Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

भारत जाँदाबाहेक भारतीय मुद्रा प्रयोग नगर :राष्ट्र बैंक

माघ ६, २०७५ ४:३६ मा प्रकाशित
अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ खस्कियो
Share on FacebookShare on Twitter

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ भारतमा बाहेक अन्य मुलुकमा लैजान वा अन्य मुलुकबाट नेपाल ल्याउन प्रतिबन्ध लगाएको छ ।

बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार नेपाली नागरिकले भारतमा जाँदा मात्रै भारतीय मुद्रा प्रयोग गर्न सक्नेछन् । भारु १०० र सोभन्दा कम दरका नोट तथा मुद्रा प्रचलित व्यवस्थाबमोजिम ल्याउन लैजान वा सटही गर्ने सकिने व्यवस्था गरिएको छ ।

भारत सरकार तथा भारतीय रिजर्ब बैंकले ९ नोभेम्बर २०१६ सम्म चलनचल्तीमा रहेका भारु ५०० र भारु १०० दरका नोट चलनचल्तीबाट हटाएको हुँदा त्यस्ता नोटको कारोवार गर्न र हाल भारतमा चलनचल्तीमा रहेका भारु २००, भारु ५०० र भारु दुई हजार दरका नोट साथमा राख्न, ओसारपसार गर्न र कारोवार गर्न नपाइने व्यवस्था बैंकले गरेको छ । विदेशी विनिमय कारोवार गर्न इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था र अन्य निकायलाई बैंकले आज एकीकृत परिपत्र गर्दै उक्त व्यवस्था गरिएको जानकारी गराएको छ ।

बैंकका कार्यकारी र सञ्चालकलाई कुलिङ पिरियड 

यस्तै बैंकले आजै बैंक तथा वित्तीय संस्थाका सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृत र नायब कार्यकारी अधिकृत जुनसुकै कारणबाट हटेमा कम्तीमा छ महीनाको समय व्यतित नभई कुनै पनि संस्थामा सोही हैसियतमा काम गर्न नपाउने व्यवस्था गरेको छ ।

बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन, २०७५ मा सो व्यवस्था गरेको छ । बैंकले कुनै सञ्चालक आफ्नो पदावधि समाप्त नहुँदै जुनसुकै कारणबाट हटेमा त्यस्तो व्यक्ति पुनःसोही कार्यकालभित्र सोही संस्थाको सञ्चालक पदमा निर्वाचित वा मनोनीत हुन नपाउने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थामा कार्यरत प्रमुख कार्यकारी अधिकृत प्रचलित व्यवस्थाको अधीनमा रही पुनःनियुक्ति पाएको अवस्थाबाहेक जुनसुकै कारणले आफ्नो सेवाबाट निवृत्त भएमा कम्तीमा छ महीनाको अवधि व्यतित नगरी कुनै पनि संस्थामा सोही पदमा नियुक्त हुन पाउने छैन ।

त्यस्तै इजाजत प्राप्त ‘क’ वर्गका वाणिज्य बैंकमा कार्यरत दोस्रो बरियताको पदाधिकारी सेवाबाट हटेपछि छ महीनाको अवधि व्यतित नभई इजाजतप्राप्त संस्थाको समान प्रकृतिको पदमा नियुक्ति हुन पाउने छैन ।

रासस

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result