Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

ध्रुवबहादुर प्रधानको अध्यक्षतामा जिम्न्याष्टिक संघ एकिकरण, किशोरबहादुर सिंह सह अध्यक्ष

माघ ९, २०७५ ३:५६ मा प्रकाशित
ध्रुवबहादुर प्रधानको अध्यक्षतामा जिम्न्याष्टिक संघ एकिकरण, किशोरबहादुर सिंह सह अध्यक्ष
Share on FacebookShare on Twitter
काठमाडौं । ध्रुवबहादुर प्रधानको अध्यक्षतामा नेपाल जिम्न्याष्टिक संघ पुनर्गठनका साथै एकिकरण गरिएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा प्रधानको अध्यक्षतामा २८ सदस्यीय केन्द्रीय कार्यसमिति पुनर्गठन साथै एकिकरण भएको घोषणा गरियो ।
नेपालमा दुई जिम्न्याष्टिक संघ अस्तित्वमा थिए । नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष प्रधानलाई अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव किशोरबहादुर सिंहलाई राष्ट्रिय मान्यता थियो ।
दुवै पक्षसंग छलफल गरी राखेपका उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा खेलकुद मन्त्रालयद्वारा गठित राष्ट्रिय संघ विवाद, समस्या तथा समाधान सहजीकरण समितिले बुझाएको प्रतिवेदनका आधारमा राखेपले जिम्न्याष्टिक संघको पुनर्गठन गरेको राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख समेत रहेका समितिका सदस्य कुलबहादुर थापाले जनाएका छन् । एकिकरण घोषणा कार्यक्रममा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष एवं प्रतिनिधि सभा सांसद् जीवनराम श्रेष्ठ, सांसद् उमेश श्रेष्ठ, उपाध्यक्ष तिम्सिना, राखेपका सदस्य–सचिव केशवकुमार विष्टलगायतको उपस्थिति थियो ।
पुनगर्ठित संघको सह अध्यक्षमा किशोरबहादुर सिंह, उपाध्यक्षत्रयमा गीता राणा, बाबुराम थापा र राजेश खड्का, महासचिवमा मुकुन्द शर्मा तथा सचिवमा मुकुन्दलाल नकर्मी र बचन देउजा रहेका छन् । सदस्यमा जनक भट्टराई, सैलेन्द्र श्रेष्ठ, पुरन गिरी, इन्दिरा दाहाल, सुशिलप्रकाश प्रधान, कुश्मिला आचार्य, शंकर पौडेल, रामेश्वर जोशी, सूर्यबहादुर अधिकारी, प्रमिला सिंह, रामप्रसाद बराल, अरुण राठ्ठी, मोहन भट्ट, दीपक प्रजापति, पूर्णमान वज्राचार्य, प्रवीण उप्रेती, सन्देश मानन्धर, सुनिलमान सिंह, विष्णुनारायण बाछा र रुपेश बस्नेत छन् ।
मनोनितहरुलाई बुधबारै खेलकुद मन्त्री विश्वकर्माले बधाइ दिनुका साथै मनोनयन पत्र हस्तान्तरण गरे । पत्रमा संघलाई समय सापेक्ष विधान संशोधन गर्दै राखेपबाट स्वीकृत गरी ३ महिनाभित्र निर्वाचन सम्पन्न गर्न भनिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री विश्वकर्माले जिम्मेवारी बोधका साथ दुई संघका पदाधिकारी एकिकृत हुन राजी भएकोमा दुवै पक्षलाई धन्यवाद दिदै एकिकरणका लागि समितिले गरेको मेहनत र भूमिका सकारात्मक र प्रंशसनीय रहेको बताए । मन्त्री विश्वकर्माले जिम्न्याष्टिक संघको एकिकरणको सन्देशले अन्य संघमा रहेको विवाद पनि क्रमै संग मिल्दै जाने विश्वास व्यक्त गरे ।
एनओसी अध्यक्ष श्रेष्ठले खेलकुदका साथै हरेक क्षेत्रमा हुनु पर्ने एकता भएकोमा खुशी लागेको बताउदै एकताले नै परिणाम, सफलता र शक्ति दिने धारणा व्यक्त गरे । अध्यक्ष श्रेष्ठले एकताले खेलकुदको मान्यतालाई अंगिकार गरेको विचार व्यक्त गरे ।
उपाध्यक्ष तिम्सिनाले जिम्न्याष्टिक संघको एकिकरण समितिलाई दिइएको जिम्मेवारीको एउटा सानो किस्ता र पेश्की मात्र भएको बताउदै आगामी दिनमा विवादमा रहेका अन्य संघलाई पनि व्यवस्थापन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
सदस्य–सचिव विष्टले खेलकुद क्षेत्रको समृद्धिका लागि खेलकुदमा रहेका सबै किसिमका विवादलाई अन्त्य गर्न जरुरी रहेको बताए । एसियाली जिम्न्याष्टिक युनियनका उपाध्यक्ष समेत रहेका प्रधानले खेलकुद मन्त्रालय, राखेप र समितिले दिएको जिम्मेवारीलाई समयमै पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै राम्रो समझदारीबाट संघलाई अगाडि बढाउनुका साथै जिम्न्याष्टिकको स्तरबृद्धिमा एकजुट भइ काम गर्ने बताए ।
सह–अध्यक्ष सिंहले दुवै पक्षको सुझबुझले एकता सम्भव भएको बताउदै विगतका कुरालाई बिर्सेर जिम्न्याष्टिकको विकासमा सक्रिए हुनु पर्ने आवश्यकता औल्याए ।

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

काउन्सिलरमा शपथ लिएसँगै  भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !
Breaking News

काउन्सिलरमा शपथ लिएसँगै भट्टराईलाई मेयर बन्ने वाटो खुल्ला !

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै
आप्रबास मामिला

‘तेल भिसा’ फिल्म मंसीर ७ मा रिलिज हुदै

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result