Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

चरीकाेटमा जलाउन लागेको बेला  दुइ लाश  भेटिए पछि मलामी तनावमा 

माघ ६, २०७५ ४:४३ मा प्रकाशित
Share on FacebookShare on Twitter

–प्रभु जिरेल

चरीकोट ।  भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका ४४ वर्षीय कालुमान थामीको भीरबाट लडेर शनिबार मृत्यु भयो । थामीको शवपरीक्षण गर्नुपर्ने भनी शव प्राथमिक स्वास्थ्य केन्द्र चरीकोट ल्याइयो ।

लाश सद्गत गर्न सम्पूर्ण कपडा पन्छाउने क्रममा रगतले लतपत भएको एउटा प्लाष्टिकको झोला भेटियो । झोलामा पनि कपडा होला भनेर खोल्दा नवजात छोराको लाश भेटियो । सद्गत गर्ने विधि सकेर भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीको घाटमा जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि मलामी अचम्मित भए । दागबत्ती दिन लागेका बेला शवपरीक्षण गरी सिलाइएको अवस्थाको अर्को लाश भेटिएपछि सबै जना मलामी छक्क परेर अस्पताललाई गाली गर्न थाले ।

आफन्तको मलाम गएका मलामीहरु जलाउन लागेको लाशमा अर्को लाश भेटिएपछि केही बेर तनावमा परेको भीमेश्वर नगरपालिका–१ का वडाअध्यक्ष वीरमान थामीले बताउनुभयो । वडाध्यक्ष वीरमानले सोबारे प्रहरीलाई खबर गर्नुभयो । प्रहरीले बच्चाको लाश बुझेर फेरि अस्पताललाई बुझायो । त्यसपछि मात्र कालमानको लाशसद्गत गरिएको अध्यक्ष थामीले बताउनुभयो ।

यही माघ ३ गते हराएका भीमेश्वर नगरपालिका–१, सुष्पाक्षमावतीका कालुमानको शव माघ ५ गते बिहान करीब ७ बजे भीमेश्वर–२ को भीरमुनि भेटिएपछि सोही दिन प्रस्तावित चरिकोट अस्पतालमा शवपरीक्षण गरियो । शवपरीक्षणपछि प्लाष्टिकमा राखिएको शव बुझेर अस्पतालबाटै बाँसमा बाँधी गाडीमा लिएर गएको वडाध्यक्ष वीरमानले बताउनुभयो ।

चरीकोट प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा क्षमता घिमिरेले कालुमानको शव आफैँले शवपरीक्षण गरेको र शवपरीक्षण गरेर सिलाएपछि कार्यालय सहायकले अरू काम गरिहाल्छन् भनेर आफु बाहिर निस्कँदा गल्ती भएको हुन सक्ने बताउनुभयो । प्रहरीले फोन गरेपछि मात्र बच्चाको पनि लाश गएको थाहा पाएको उहाँले जानकारी दिनुभयो ।

बैत्यश्वर गाउँपालिकाबाट आएकी एक गर्भवतीबाट मृतावस्थामा चार केजी तौल भएको शिशु माघ ४ गते प्रस्तावित चरीकोट अस्पतालमा जन्मेको अस्पतालले जनाएको छ । परिवारले शिशुको लाश नलगेपछि के कारणले जन्मनुअघि नै मृत्यु हुन्छ भन्ने विषयमा अध्ययनका लागि शिशुको शवपरीक्षणसमेत गरिएको अस्पतालले जनाएको छ ।
रासस

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result