काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपा युवा नेता तथा सांसद योगेश भट्टराईले संसदीय समितिबाट बुधवार पारित शिक्षा तथा स्वास्थ्य राष्ट्रिय चिकित्सा शिक्षा विधयेकमा डाक्टर गाेविन्द केसीकाे जित भएकाे दावी गरेका छन् ।
जुम्लाबाट शुरू भएकाे १५ चरणकाे अनसन ताेडाउने क्रममा सरकारले डाक्टर गाेविन्द केसी सँग गरेकाे सम्झाैता भन्दा तीन वुँदामा विधयेक फरक रूपमा पारित भएकाे छ । तर युवा नेता भट्टराईले सम्झौता तोडमोड पारेरर गलत व्याख्या गर्दै डाक्टर केसीलाइ भ्रममा पार्न खाेजिएकाे आरोप लगाए।
उनले सम्झौताकै मर्म र भावनाअनुसार प्रतिवेदन पारित भएको, १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज नखोल्ने , एउटा विश्वविद्यालयले ५ भन्दा बढी मेडिकल कलेजलाई सम्बन्धन नदिने, पूर्वाधार पूरा नगरेकाहरुलाई बन्द गर्न सक्ने प्रावधान समेटिएको बताए ।
भट्टराईले डाक्टर केसीलाइ अनसन स्थगित गर्न पनि आग्रह गरेका छन ।







प्रतिक्रिया लेख्नुहोस्:-