Wednesday, June 17, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

एकता दिवस मनाउनुपर्नेमा जोड

पुस २५, २०७५ १:५२ मा प्रकाशित
Share on FacebookShare on Twitter

काठमाडौँ ।  आधुनिक नेपालको एकीकरणमा पृथ्वीनारायण शाहको नेतृत्व र योगदान महत्वपूर्ण रहेकाले सरकारले पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्नेमा जोड दिइएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)ले २९७औँ पृथ्वी जयन्तीका सन्दर्भमा आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले एकीकरणका लागि गरेको परिकल्पना र सङ्घर्षका कारण विश्व परिवेशमा नेपालीको पहिचान कायम भएको विचार व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा प्रा दिनेशराज पन्तले प्राचीनकालमा विशाल रहेको नेपाल विभिन्न कारणले लिच्छवीकालको अन्त्यतिर ५२ राज्यमा विभाजन भएको उल्लेख गर्दै शाहले नेपाललाई पुनः एकीकरण गरी पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको नेपालीले भोग गर्न पाउने व्यवस्था गरिदिएकाले प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले भारतमा अङ्गे्रजको शासन उदाउँदै गएको अवस्थामा शाहको कुशल नेतृत्वमा छरिएका राज्यलाई एकीकरण गर्नु ठूलो वीरता भएको विचार व्यक्त गर्नुभयो ।

महामन्त्री राजाराम श्रेष्ठले आधुनिक नेपालको निर्माण गरिसकेपछि शाहले अगाडिका राजाहरुले सञ्चालन गरेका पर्व तथा परम्परालाई निरन्तरता दिने कार्यले विभिन्न जाति समुदायकाबीच सांस्कृतिक एकता कायम गर्न सहयोग पुगेको विश्वास व्यक्त गर्नुभयो । पूर्वरथी प्रेमसिंह बस्नेत, डा यादव ढुङ्गाना, पत्रकार देवप्रकाश त्रिपाठी लगायतले पछिल्लो समय शाहको अवमूल्यन गरिएकामा चिन्ता व्यक्त गर्दै उहाँको व्यक्तित्व र योगदानलाई सरकारले भुल्न नहुनेमा जोड दिनुभयो ।

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result