Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

बिकास सँगै विनास पनि : मासियो पदमार्ग

माघ ११, २०७५ ३:१३ मा प्रकाशित
Share on FacebookShare on Twitter

– प्रकाश धौलाकोटी

तेह्रथुम  ।  प्रदेश नं १ कै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्ने सम्भावना बोकेको तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्र हुँदै कञ्चनजंघा हिमालतर्फ अघि बढ्ने पर्यटकीय पदमार्ग मासिएको छ । यहाँको प्राकृतिक सम्पदा, पर्यटन र पर्यावरणलाई वास्तै नगरी भएको सडक निर्माणका कारण पदमार्ग मासिएको हो । तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सङ्गम स्थलको रुपमा रहेको टिएमजे क्षेत्रमा २८ प्रजातिका गुराँस फुल्छन् ।

राष्ट्रिय फुल लालीगुराँससहित एकै ठाउँमा यति धेरै प्रजातिका गुराँस पाइने भएकै कारण यो क्षेत्र ‘गुराँसको राजधानी’ नामले समेत चिनिन्छ । यही क्षेत्र भएर कञ्चनजंघा आधार शिविरतर्फ अघि बढेको पदमार्ग सडक निर्माणले मासिएपछि अहिले खासगरी विदेशी पर्यटकहरुको आवागमन पातलिएको छ । प्राकृतिक स्रोतसाधनले भरिपूर्ण टिएमजे क्षेत्रको व्यवस्थापन र पर्यटकीय माहोल निर्माणमा पर्याप्त ध्यान पुग्न नसक्दा यो गन्तव्य ओझेलमा परेको हो ।

सडक निर्माणले वर्षौंदेखि पैदल हिँड्न प्रयोग हुँदै आएको पदमार्ग मासिएको मादी नगरपालिकाको चौकीबजारका व्यवसायी उदयकुमार तामाङ बताउनुहुन्छ । पैदल हिँड्ने बाटोसँगै सडकको ट्र्याक खोलिएपछि सडकमा उड्ने धुलोले पैदल यात्रुलाई हतोत्साही बनाएको छ । सडकमा सुविधायुक्त र साना सवारीका साधन गुड्दैनन् । यहाँको प्रकृति र सुन्दरतासँग रमाउँदै पैदल हिँडेर टिएमजे छिचोल्दै ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन, तमोरमा ¥याफ्टिङ, कञ्चनजंघा, मकालु लगायत हिमशृंखलाको अवलोकन गर्ने उद्देश्यले आउने पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ ।

सडकले ती क्षेत्रका बासिन्दालाई उपभोग्य सामान ढुवानीदेखि आवतजावतमा सहज बनाइदिएको भए पनि पैदल हिँड्दै प्रकृतिसँग रमाएर मनोरञ्जन लिन चाहने पर्यटकहरुले प्रयोग गर्दै आएको पदमार्ग भने मासिएको हो । “सडक बनेपछि सवारी त गुडे तर, मान्छे नै आउन छाडे,” चौकीबजारका व्यवसायी तामाङले भन्नुभयोे । सडकले सुविधा पुगे पनि यो क्षेत्रको सुन्दरता क्रमशः नासिँदै गएको उहाँको तर्क छ । “सडक छ, गाडी गुड्छन् तर, हामीलाई यसले फाइदा दिएन,” गुफाबजारका व्यवसायी हरि खनालले भन्नुभयो ।

तेह्रथुमको वसन्तपुरदेखि टुटे, घुर्मिसे, तीनजुरे, संखुवासभाका चौकी, मंगलबारे, गुफा हुँदै ताप्लेजुङको साँघुसम्म अहिले दैनिक बस, ट्याक्सी लगायत सवारीका साधनहरु पुगिरहेका छन् । सडकले आवतजावतका लागि सहज भए पनि यो क्षेत्रको पर्यटकीय सुन्दरता मासिँदै गएको खनालले बताउनुभयो ।

सडक बनेपछि आन्तरिक पर्यटकको सङ्ख्या भने बढेको छ । कोशी राजमार्गको धरान–धनकुटा हुँदै वसन्तपुरबाट एकै दिनमा तीनजुरेसम्म पुगेर फिर्नेको सङ्ख्या बढेको छ । वसन्तपुरसम्म कालोपत्रे सडक भए पनि यहाँ भन्दा माथि कच्ची सडक भएर यात्रा गर्नुपर्छ । पर्याप्त सवारीका साधन छैनन् । साना सवारी गुड्दैनन् । चाहिएका बेला घुम्न आउने पर्यटकले भाडाका सवारी पाउँदैनन् ।

