Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बेलायतका राजकुमार फिलिप गाडी दुर्घटनामा, सकुशल उद्धार

माघ ४, २०७५ २:५४ मा प्रकाशित
Share on FacebookShare on Twitter

लण्डन, बेलायत, ।  उमेरले झण्डै सय बर्षको हाराहारीमा पुग्नुभएका राजकूमार फिलिपले ९७ वर्षको उमेरमा पनि आफैँ गाडी हाँक्ने गरिरहेको बताउँदा अचम्म लाग्न सक्छ तर उहाँले अझै पनि गाडी चलाउनु हुन्छ । ब्रिटेनकी महारानी एलिजाबेथका पति एवम् ड्युक अफ एडिन्बरा राजकुमार फिलिप अहिले ९७ वर्षको हुनुभयो । उहाँले गाडी हाँक्न छोड्नु भएको छैन ।

तर बिहीवार उहाँले चलाइरहेको ल्यान्ड रोभर गाडी क्वीन्स सान्द्रिङ्घम एस्टेटनजिकै दुर्घटना भएको बकिङ्घम दरबारले जनाएको छ ।  दुर्घटनामा उहाँलाई कुनै चोटपटक लागेन । तर घटनापछि उहाँ निकै आत्तिएको भने बताइएको छ ।   स्थानीय समय दिउँसो तीन बजेतिर ल्यान्ड रोभरलाई ड्राइभ्वे बाट निकाल्दै ए १४९ मार्गमा लैजाने क्रममा उक्त दुर्घटना भएको थियो । अकस्मात उहाँको जीप अर्को किया कारसँग ठोकिन पुग्यो ।

घटनामा कारमा रहेका दुई महिलालाई सामान्य चोट लागेको तर उनीहरूलाई तत्काल अस्पतालमा उपचारपछि घर पठाइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार ठोक्किएपछि राजकुमारको गाडी पल्टिएपछि केही मानिसले उहाँलाई कारबाट निकाले ।  “कारबाट उद्धार गर्दा राजकुमारले होस गुमाउनुभएको थिएन तर निकै त्रसित अवस्थामा हुनुहुन्थ्यो, ”प्रत्यक्ष्यदर्शीले बताए ।

स्थानीय प्रहरीका अनुसार प्रचलित नीतिअनुसार दुर्घटनापछि दुवै गाडीका चालकले मादक पदार्थ सेवन गरेको वा नगरेको परीक्षण गरिएको थियो । तर परीक्षणमा कसैले पनि मादक पदार्थ सेवन गरेका थिएनन् । आफैँ गाडी नहाँक्न दिइएका सुझाव उहाँले पटक्कै स्वीकार्नुभएको थिएन । तर यो घटनाले उहाँलाई झस्काएको हुनुपर्छ ।

राजकुमार फिलिपले सन् २०१७ को अगस्ट महिनामा सार्वजनिक जीवनबाट अवकाश लिनुभएको थियो । दुर्घटनापछि सामाजिक सञ्जालमा विश्वभरबाट वयोवृद्ध व्यक्तिले गाडी नचलाउनु नै राम्रो हुने सुझाबसहित आफ्ना विचारहरू व्यक्त गरेका छन् । तर उक्त विचारसहित कम उमेरका व्यक्तिलाई गाडी चलाउँन दिने कुरालाई गलत नै भनिएको छ ।

ब्ब् मोटरिङ एसोसियसनका अध्यक्ष एडमण्ड किङले भन्नुभयो, “नयाँ चालकका कारण सडक दुर्घटना बढी हुने गरेका छन् ।”  “यदि सवारी चालकको उमेरलाई लक्षित गरी नयाँ कानून बनाइन्छ भने पहिले बुढो चालकलाईभन्दा कम उमेर (नयाँ चालक) माथि कडाई गरिनुपर्छ ।”
“पाका चालकले सडकको अवस्था हेरेर उनीहरूको सवारीलाई आफै नियन्त्रण गर्छन् । उनीहरूलाई रातिमा गाडी नचलाउन र परिचित सडकहरूमा मात्र गाडी चलाउन सल्लाह दिनु राम्रो हो ।”

 (रासस÷एएफपी)

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो
ट्रेन्डिंग न्यूज्

पहिरोले सिन्धुपाल्चोकको इन्द्रावती नदी थुनियो

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result