Monday, June 22, 2026
नेपाली
English
Durbin Nepal News
Advertisement
कुनै परिणाम छैन
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result
नेपाली English
Durbin Nepal News

परिवारवादको प्रभावमा विश्वको लोकतन्त्र, अमेरिका पनि छैन अछुतो

माघ १२, २०७५ ८:५१ मा प्रकाशित
Share on FacebookShare on Twitter

– जीवन भण्डारी 

काठमाण्डौ।  लोकतान्त्रीक शासन प्रणालीमा कुनै परिवार तथा बंशको वरीपरी शासन व्यवस्था केन्द्रित हुनु अस्विभाविक मानिनु पर्ने हो ।

विश्व राजनीतिलाई सैद्धान्तिक रुपमा व्याख्या गर्नेहरुको परिभाषामा रक्त सम्बन्ध वा वंशगत सम्बन्धबाट उत्तराधिकारी बन्ने र बनाउने राजनीतिले लोकतन्त्रको आधारभूत सिद्धान्तलाई मिचेको निष्कर्ष निकाल्छन् । तर भारत, अमेरिकाजस्ता विश्वलाई नै लोकतन्त्रको पाठ सिकाउने देशहरुको राजनीति नै सिमित परिवारको वरीपरी घुमेको देखिएको छ ।

सैद्धान्तिक व्याख्या गर्दा तल्लो बर्गको व्यक्ति पनि राज्यको माथिल्लो पदमा पुग्न सक्ने अवसर लोकतान्त्रिक व्यवस्थामा हुन्छ भनिन्छ, तर व्यवहारमा भने त्यसलाई माथ खुवाउदै विश्वमा धेरै वर्ष सिमित परिवारका व्यक्तिले शासन गरेका छन् । लोकतान्त्रिक व्यवस्था भित्रको एउटा नराम्रो पक्ष यो परिवारवादको विषय अहिले फेरी चर्चामा आएको छ । 

भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नी बहिनीलाई पार्टीको दोस्रो महत्वपूर्ण पद महासचिवमा नियुक्त गरेपछि यो विषयमा चर्चामा आएको हो । 

भारतबाट यो विषय चर्चामा आएकाले सबैभन्दा पहिला भारतकै कुरा गरौँ । विश्व राजनीतिमा नेतृत्व पंक्तिमा रहेको भारत १९४७ मा जवाहरलाल नेहरु पहिलो प्रधानमन्त्री भएदेखि नेहरु–गान्धी परिवारको प्रभावमा रहेको छ ।

विगत पाँच वर्ष पार्टीको उपाध्यक्ष रहनु भएका राहुल अध्यक्ष बनेपछि गान्धी–नेहरू परिवारबाट भारतीय काँग्रेस पार्टीको नेतृत्व लिने छैठौं व्यक्ति बन्नु भएको छ । उहाँले केही दिन अगाडि आफ्नी बहिनी प्रियंका गान्धीलाई महासचिवमा नियुक्त गर्नुभएको छ । उहाँहरुकी आमा सोनिया सन् १९९८ देखि २० बर्ष काँग्रेसको अध्यक्ष बन्नु भएको थियो । यद्यपी सोनिया इटालिन मूलको भएकै कारण उहाँले प्रधानमन्त्री बन्ने मौका भने पाउनु भएन । 

भारतीय काँग्रेस पार्टीमा जवाहरलाल नेरुले बनाउनु भएको राम्रो प्रभाव छोरी इन्दिरामार्फत गान्धी परिवारमा छिरेको थियो । इन्दिराको छोरा, बुहारी नाती नातिनीसम्म यो प्रभाव यथावत नै छ । इन्दिरा गान्धीका जेठा छोरा राजिव भारतको प्रधानमन्त्री बन्नु भएको थियो तर राजिवकी श्रीमती सोनिया र छोरा राहुल भने हालसम्म सो पदमा पुग्नु भएको छैन् ।

