डाभोस (स्विटजरल्याण्ड) । प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको ४९औँ वार्षिक बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्र्दै आज अपराह्न यहाँ आइपुग्नुभयो ।
प्रधानमन्त्री ओलीले भोलि बिहान मञ्चको ‘दक्षिण एशियाको रणनीतिक दृष्टिकोण’ विषयक पूर्णसत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई जुरिच अन्तर्राष्ट्रिय विमानस्थलमा स्विटजरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले स्वागत गर्नुभएको थियो ।






प्रतिक्रिया लेख्नुहोस्:-