Wednesday, June 24, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

विष्फोटन पदार्थ उत्पादनमा नेपाल आत्मनिर्भर बन्दै

पुस २६, २०७५ ३:३३ मा प्रकाशित
Share on FacebookShare on Twitter

 विष्णु नेपाल

सुनचरी ।  अति संवेदनशील विष्फोटन पदार्थ (इमल्सन) उत्पादनमा नेपाल आत्मनिर्भर हुने भएको छ । विकासका ठूला परियोजनालाई अति आवश्यक पर्ने इमल्सनलाई विशेष गरी ठूला जलविद्युत् आयोजनाका सुरुङ मार्ग तथा हिमाली तथा पहाडी भेगमा अत्यन्त कठिन सडक निर्माणमा चट्टानका भिर फोर्नेलगायतका काममा उपयोग गरिन्छ ।

नेपाली सेना र उद्योग मन्त्रालयको संयुक्त सहकार्यमा मकवानपुरस्थित सुनचरीमा स्थापित नेपालको पहिलो इमल्सन प्लान्टले आफ्नो उत्पादन क्षमतालाई दोब्बर वृद्धि गर्न शुरुआत गरेसँगै इमल्सन उत्पादनमा आत्मनिर्भर हुने ढोका खुला भएको हो ।

नेपाली सेनाद्वारा सञ्चालित यस प्लान्टका प्रमुख अनुरोध आचार्यका अनुसार विसं २०६० मा स्थापना भएको यस प्लान्टले हाल वार्षिक एक हजार २०० मेक्ट्रिकटन विष्फोटक पदार्थ उत्पादन गर्दै आएको छ । यो उत्पादन ‘सिङ्गलबेस प्रोपेलेन्ट प्लान्ट’ बाट मात्र भइरहेको हो ।

प्लान्टको उत्पादन क्षमतामा वृद्धि गर्न ‘डबलबेस प्रोपेलेन्ट प्लान्ट’ स्थापनाको आवश्यक कार्य अगाडि बढेको बताइन्छ । यसबाट विष्फोटन पदार्थको आवश्यक माग पूरा हुने जनाइएको छ ।

अहिले नयाँ प्लान्टका केही उपकरण जडानसमेत यहाँ भइराखेको छ । नयाँ प्लान्टले उत्पादन शुरु गरेसँगै वार्षिक दुई हजार ४०० मेट्रिक टन विष्फोटन पदार्थ उत्पादन हुनेछ । नेपाललाई वार्षिकरुपमा दुई हजार ५०० देखि तीन हजार टन विष्फोटन पदार्थ आवश्यक पर्ने बताइन्छ ।

प्लान्टका प्रमुख आचार्यका अनुसार विष्फोटन पदार्थ विकास निर्माणका लागि अति आवश्यक पदार्थ हो । यसलाई ‘सिभिल एक्सप्लोसिभ’ पनि भनिन्छ । सेनाले आफूले जिम्मा लिएका कठिन सडक निर्माणमा चट्टान फोर्न विष्फोटन पदार्थको पनि सहायता लिँदै आएको छ ।

सेनाले हालसम्म २७ वटा सडक निर्माणका आयोजनामार्फत एक हजार ६६ किलोमिटर सडक निर्माण गरी सरकारलाई हस्तान्तरण गरिसकेको छ । हाल राष्ट्रिय गौरवको काठमाडौँ–तराई मधेश जोड्ने द्रुतमार्गसहित अन्य पाँच आयोजना गरी कूल ५३६ किलोमिटर सडक निर्माण तीव्र गतिमा अगाडि बढाइरहेको छ ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको टनेल निर्माणका क्रममा यही प्लान्टबाट उत्पादन भएको विष्फोटन पदार्थको उपयोग गरिएको थियो । हाल यो आयोजनाको ९३ प्रतिशत काम सम्पन्न भइसकेको बताइन्छ ।

निजी क्षेत्रका निर्माण कम्पनीलाई इमल्सनको आवश्यकता र औचित्य पुष्टि भएपछि रक्षा, गृह मन्त्रालय तथा सेनाको स्वीकृति लिएर मात्र यहाँ उत्पादन भएका इमल्सन दिइने गरिन्छ । निगरानी गर्न सेनाका दक्ष प्राविधिक आफँै परिचालन हुने गर्दछन् । प्लान्टमा हाल ३० जना दक्ष प्राविधिक कार्यरत रहेका छन् ।

यसरी बन्छ इमल्सन 

अति सुन्दर जङ्गलभित्र प्लान्ट रहेको छ । आल्मोनियम र सोडियम नाइट्रेटको समिश्रणबाट विष्फोटक पदार्थ बनाइने गरिन्छ । प्रमुख आचार्यका अनुसार इमल्सनको निर्माण गर्ने प्रक्रिया ‘वाटर मिक्स’ र ‘वोइल मिक्स’ गरी दुई तहमा हुने गर्दछ ।

पहिलो तहमा आल्मोनियम र सोडियम नाइट्रेटलाई पानीमा घोलिन्छ । दोस्रो तहमा ‘वाक्स भ्यास्लिन’ लगायतका वस्तुको सम्मिश्रण हुन्छ, त्यसपछि ‘सेन्सोडाइज’ गरेर ‘सेमी लिक्विड’ बनाइन्छ । सेमी लिक्विडलाई प्याकेजिङ गरिन्छ । यो नै विष्फोटक पदार्थ हो ।

हाइड्रोलिकमा राखेर यसलाई प्याकिङ गर्ने गरिन्छ । एउटा बक्समा २५ किलो विष्फोटक पदार्थ राखिन्छ । त्यसमा १९० विष्फोटक पदार्थ हुन्छ । ड्रिल गरेर डेटोरनेटरसँग राखेपछि मात्रै विष्फोटक पदार्थ विस्फोट हुने गर्दछ ।

हाल प्लान्टमा २५ एमएम र ३२ एमएमका गरी दुई किसिमको इमल्सन विष्फोटक पदार्थ उत्पादन हुँदै आएको छ । यसको क्षमताको आधारमा वर्गीकरण गरिएको बताइन्छ । इमल्सनका लागि आवश्यक कच्चा पदार्थ विदेशबाट आयत हुने गर्दछ । यहाँ कार्यरत प्राविधिकको स्वास्थ्य जोखिम आउन नदिन आवश्यक सबै विधि पूरा गरेको नेपाली सेनाले जनाएको छ ।

रासस

सम्बन्धित समाचार

बे एरियामा दुईदिने ध्यान साधना हुदै
Breaking News

बे एरियामा दुईदिने ध्यान साधना हुदै

अमेरिकामा  नेपाली फिजिसिस्टसहरुको सम्मेलन संपन्न
अमेरिका समाचार

अमेरिकामा नेपाली फिजिसिस्टसहरुको सम्मेलन संपन्न

कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने
Breaking News

कोरोना भाइरस कहरः न्युयोर्क लगायतका विद्यालय जुनसुकै बेला बन्द हुन सक्ने

कस्तो छ त कोरोना भइरस संक्रमणको तथ्याङ्क ?
Breaking News

कस्तो छ त कोरोना भइरस संक्रमणको तथ्याङ्क ?

ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी
बिज्ञान प्रबिधि

ध्वनिभन्दा २० गुणा छिटो उड्ने क्षेप्यास्त्र जडान गरेको रूसको दावी

न्यूजील्यान्डमा हलुका प्लास्टिक ब्याग प्रतिबन्धित
Breaking News

ई–चुरोटले मस्तिष्कको तन्तुलाई नष्ट गर्छ :अध्ययन

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result