ललितपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की धर्मपत्नी सीता दाहाल उपचारका लागि धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना हुनुभएको छ ।
बिहान भर्ना हुनुभएकी उहाँको उपचारमा डा.युवराज शर्माको टोली खटिएको अस्पतालले जनाएको छ । उहाँलाई रुघाखोकी र ज्वरोको समस्या देखिएको छ । उहाँको स्वास्थ्यमा सुधार आएको अस्पताल निर्देशक दिलीप डङ्गोलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पूरै ठीक हुन केही दिन लाग्ने हुँदा यहीँ राखेर उपचार हुनेछ ।”






प्रतिक्रिया लेख्नुहोस्:-