Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

डाभोस बैठकबाट नेपाल चिनाउन पाउनु उपलब्धिमूलक

माघ १२, २०७५ १:२३ मा प्रकाशित
Share on FacebookShare on Twitter

–तीर्थ भट्टराई

काठमाडौँ ।  विश्व आर्थिक मञ्च (डाभोस फोरम) को ४९ औँ वार्षिक बैठकमा नेपाललाई विश्वमा चिनाउन पाउनु उपलब्धिमूलक भएको फोरममा भाग लिनुभएका नेपाली टोलीका सदस्यले बताउनुभएको छ ।

टोलीमा सहभागी परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागितामार्फत प्रधानमन्त्री तहबाट यति ठूलो बैठकमा आफ्नो कुरा विश्वसमक्ष राख्न पाएको, नेपाललाई विश्वमा चिनाएको र हामीले कसरी लोकतन्त्रको माध्यमबाट जनताको समृद्धिका लागि कार्य गरिरहेका छौँ भन्ने कुरा विश्वलाई बताउने अवसर पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मञ्चको बैठकका क्रममा लगानीकर्तासँगको भेटमा कसरी हामीले राजनीतिक समस्या सुल्झाउँदै संविधान निर्माण गरी स्थायित्व प्राप्त गरेका छौँ र लगानीका सम्भाव्य क्षेत्र के छन्, कानूनी अड्चन हटाएर कसरी लगानीका लागि वातावरण बनाइरहेका छौँ भन्ने कुरा बुझाएका छौँ ।

हामीले अब नेपालमा द्वन्द्व छैन, निर्धक्क लगानी गर्न सकिन्छ र शङ्का गर्नुपर्ने अवस्था नभएको, चीन र भारतजस्ता ठूला बजारसँग हाम्रो पहुँच भएको कुरा भन्न पाउनु नै हाम्रा लागि ठूलो उपलब्धिको कुरा हो, मन्त्री ज्ञवालीले भन्नुभयो ।

टोलीमा रहनुभएका अर्थमन्त्री डा युवराज खतिवडाले नेपालले प्रधानमन्त्रीस्तरबाटै आफ्नो राजनीतिक अवस्था, आर्थिक समृद्धिको लक्ष्य तथा लगानीको वातावरणबारे विश्वलाई भन्ने अवसर पाएको र यो निकै उपयोगी हुने बताउनुभयो । उहाँले संविधान निर्माणपछि प्रजातान्त्रिक तरिकाले दुई तिहाइको सरकार बनाएको र कानून निर्माणलगायतका क्षेत्रमा तथा कर, भन्सार, विदेशी विनिमय सम्बन्धमा गरेका सुधारले लगानीको वातावरण बनेको सन्देश दिन सफल भएको बताउनुभयो ।

उहाँले, आफूले यही सम्मेलन क्रममा अंकटाडको बैठकमा पनि भाग लिएको, त्यहाँ विकासोन्मुख देशमा लगानी बढ्न नसकेको चिन्ता जाहेर गरेको बताउनुभयो । उहाँले विकासोन्मुख देशमा लगानी बढाउन लगानीको ढाँचामै परिवर्तन गर्नुपर्ने सुझाव दिएको पनि बताउनुभयो । मन्त्री डा खतिवडाले निजी कम्पनीको लगानीलाई पनि सार्वजनिक र दातृ निकायको संयुक्त संरचनामार्फत भित्र्याउनुपर्ने सुझाव दिएको बताउनुभयो । उहाँले यस्ता विदेशी लगानीका परियोजना सफल पार्न स्थानीय जनतालाई पनि शेयर प्रदान गर्नुपर्ने तथा लगानीका लागि पूर्वाधार खोज्ने प्रवृत्ति भएकोमा हाइड्रो, यातायातजस्ता पूर्वाधारका क्षेत्रमा पनि लगानी गर्न सुझाव दिएको उल्लेख गर्नुभयो ।

मन्त्री खतिवडाले यही सम्मेलन क्रममा एक जापानी टेलिकम कम्पनीसँग कुरा गर्दा सो कम्पनीले नेपालमा लगानी गर्न इच्छा देखाएको र आफूले यसका लागि सहजीकरण गर्ने आश्वासन दिएको पनि बताउनुभयो ।
टोलीमा रहनुभएका राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले डाभोसमा यति ठूलो सम्मेलनमा हामीले आफ्नो स्थिति, लगानीको वातावरण, राजनीतिक स्थायित्व आदिबारे भन्न पाउनु ठुलो अवसर भएको बताउनुभयो ।

सोही फोरममा हामीले हाम्रा व्यापारको अवस्था, दक्षिण एशिया क्षेत्रका देशबीच व्यापार बढाउनुपर्ने तथा सम्पर्क सञ्जाल बढाउनुपर्ने तथा व्यापारलाई समावेशी तरीकाले साना तथा कमजोर देशलाई पनि समेट्ने कुरामा जोड दिएका छौँ उहाँले भन्नुभयो ।

यसैगरी, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले सम्मेलन क्रममा भएका प्रधानमन्त्रीका भेटघाट तथा सहभागिताबाट नेपाललाई निकै लाभ पुग्नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्रीले भियतनामका प्रधानमन्त्री नुयन सियन फुकसँगको भेटवार्तामा दुईदेशबीच सम्बन्ध बढाउने, दुई पक्षीय आदानप्रदान बढाउने कुरा भएको र भियतनामी प्रधानमन्त्रीले नेपालमा लगानीको वातावरण बनाएमा भियतनामी लगानीका लागि निजी क्षेत्रलाई पठाउन सक्ने आश्वासन दिएको बताउनुभयो ।

संयुक्त राष्ट्र सङ्घका लागि जेनेभास्थित स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत दीपक धितालले विश्वमा बढ्दो प्रविधिको प्रयोगसँगै नेपाल पनि अघि बढ्नुपर्ने र विश्वव्यापीकरणबाट बढेको असमानतालाई हटाउँदै चौथो औद्योगिक क्रान्तिका लागि नेपाल पनि तयार हुनुपर्ने बताउनुभयो । डाभोस फोरमले विश्वका सरकारलाई नयाँ परिस्थितिमा कसरी अगाडि बढ्ने भन्ने मार्गदर्शन गर्ने भएकाले नेपाललाई पनि यसबाट लाभ हुने उहाँले बताउनुभयो ।

रासस

–––

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result