करिव १३ वर्ष पहिलेदेखि राजनीतिमा सक्रिय अविवाहित राहुललाई यसै बर्ष सन् २०१९ हुने लोकसभा चुनावपछि प्रधानमन्त्रीको रुपमा अगाडि सारिएको छ, भने अहिले महासचिवमा नियुक्त प्रियंका भविष्यमा पार्टीको अध्यक्ष बन्ने अनुमान अहिले नै सहजै गर्न सकिन्छ । गान्धीपरिवारकै अन्य व्यक्ति पनि महत्वपूर्ण राजनीतिक भूमिकामा हुनुहुन्छ । यद्यपी भारतको राजनितिमा गान्धी परिवारको योगदानलाई पनि अवमूल्यन भने गर्न सक्ने अवस्था भने छैन् । 

भारतमा गान्धी परिवार मात्र होइन अन्य परिवारको पनि राजनीतिमा वंशगत प्रभाव देखिन्छ । प्रभावशाली केही नेताका कोही न कोही सन्तान आकर्षक राजनीतिक पदमा रहेका छन् । विहारका मुख्यमन्त्री हुनु भएका राष्ट्रिय जनता दलका अध्यक्ष लालु यादवको परिवार पनि प्रदेशको राजनीतिमा हावी छ । 

उहाँका कान्छा छोरा तेजश्वी यादव केही समय अगाडि बिहारकै उपमुख्यमन्त्री हुनुभएको थियो भने जेठा छोरा तेजप्रताप यादव प्रदेशको मन्त्री हुनुभएको थियो । त्यसैगरी समाजवादी पार्टीका अध्यक्ष मुलायमसिंह यादवको पनि छोरा बुहारी राजनीतिको मुख्य भूमिकामा हुनुहुन्छ । यादव सन् २००३ देखि २००७ सम्म उत्तर प्रदेशको मुख्यमन्त्री हुनुभएको थियो भने उहाँका छोरा अखिलेश यादव सन् २०१२ देखि २०१७ सम्म ३८ बर्षमा मुख्यमन्त्री हुनुभएको थियो । अखिलेशकी श्रीमती डिम्पल यादव दुई पटक सांसद भइसक्नु भएको छ । 

अमेरिकामा पनि एउटै परिवारले डेढ दशक सरकारको नेतृत्व गरेको छ भने पार्टीमा उनीहरुको प्रभाव दशकौँदेखि रहदै आएको छ । एक बर्ष अगाडि निधन भएकी बारबरा बुसले आफ्ना श्रीमान र छोरा दुवैले अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको देख्न पाउनुभयो । छोरा जर्ज डब्लु बुस सन् २००० मा राष्ट्रपति भएर दुई कार्यकाल जिम्मेवारी सम्हानुभयो भने श्रीमान् जर्ज एचडब्लु बुस ४१औँ राष्ट्रपति बनेर सन् १९८९ देखि १९९३ सम्म अमेरिकाको नेतृत्व गर्नु भएको थियो । 

अमेरिकामा सबैभन्दा धेरै बाँचेका पूर्वराष्ट्रपतिमध्ये एचडब्लु बुसको ९४ बर्षको उमेरमा केही महिना अगाडि निधन भएको थियो । त्यसैगरी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पसँग प्रतिश्पर्धा गर्नुभएकी हिलारी क्लिन्टन पनि विल क्लिन्टनकी श्रीमती हुनुहुन्छ । विल क्लिन्टनले सन् १०९३ देखि सन् २००१ सम्म आठ बर्ष ४२आँै राष्ट्रपतिका रुपमा अमेरिकाको नेतृत्व गर्नुभएको थियो । अहिले श्रीमती क्लिन्टन नेतृत्व पंक्तिमै सक्रिय हुनुहुन्छ ।

अमेरिकामा केन्नडी, एडम्स र रुजबेल्ट परिवारले पनि इतिहासमा प्रभावशाली भूमिका खेलेका छन् । धनाड्य परिवारका जोन एफ केन्नडी राष्ट्रपति भएपछि भाई रोवर्ट महान्याधिवक्ता हुनुहुन्थ्यो भने अर्का भाइ इडवार्ड सिनेटर हुनुहुन्थ्यो । रोवर्ट राष्ट्रपतिको उम्मेदवार पनि बन्नुभएको थियो ।