पैदल हिँडेर माथिसम्म पुग्न धुलाम्मे सडकलाई छिचोल्नुपर्छ । सडकले यहाँको प्राकृतिक सुन्दरतामा प्रत्यक्ष असर पु¥याएको वसन्तपुरका पर्यटन व्यवसायी छिरिङ लामा बताउनुहुन्छ । “पहिले वर्षेनी हजारौँको सङ्ख्यामा विदेशी पर्यटक आउथे, पैदलै यी क्षेत्र घुमेर कञ्चनजंघासम्म पुग्थे,” उहाँ भन्नुभयो – “तर, यहाँका सडकमा गाडी कुद्न थालेपछि विदेशी पर्यटकहरु देखापरेका छैनन् ।”

विदेशी पर्यटकहरु आउँदा वसन्तपुरबाट गुफासम्म पुग्नै तीन दिन लगाउँथे । यहाँका हरेक पाँच किलोमिटरको दूरीमा रहेका लेकाली बजारमा होटल खोल्ने र स्थानीय उत्पादनको व्यापार गर्नेहरुको व्यवसाय फस्टाएको थियो । तर, अहिले सडक बनेपछि यहाँका कोही पनि बस्दैनन् । यहाँ व्यवसाय गर्नेहरु पलायन भएका छन् । जथाभावी सडक निर्माण गरिएपछि पदमार्ग प्रभावित भएको पर्यटन व्यवसायी लामाको बुझाइ छ ।

त्यसो त सडकले पर्यटकलाई आवतजावत गर्न पनि सहज बनाइदिएको छ तर, यहाँको भूगोल र वातावरणलाई ध्यानमा राख्दा वसन्तपुरदेखि माथि पैदलै यात्रा गर्नु मै आनन्ददायी हुने उहाँको तर्क छ । पदमार्ग भएर आउने पर्यटक प्रभावित भएपछि यहाँका अचुक सम्भावना बोकेका गन्तव्यहरु छायामा परेको लामा बताउनुहुन्छ । यो क्षेत्र नेपाल पर्यटन वोर्डले पूर्वी नेपालका पाँच उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलमध्येमा सूचीकृत गरेको क्षेत्र पनि हो । अझै, पर्यटन मन्त्रालयले हालै सार्वजनिक गरेको १०० गन्तव्यको सूचीमा समेत यो क्षेत्र परेको छ ।

सरकारले गुराँस संरक्षण क्षेत्रका रूपमा विकास गर्न लामो समयदेखि अध्ययन गरिरहेको भए पनि यहाँको पदमार्ग जोगाउनेतर्फ कसैको ध्यान गएको छैन । सडक निर्माणका कारण यसअघि प्रयोगमा आइरहेको पदमार्गलाई मासिँदा पर्यटन व्यवसाय नै प्रभावित भएकोे पर्यटन विकास तथा प्रवद्र्धन समितिका सदस्य प्रकाश श्रेष्ठ बताउनुहुन्छ ।

उहाँले भन्नुभयोे – “वर्षको छ महिना कुमारी रहने यो क्षेत्रको महत्व पदमार्गबाट यात्रा गरे मात्र थाहा हुन्छ तर, त्यो अब मासिँदैछ ।” अहिले वसन्तपुरदेखि ताप्लेजुङको दोभान जोडिने सडक मदन भण्डारी लोकमार्गको रुपमा निर्माणाधीन छ । निर्माणाधीन सडकमा सवारी गुडाउँदा आसपासको पर्या–पर्यटनमा प्रत्यक्ष असर पुगेको र कुरुप बन्दै गएको लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबोहाङले बताउनुभयो । यहाँको पदमार्ग मासिएपछि बाह्य देशबाट आउने पर्यटकहरुले अन्यत्रैबाट आउजाउ गर्न थालेका छन् ।

विश्वमा ४२ प्रजातिका गुराँसहरु पाइने बताइन्छ । त्यसमध्ये नेपालमा ३२ प्रजातिका गुराँस पाइन्छन् । तीमध्ये पनि यस क्षेत्रमा मात्रै २८ प्रजातिका गुराँस पाइनाले यो क्षेत्र विश्वभर चर्चित छ । हरेक वसन्त ऋतुसँगै गुराँस फुलेर यहाँका डाँडाकाँडा र वनपाखा रङ्गीचङ्गी बन्ने गर्छ । लेकाली जनजीवन, गुराँस फुल्दा मात्रै हैन, प्राकृतिक, जैविक र सांस्कृतिक रुपमा पनि उत्तिकै रमणीय छ । यो क्षेत्र बाह्रै महिना पर्यटकहरु आउने क्षेत्र पनि हो । तर, यथेष्ट सम्भावना भएर पनि प्रचारप्रसार नहुँदा यस क्षेत्रमा पर्यटक आगमन अत्यन्तै न्यून बन्दै गएको छ । बा¥है महिना अध्ययन, अवलोकन र पैदल यात्राका लागि उपयुक्त मानिने यो क्षेत्रका अधिकाँश भू–भाग एउटै उचाइमा छ । करीब दुई हजार देखि ३ हजार ३०० मिटर उचाइसम्म फैलिएको यो क्षेत्रका अनेकन विशेषताहरु छन्, जुन उजिल्याउनै बाँकी छ ।

