुरपश्चिम–११ स्पोर्टस क्लब रहने भएको छ ।
दर्शक टिकट क्वाटरफाईनलसम्मको लागि एक सय र एक सय ५० तथा सेमिफाईनल र फाईनलका लागि एक सय ५० र दुई सय रुपैया तोकिएको छ ।
सुदुरपश्चिम खप्तड गोल्डकपको विजेताले नगद २१ लाख र उपविजेताले नगद १० लाख हात पार्नेछ । उत्कृष्ट खेलाडीले मोटरसाईकल, विभिन्न विधाका उत्कृष्ट विधाका खेलाडीले जनही १५÷१५ हजार पाउने आयोजकले जनाएको छ । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ । फाइनल खेल माघ ५ गते हुने छ ।
प्रतियोगिताका लागि विभिन्न उप समिति गठन गरिएकाे छ । प्रायोजक उप समितिको संयोजक वावुराजा श्रेष्ठ, आर्थिक उपसमितीका संयोजक योगेन्द्र चन्द, टीकट उपसमितीका संयोजक धुव्र वराल, मिडिया संयोजक ओम चन्द, कार्यालय तथा सचिवलाय उप समितिका संयोजक देवेन्द्र जोशी र मैदान मर्मत उप समितीका संयोजक चक्र मल्ल, होटेल व्यवस्थापन उपसमितीका संयोजक तेन खड्का पार्किङ व्यवस्थापन उपसमितीका संयोजक खड्ग शाह र व्यानर व्यवस्थापन उपसमितीका संयोजक राजेश श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।









प्रतिक्रिया लेख्नुहोस्:-