Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

यूरोपका विमानस्थल तथा भन्सारमा सुरक्षा बढाइँदै

माघ ३, २०७५ २:४१ मा प्रकाशित
Share on FacebookShare on Twitter

पेरिस, फ्रान्स ।  बेलायती संसद प्रधानमन्त्री मे ले यूरोपेली नेताहरूसँग गरेको सहमतिको पक्षमा नदेखिएपछि आउनसक्ने असुरक्षाको अवस्थालाई मध्यनजर गर्दै यूरोपेली मुलुकहरूले विमानस्थल, भन्सार कार्यालय तथा व्यापारिक क्षेत्रमा सुरक्षा अवस्था मजबुत पार्न थालिएको छ ।

यसै कार्यक्रम अन्तर्गत फ्रान्सले विमानस्थल तथा यूरोटनेलको सुरक्षार्थ करिब पाँच करोड ७० लाख अमेरिकी डलर बराबर लगानी गरी व्यापार सुरक्षा सतर्कता बढाएको छ । फ्रान्सले यस प्रयोजनका लागि सयौँ थप भन्सार अधिकारीहरूलाई बेलायत र फ्रान्सको आवत जावत हुने स्थालहरूमा तैनाद गरेको बताएको छ ।

बेलायतले पूर्व निर्धारित समयमै इयूबाट बहिर्गमन हुनसक्ने तर यसका लागि यूरोपेली नेताहरूसँग बेलायती प्रधानमन्त्री टरिजा मेले गरेको सहमतिमा संसदमा समर्थन नजुटेपछि यूरोपेली मुलुकहरूले आफ्नो तयारी थालेका हुन् ।

जर्मनीले पनि सम्झौताविहिन अवस्थामा बेलायतको इयूबाट हुने बहिर्गमनलाई ध्यानमा राख्दै द्रूत गतिमा कर्मचारीतन्त्रमा देखापर्नसक्ने समस्याबारे बहस अघि बढाएको छ ।

बहिर्गमनपछि बेलायतले इयू आप्रबासन अधिकारलाई त्याग्ने अवस्था आएपनि बेलायती नागरिकलाई अस्थायी रूपमा नेदरल्याण्ड रहनसक्ने विशेष निर्णय लिने बताएको छ ।

ब्रेक्जिटपछि के हुनेछ भन्ने कतिपय मुद्दाहरू अनिर्णित रहेका अवस्थामा बाँकि यूरोप पनि आफ्नै रूपमा तरङ्गित बनेको छ । कतिपय मुलुकहरूले बे्रक्जिटपछिको अवस्थालाई आँकलन गरिहाल्न सकिरहेका छैनन् ।

बेलायत, जसले सबैभन्दा धेरै समस्याहरूको सामना गर्नुपर्ने अवस्था आएको छ, ले ब्रेक्जिटपछिको अवस्थालाई मध्यनजर गर्दै हजारौँ कर्मचारी तथा तिनीहरूको खर्चका लागि अर्बौँ डलर बराबरको लगानी गर्दै बहिर्गमनपछिको अवस्थालाई कावुमा राख्ने प्रयास गरिरहेको छ । यद्यपि अधिकारीहरूले मार्च ३० मा अर्थात् मार्च २९ मा सम्झौताविहीन अवस्थामा इयूबाट हुने बहिर्गमनपछि के हुनेछ मात्रै अनुमान लगाउन सकिने बताएका छन् ।
प्रधानमन्त्री मे ले गरेको बहिर्गमन सम्झौतालाई बेलायती संसदमा ठूलो मतान्तरले अस्वीकार गरेपछि यूरोपेली सरकारहरूले समस्यासँग जुध्न तयारी थालेका छन् ।

“हामीलाई पूर्ण विश्वास भैसकेको छ कि बेलायतले सम्झौताविहिन अवस्थामा नै इयूबाट विदा हुनेछ,” फ्रान्सका प्रधानमन्त्री एडोआर्ड फिलिप्पेले बिहीबार भन्नुभयो । उहाँले उक्त अवस्थामा लिइने आकस्मिक उपायलाई सार्वजनिक गर्दै भन्नुभयो, “आकस्मिक अवस्थामा फ्रान्सले आफ्ना जनताको हितलाई संरक्षण गर्न र अघि बढ्न तयार रहेको प्रत्याभुत गराउने छौँ, र नागरिकको सुरक्षका लागि काम गर्ने छौ ।”

उहाँले भन्नुभयो, “फ्रान्सले विमानस्थल, भन्सार तथा यूरोटनेल (बेलायतसँगको मार्गहरू)को सुरक्षार्थ करिब पाँच करोड ७० लाख अमेरिकी डलर बराबर लगानी गरी व्यापार सुरक्षा सतर्कता बढाएको छ ।”

“सुरक्षा प्रयोजनका लागि सयौँ थप भन्सार अधिकारीहरूलाई बेलायत र फ्रान्सको आवत जावत हुने स्थालहरूमा तैनाद गरेको छ ।”

“सम्झौताविहिन अवस्थामा हुने बहिर्गमनपछि करिब एक चौथाइ बेलायत–इयू व्यापार गतिविधि हुने हुँदा यसको निगरानी तथा सुरक्षार्थ विशेष सतर्कता अपनाइनेछ,” यूरोटनेल सञ्चालक कम्पनीले बताएको छ ।

बर्लिनमा जर्मन सांसदहरूले बे्रक्जिटबारे उठेका प्रश्नहरूलाई बिहीबार संसदमा प्रस्तुत विधेयकले सम्बोधन गर्ने बताइएको छ । उक्त विललाई द्रूतमार्गबाट ल्याइएको छ ।

जर्मन चान्सलर एन्जेला मर्केलले भन्नुभयो, “हामीले बेलायतको बहिर्गमनपछि आउने सङ्कटलाई नियन्त्रणमा सकेसम्म कम गर्नेमा सोचिरहेका छौँ ।” त्यसैले व्यवस्थित समाधानका लागि सबै बाटालाई प्रयोग गर्नेछौँ ।

 (रासस÷एपी)
—

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो
ट्रेन्डिंग न्यूज्

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result