चैत–वैशाखमा यो क्षेत्र विभिन्न प्रजातिका रङ्गीचङ्गी गुराँस फुलेर ढकमक्क हुन्छ । अन्य समयमा यहाँका डाँडा–काँडा, पाखा–पखेरा, सुन्दर प्राकृतिक पोखरीहरु, लोपोन्मुख वन्यजन्तु, चराचुरुङ्गी र वनस्पतिहरु, आकर्षक मकालु र कञ्चनजंघा सहितका हिमशृंखलाको दृश्यावलोकन गरेर आनन्द लिन सकिन्छ । यहाँका लेकाली–हिमाली जनजीवनसँगै चौंरीपालन र भेंडाका बथान प्रत्यक्ष रूपमा हेर्न पाइन्छ ।

यो क्षेत्रमा पदमचाल, कुड्की, बिखुमा, सतुवा, विष, वन लसुन, यार्सागुम्बाजस्ता लोपोन्मुख दुई दर्जन भन्दा बढी जडीबुटी पाइन्छ । झण्डै १२० प्रजातिका पुतली, लिडेमुसा, रातो पाण्डा, हिउँ चितुवा, लोपोन्मुख प्रजातिका चरा पाइने गरेको विज्ञहरूको प्रतिवेदनमा उल्लेख छ । शेर्पा, भोटे, तोप्केगोला, डोक्पो, थुदामे, लिम्बू, तामाङ जातिको परम्परा, संस्कृति, वेशभूषा, रहनसहन यहाँका सांस्कृतिक आकर्षण हुन् ।

विशेषगरी यो क्षेत्रमा हरेक वर्ष साउनदेखि जेठसम्म पर्यटकको भीड लाग्छ । यहाँको पदमार्ग भएर पर्यटकहरु भदौदेखि पुससम्म ओहोरदोहोर गर्छन् तर, अहिले सडकले पदमार्ग प्रदूषित बनाएपछि पदमार्ग मासिन पुगेको गुफापोखरी आधारभूत विद्यालयका प्रधानाध्यापक हिमा खनालले बताउनुभयो ।

उहाँले भन्नुभयो – “सडक छन्, सवारी छैनन् । सडक कच्ची छ । त्यसैले होला, पर्यटकको सङ्ख्या पनि घटेको छ ।” त्यसो त यो क्षेत्रमा वार्षिक कति पर्यटक आए भन्ने कुनै आधिकारिक तथ्याङ्क छैन । गुफाबजारमा गत वर्ष मात्रै स्थानीय युवाकै अगुवाइमा पर्यटन सूचना केन्द्र खोलिएको छ । केन्द्रलाई व्यवस्थित गर्न बाँकी रहेको केन्द्रका सचिव सन्तोष लिम्बुले बताउनुभयो ।

नेपाल प्रहरीले वसन्तपुर, टुटे र गुफाबजारमा पर्यटकको आगमनबारे सङ्कलन गरेका तथ्याङ्कलाई नै आधिकारिक मान्ने गरिएको छ । सरकारी लगानीबाट पर्यटकहरुका लागि सूचना दिन केन्द्र स्थापना गर्ने भनेर भवन निर्माण गरिए पनि लालीगुराँस नगरपालिकाको केन्द्रमा निर्माण भएको सो भवन वर्षौंदेखि प्रयोगविहीन छ । यहाँ आउने अधिकाँश मानिसहरु यहाँको खास महत्व नै बुझ्न नपाई फिर्न बाध्य रहेका छन् ।

यो क्षेत्रमा विगतमा जस्तो विदेशी पर्यटक आउन छाडेका इलाका प्रहरी कार्यालय गुफाबजारले जनाएको छ । प्रहरीका अनुसार पहिले ५०–६० जनाको समूहमा आउने विदेशीहरु अहिले भने छिटफुट मात्रै देखिन्छन् ।
–––

सम्बन्धित समाचार

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !
Breaking News

बे एरियामा ‘आइस’को गतिविधि बढ्यो !

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अमेरिका समाचार

तेलभिसा अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै

‘तेलभिसा’ अमेरिकाको ३० वटा स्थानमा प्रदर्शन हुदै
अन्तर्वार्ता

सान्फ्रान्सिस्कोमा ५ दिने कन्सुलर सेवा शुरू

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल
अमेरिका समाचार

अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका गठन, अध्यक्षमा खनाल

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा
Breaking News

शनिवार हुने ‘पहिलो गोल्डेन नेपाली फिल्म अवार्ड’ को सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result