धनगढी । धनगढी प्रिमियर लिग डीपिएलका लागि रुपन्देही च्यालेन्जर्सले २ जना बिदेशी खेलाडीलाई टिममा अनुबन्ध गरेको छ। डीपीएल माघ २६ देखि फाल्गुन ११ सम्म आयोजना हुदै छ ।
हंगकंग राष्ट्रिय टिमको कप्तानी गरिसकेका बाबर हायात तथा पाकिस्तानको प्रथम श्रेणी क्रिकेटर राजा अलि डर लाई टिमले अनुबन्ध गरेको हो।
रुपन्देही च्यालेन्जर्सको यो सिजन रणनीतिक खेलाडी बसन्त रेग्मी रहेका छन्। यस्तै टिममा बिनोद भण्डारी, ललित भण्डारी, भिम शार्की, प्रदिप ऐरि, सन्दिप सुनार, बिक्रम सोब, कृष्ण कार्की, सुमित महर्जन, अनिल खरेल, पुरन बिक, सुरज दराई र शेर मल्ल रहेका छन्।

बाबर दायाँ हाते ब्याट्सम्यान हुन् भने राजा बायाँ हाते ब्याट्सम्यान र स्पिनर हुन्। बाबरले हंगकंगको लागि २२ एकदिवसीय अन्तर्राष्ट्रिय र २४ टि-२० अन्तर्राष्ट्रिय खेल खेलीसकेका छन्। यस्तै राजाले लाहोरको लागि पाकिस्तानी घरेलु क्रिकेटमा ६९ प्रथम श्रेणी तथा ६२ लिस्ट ए क्रिकेट खेलीसकेका छन्। राजा गत सिजन बंगलादेश प्रिमियर लिगमा राजशाही किंग्स टिममा थिए।
रुपन्देही टिम मालिक सुरज उप्रेती- “अक्सनबाट पनि हामीले राम्रो खेलाडीहरु टिममा भित्र्याएका छौँ। टिममा अझ सन्तुलन ल्याउन बाबर र राजालाई अनुबन्ध गरेका हौँ। यो पटक उपाधि जित्ने लक्ष्यका साथ टिम बनाएका छौ ।”








प्रतिक्रिया लेख्नुहोस्:-