त्यस्तै एडम्स परिवारका जोन एडम्स, उहाँका छोरा जोन क्विन्सी एडम्स राष्ट्रपति नै हुनुभयो भने रुजबेल्ट परिवारबाट थियोडोर र फ्रान्कलिन डी रुजबेल्ट पनि राष्ट्रपति बनेर परिवारको प्रभाव देखाउनुभयो । 

दुई ठूला देश बाहेक संसारमा दर्जनौ यस्ता देश छन् जहाँ राजतन्त्र पनि होइन, जहाँनीया शासन पनि होईन तर कुनै परिवार विषेशले देशको नेतृत्व गरिरहेको छ । शक्तिमा पुगेर तानाशाही शासक भइ शासन गरेका बाहेक लोकतान्त्रिक प्रक्रियाबाटै शासक बनेका पारिवारिक नेताहरु धेरै छन् । 

त्यस्ता देशहरु प्रायःसाना तथा विकासोन्मुख छन् भने दक्षिण एसियामा यो त स्वभाविक प्रवृत्तिकैरुपमा देखिएको छ । श्रीलंकाका तत्कालीन प्रधानमन्त्री आरडि बन्दरानाइकेको सन् १९५९ सेप्टेम्बरमा हत्या भएपछि उहाँकी धर्मपत्नी सिरिमाओ बन्दरानायके श्रीलंका फ्रिडम पार्टीको नेतृत्व गर्दै १९६०मा प्रधानमन्त्री बन्नुभयो । उहाँकै नेतृत्वमा बनेको सरकारले निर्वाचन गराएर उहाँले फेरी देशको नेतृत्व गर्नुभयो ।

उहाँहरुकी छोरी चन्द्रिका कुमारातुंगा पनि पछि सन् १९९४ देखि २००५ सम्म पाँचौ राष्ट्रपतिका रुपमा श्रीलंकालाई नेतृत्व दिनुभयो भने छोरा अनुर बन्दरानाइके पटक पटक मन्त्री हुँदै सभामुखसम्म हुनुभयो । 

श्रीलंकाको छिमेकी मुलुक बंगलादेशमा त सत्ताका लागि दुई राजनीतिक परिवारका बीचमा चर्को संघर्ष र प्रतिशोध छ । पारिवारिक कारणले राजनीतिमा आएका वर्तमान प्रधानमन्त्री शेख हासिना, पूर्वप्रधानमन्त्री खालिदा जियाका बीचमा हदैसम्मको प्रतिश्पर्धा छ ।

हसिना बंगलादेशका संस्थापक नेता शेख मुजिबर रहमानकी छोरी हुनुहुन्छ भने खालिदा जिया तत्कालिन राष्ट्रपति जिउर रहमानकी श्रीमती हुनुहुन्छ । रहमानको हत्यापछि राजनीतिमा पाइला टेकेकी उहाँकी श्रीमती जिया पछि प्रधानमन्त्री बन्नुभयो । उहाँ अहिले ७४ बर्षको उमेरमा विरामी अवस्थामा भ्रष्टाचारको मुद्धा काराबासमा हुनुहुन्छ ।

हसिना भने तेस्रो पटकसम्म लगातार र उहाँको जीवनमा चौथो प्रधानमन्त्री बन्नु भएको छ । बङ्गलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासिन हुने रेकर्ड बनाउनु भएको छ । निकै संवेदनशील परिस्थितिमा सन् १९७५मा पितासहित तीन भाइको हत्या भएपछि हसिना राजनीतिमा आउनु भएको हो । 

पाकिस्तानको भुट्टो परिवार पनि राजनीतिमा हाबी थियो । राजनीतिक नेता आफ्ना पिता जुल्फिकार अलि भुट्टोको हत्यापछि वेनजिर भुट्टोले राजनीतिमा पाइला चाल्नुभयो । उहाँ सन् १९८९मा पहिलोपल्ट पाकिस्तानकी प्रधानमन्त्री बन्नुभयो । उहाँका पितालाई सन् १९७१ मा अपदस्थ गरेर सैनिक शासकले १९७९ मा फाँसी दिएका थिए ।

