Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

मकवानपुरगढीमा विजयोत्सवः गढीको पर्यटकीय विकास गर्न राष्ट्रपतिबाट आह्वान

माघ १०, २०७५ ३:०१ मा प्रकाशित
Share on FacebookShare on Twitter

हेटौंडा ।  राष्ट्रपति विद्यादेवी भण्डारीले मकवानपुरगढी देशको ऐतहासिक महत्व बोकेको र विशेष महत्वपूर्ण धरोहर भएको बताउनुभएको छ । बङ्गालका मिरकासिमको फौजलाई गोरखाली सेनाले पराजय गरेको दुई सय ५६औंँ विजयोत्सवका उपलक्ष्यमा मकवानपुरगढी गाउँपालिकाले आज आयोजना गरेको विजयोत्सव कार्यक्रममा राष्ट्रपति भण्डारीले गढी परिसरमा राष्ट्रिय झण्डोत्तोलन गर्दै नेपाल एकीकरण अभियानमा अतिमहत्वपूर्ण भूमिका निर्वाह गरेको स्थान मकवानपुरगढीको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो ।

विसं १८१९ आजकै दिन गुरगिन खाँको नेतृत्वमा रहेको मुसलमानी फौजलाई गोरखाली फौजले जिती मकवानपुर हात लागेको थियो । पछि सिन्धुलीगढीमा विसं १८२४ कात्तिक २४ मा अङ्ग्रेज फौजलाई हराएपछि गोरखाली फौजले हराएपछि गोरखालीहरु विदेशीसँग लड्न सक्षम भएको प्रमाणित भएको थियो ।

राष्ट्रपतिले भन्नुभयो, “नेपाली सेनाले विदेशी सेनालाई पराजित गरेको यो गढीलाई सरकारले नेपालको पर्यटकीय गन्तव्यहरुको सूचीमा समावेश गरेर गढीको पर्यटकीय विकास गर्न पहल गर्नुपर्छ ।” राष्ट्र निर्माणमा संलग्न पूर्वजहरुको योगदानको स्मरण गर्दै राष्ट्रपति भण्डारीले नेपालले कहिल्यै कसैको उपनिवेश बन्नु नपरेकामा गर्व गर्नुपर्ने बताउनुभयो । मकवानपुरगढी क्षेत्रमा रहेको वनजङ्गलको संरक्षण गर्न आग्रह गर्दै राष्ट्रपति भण्डारीले मकवानपुरका प्राकृतिकलगायत सम्पूर्ण सम्पदा र स्रोतको सम्बद्र्धनमार्फत पर्यटन विकास गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको ऐतिहासिक सम्पत्ति मकवानपुरगढीको संरक्षणमा जोड दिइने प्रतिबद्धता व्यक्त गर्दै मकवानपुरगढीको पुनःनिर्माणमा प्रदेशले बजेट विनियोजन गरेको जानकारी दिनुभयो । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले मकवानपुरगढीको संरक्षणमा सबैले जोड दिनुपर्ने बताउनुभयो ।

मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईँले मकवानपुरगढीको संरक्षण, सम्बद्र्धन र पर्यटकीय विकासमा गाउँपालिकाले चाल्ने कदममा सहयोग गरिदिन सबैमा अनुरोध गर्नुभयो ।

सम्बन्धित समाचार

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति
प्रवास

एनआरएनए अमेरिकाका दुबै कमिटिहरु एक हुने सहमति

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै
प्रवास

जय नेपाल फाउन्डेसनले नयाँ बर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रम गर्दै

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

सिलिकनभ्याली भाषा स्कुलले  वसञ्त पञ्चमी मनायो
आजको छापाबाट

सिलिकनभ्याली भाषा स्कुलले वसञ्त पञ्चमी मनायो

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result