Sunday, June 21, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

थाकेनन् अभियन्ता, बिहानै सडकभरि हातहातमा कुचो

माघ ५, २०७५ १:५८ मा प्रकाशित
थाकेनन् अभियन्ता, बिहानै सडकभरि हातहातमा कुचो

eQmk'/df lgoldt?kdf ;~rflnt ;kmfO cleofgsf cleoGtfx? zlgaf/ c/lgsf] /fhdfu{df ;kmfO ub}{ . t:jL/ M /d]z lu/L, eQmk'/, /f;;

Share on FacebookShare on Twitter

 

–रमेश गिरी

भक्तपुर।  माघ महीनाको शनिबारको चिसो बिहानी । यो चिसोमा पनि भक्तपुरमा नियमित रुपमा सञ्चालित सफाइ अभियानका अभियन्ता हरेक साता झैँ आज पनि सफाइ अभियानमा ओर्लिदा पनि थोकेका देखिँदैनन् । मुखमा माक्स, हातमा पञ्जा लगाएर कसैको हातमा कुचो, कसैको हातमा छडी त कसैको हातमा डोको ।

चिसो तुषारो र थकानको कुनै पर्वाह नगरी सडकभरि छरिएका हनुमन्ते नदी र अरनिको राजमार्गमा सफाइ अभियानका अभियन्ता, फ्याँकिएका फोहर टिप्न व्यस्त देखिन्थे । बिहान ७.३० बजे जम्मा भएका सांसद, सूर्यविनायक र मध्यपुरका नगर प्रमुख, उपप्रमुखलगायतका जनप्रतिनिधिदेखि स्कुलका विद्यार्थीसम्म सयौंको सङ्ख्यामा फोहर टिप्न व्यस्त देखिदा मेला लागे जस्तै देखिन्थे ।

प्रतिनिधिसभा सांसद एवं पूर्व उद्योग मन्त्री महेश बस्नेतको भक्तपुरलाई सफा, सुन्दर र हराभरा बनाउने परिकल्पना र योजनाअनुसार शुरु भएको हनुमन्ते नदी सफाइ अभियान ४७औं हप्ता र अरनिको राजमार्ग सफाइ अभियानको तेस्रो चरणको ८औँं दिन सांसद बस्नेत, नेपाली चलचित्रका निर्देशक, निर्माता तथा कलाकार निर्मल शर्मा (गैँडा)देखि विद्यार्थीसम्मले हातमा सेता पञ्जा लगाएर फोहर टिपेको देखेपछि अचेल फोहर गर्नेहरु पनि हच्किन थालेका छन् ।

सूर्यविनायक नगरपालिका र मध्यपुरथिमि नगरपालिका क्षेत्रमा देशकै नमूनाको रुपमा सञ्चालन भइरहेको सफाइ अभियानमा स्वतस्फूर्त रुपमा अभियन्ताको सहभागिताले पछिल्लो समयमा हनुमन्ते नदीसँगै अरनिको राजमार्ग सफा देखिन थालेको छ ।

सूर्यबिनायक नगरपालिकाअन्तर्गत राधेराधेदेखि सागा भन्ज्याङसम्म आठवटा चोकबाट एकै साथ सफाइ अभियान शुरू गर्दा राजमार्ग क्षेत्रमा सफाइ अभियन्ताको जोश र ऊर्जाले चिसोलाई छिचोलेको देखिन्थ्यो ।

राधेराधेमा सफाइ अभियानका प्रमुख सल्लाहकार समेत रहनुभएका पूर्व उद्योगमन्त्री बस्नेतसँगै प्रदेश सांसददेखि सफाइ अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, जिल्ला समन्वय समितिका उपप्रमुख सरिता कुँवर, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, मध्यपुर नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, उत्प्रेरक रूद्र पौडेल, नेपाल प्रहरी नेपाली सेना, सशस्त्र प्रहरी, नगर प्रहरी, वडा अध्यक्ष, स्कुल तथा कलेजका शिक्षक शिक्षिका एवं विद्यार्थी, विभिन्न सङ्घसंस्थाका प्रतिनिधि एवंअभियन्ता गरी सयांैको सङ्ख्यामा रहेका सहभागिताले बिहान ९.३० बजेसम्म सफाइ अभियानमा जुटेका थिए ।

अभियानमा सांसद बस्नतले अरनिको राजमार्गलाई सफा, सुन्दर, हरियाली सुरक्षित, उज्यालो र जाममुक्त भक्तपुर बनाउने लक्ष्यका साथ शुरु भएको हनुमन्ते सफाइ अभियान र अरनिको राजमार्ग सफाइ अभियानले सार्थकता पाएको बताउनुभयो ।

सफाइ अभियानलाई यहाँका बासिन्दाले बुझ्दै जान थालेको र फोहर गर्नुहुन्न भन्ने चेतना फलाउन थालेको बताउँदै उहाँले विगतका तुलनामा अहिले हनुमन्ते नदी र राजमार्गमा फोहर फाल्ने क्रम निकै कम हुनु अभियानको सफलता रहेको बताउनुभयो ।

सफाइ अभियानलाई समयानुसार परिवर्तन गर्दै प्रत्येक नगरपालिकाको वडा, वडामा सञ्चालन गर्न शुरु गरेको बताउँदै हनुमन्ते करिडोर निर्माण सम्पन्न भएसँगै नदीलाई ढलमुक्त बनाएर पूर्ण सरसफाइ बनाउने बताउनुभयो । उहाँले सिङ्गो भक्तपुरलाई पूर्ण सफा बनाउन भक्तपुर नगरपालिका र चाँगुनारायण नगरपालिकालाई पनि नियमित सरसफाइ अभियानमा सहभागी हुन गर्न आग्रह गर्नुभयो ।

कलाकार, चलचित्र निर्देशक एवं निर्माता शर्माले भक्तपुरको सफाइ अभियान नेपालकै नमूना अभियानका रुपमा अगाडि बढेको चर्चा गर्दै यसले अरु जनप्रतिनिधि र स्थानीय सरकराले पनि सिकेर अभियान सञ्चालन गरे देश सफा हुने बताउनुभयो ।

सफाइ अभियानका संयोजक एवं सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले सूर्यविनायक नगरपालिका क्षेत्रमा भएको सफाइ अभियानमा आठ टन फोहर सङ्कलन भएको र अहिलेसम्म झण्डै एक हजार ५०० टन फोहरको सफाइ अभियानबाटै व्यवस्थापन भएको बताउनुभयो ।

रासस
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result