उनै बाबु भुट्टोकी छोरी बेनजिरको पनि हत्यापछि उहाँका छोरा विलाबल भुट्टो, उहाँका पतिले पार्टी र सत्ताको कमाण्ड सम्हाल्नुभयो । त्यसैगरी म्यानमारमा विश्वचर्चित आङ्ग साङ्ग सुकीले पनि पारिवारिक कारणले नै राजनीतिक संघर्ष सुरु गर्नुभयो । ४० वर्षे बन्दि र नजरवन्दको कष्टकर संघर्ष गरेकी सुकी आफ्ना बाबु आङ्ग साङ्गको सन् १९४७ मा हत्या भएपछि राजनीतिमा होमिनु भएको हो । 

सन् १९८८ बाट सक्रिय राजनीतिमा उत्रेकी सुकी प्राविधिक कारणले प्रधानमन्त्री बन्न नपाएपनि हाल म्यानमार सरकारको प्रभावशाली भूमिकामा हुनुहुन्छ ।

यसरी वशं वा रगतको नाताले उत्तराधिकारी छानिएका घटना अरु पनि प्रशस्तै पाइन्छन् । वंश सम्बन्धका आधारमा उत्तराधिकारी मियो आमादेखि नातिसम्म र पितादेखि ज्वाईँसम्म छानिनु लोकतन्त्रको उपहास हो भन्दा फरक पर्दैन ।

पूर्खाको विडो थाम्ने परिपाटीलाई कहिलेकाहीँ आवश्यकताको रुपमा व्याख्या गरिएपनि अहिलेको युगका लागि यो सुहाउने तर्क होइन । लोकतन्त्रको नाममा निर्वाचन र निर्वाचनका परिणामले नै लोकतन्त्रलाई चुनौति विश्वकै लोकतन्त्रमा एउटा समस्याको रुपमा देखापरेको छ । वंश परम्पराको यो लामो इतिहासबाट भावी पिँढीले पाठ सिक्नै पर्ने र परिस्कृत गर्दै लैजानका लागि परिवारवादको मानसिकताबाट माथि उठ्नै पर्ने देखिन्छ । 

रासस

––– 

सम्बन्धित समाचार

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज
Breaking News

सुशासनयुक्त र भ्रष्टाचारमुक्त शासन व्यवस्थाका लागि युवा पुस्ताको माग जायज

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना
Breaking News

मुक्तिनाथ धाममा ‘मनसुन स्मृति डेक’ स्थापना

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन
मुख्य समाचार

जय नेपाल फाउनडेशनद्वारा स्ववियु निर्वाचनको सन्दर्भमा बहस कार्यक्रम संचालन

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण
प्रवास

जय नेपाल इन्टरनेशनल फाउण्डेसन ग्लोबल युथ नेटवर्कद्वारा बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै
प्रवास

जय नेपाल इन्टरनेशनल फाउन्डेसनले ग्लोबल महिला नेटवर्कको घोषणा गर्दै

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !
Breaking News

डिसीको जहाज दुर्घटनामा सबै मारिएको आशंका !

प्रतिक्रिया लेख्नुहोस्:-

Facebook

Durbin Nepal News

Navigate Site

  • Durbin Nepal
  • Blog
  • Privacy Policy

Follow Us

  • गृहपृष्ठ
  • समाचार
    • अमेरिका समाचार
    • विश्व समाचार
    • प्रवास
    • रोचक
  • राजनीति
  • स्वास्थ्य / शिक्षा
  • खेलकुद
  • अर्थ/वाणिज्य
  • कला/मनोरन्जन
  • बिबिध
    • बिचार / ब्लग
    • फिचर
    • आप्रबास मामिला
    • एनआरएन विशेष
    • साहित्य
    • आजको छापाबाट
    • बिज्ञान प्रबिधि
  • विद्यार्थी बिशेष
  • सफलताको कथा
  • अन्तर्वार्ता
  • सम्पादकीय
कुनै परिणाम छैन
View All Result